मिति २०८३ साल जेठ ९ गते शनिबार नेपाल सोसाइटी कास्की शाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी मादी १ र २ उपशाखाको व्यवस्थापनमा एक दिवसीय विपत् व्यवस्थापन अभिमुखीकरण सम्पन्न भएको छ। अभिमुखीकरण मादी ताङतिङ आमा समूहको भवनमा सम्पन्न भएको थियो। नेरेसो मादी १,२ उपशाखाका सभापति गुमानध्वज गुरुङकाे सभापत्वि र मादी गाउँपालिका उपाध्यक्ष कल्पना गुरुङको प्रमुख आतिथ्यतामा तथा नेरेसो कास्की शाखाका सभापति उर्मिला खड्का भण्डारीको विशेष आतिथ्यतामा संचालन भएको थियो ।
मनसुन समयमा हुने वाढी, पहिरोको जोखिमलाई मध्यनजर गर्दै सम्भावित दुरघटनामा कसरी प्रतिकार्य गर्ने भन्ने विषयलाई प्राथामिकिकरण गरी प्रशिक्षक संचालन गरिएको थियो । मादी गाउँपालिका भित्र पहिराे, खहरे खोला, अधिकांश पालिकाको भूभाग भिरालो जमिन भएकोले पहिरोको उच्च जोखिम रहेको पाइयो । मादी गाउँपालिकामा वाढि, पहिरो सडक दुर्घटना, आगलागी, जस्ता मुख्य प्रकोप रहेको यसमा ब्यक्तिगत, परिवारीक, समुदायिक पूर्वतयारी अपनाउन सकेमा
विपदका घटना कम हुने प्रशिक्षक नवराज भण्डारीले प्रशिक्षणको दौरानमा जानकारी गराउनुभएको थियो।
प्रमुख अतिथिको मन्तब्य ब्यक्ति गर्दै प्रमुख अतिथि गुरुङले मादी गाउँपालिकामा विपतको उच्च जोखिममा रहेको र यसको लागि पालिकाले समेत केही गतिविधिहरु सञ्चालन गरिरहेको कुरा व्यक्त गर्नुभयो। साथै विपदका घटनामा राज्यका संयन्त्र संगै समुदायका संघ सस्था समेत क्रियाशिल भई सहयोग गर्न अनुरोध गर्नुभएको थियो । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापतिले आफ्नो मन्तव्यको क्रममा कास्की शाखाले गरेका गतिविधिहरुसँगै विपद पूर्वतयारीका वारेमा जानकारी गराउनुभएको थियो।
टोल विकास समितका अध्यक्ष, युवा क्लवका अध्यक्ष तथा प्रतिनिधि, रेडक्रस उपशाखा कार्यसमितिका सदस्यहरु आमा समूहका अध्यक्ष लगायत पदाधिकारी गरी ५५ जनाकाे सहभागितामा संचालित प्रशिक्षणमा विपदका प्रकार, शब्दावली, नेपाल घटीरहने विपद, विपद चक्रका विषयमा छलफल गरिएको थियो । उक्त अभिमुखीकरण नेपाल सोसाइटीका निवर्तमान सभापति डण्डराज शर्मा पौडेल, उपसभापति रमा न्यौपाने कोइराला, मन्त्री सन्तोष अधिकारी, कोषाध्यक्ष मोहन सिंह खड्का, उपमन्त्री डिल्लीराम बराल, लगायत जिल्ला कार्यसमितिका सदस्य तथा कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो। प्रशिक्षणको उद्घाटन सत्रमा स्वागत मन्तव्य पूर्व जिल्ला कार्यसमिति तथा रेडक्रसकर्मी ओम प्रकाश गुरुङले व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन कास्की शाखाका मन्त्री सन्तोष अधिकारीले गर्नुभएको थियो।
विपत् व्यवस्थापन अभिमुखीकरण
Download