कास्कीको माछापुच्छ्रे गाउँपालिका ५ मा दुईमुखे फलामे चुल्हो वितरण

man-donating-blood

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, कास्कीको आयोजनामा र द युनिका फाउण्डेशन, नेदरल्यान्ड्सको आर्थिक सहयोगमा २०८१ माघ ६ र ७ गते कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ स्थित हुम्दी लाम्पाटा र डाँडागाउँ मोहोरा समुदायमा दुईमुखे फलामे चुल्हो वितरण कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष एवं नेपाल रेडक्रस सोसाइटीका कोषाध्यक्ष सन्तोष अधिकारी, सामुदायिक विकास समिति संयोजक तथा जिल्ला शाखा सदस्य कमलप्रसाद पौडेल, वडा जनप्रतिनिधि तथा अन्य सहभागीहरूको उपस्थितिमा ११२ घरधुरीलाई चुल्हो वितरण गरियो।

उक्त चुल्हो हुम्दी लाम्पाटा समुदायका ५३ घरधुरी र डाँडागाउँ मोहोरा समुदायका ५९ घरधुरीलाई प्रदान गरिएको थियो। कार्यक्रममा चुल्होको प्रयोगबारे डेमो सेसन नेपाल रेडक्रस सोसाइटीका सामुदायिक परिचालक सञ्जय पौडेलले संचालन गर्नुभएको थियो।

यस कार्यक्रमले मानव स्वास्थ्य र वातावरणमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ

You can download or view the whole press release from the link below

कास्कीको माछापुच्छ्रे गाउँपालिका ५ मा दुईमुखे फलामे चुल्हो वितरण

Download

Related News

logo

पोखरा–१४ उपशाखाको निर्वाचन सम्पन्न

नेपाल रेडक्रस सोसाइटी पोखरा–१४ उपशाखाको निर्वाचन सम्पन्न भई नयाँ कार्यसमिति चयन गरिएको छ। उपशाखाको २० अाैं  साधारण सभा तथा सातौँ अधिवेशनबाट पदम बहादुर कार्कीकाे नेतृत्वमा १० जनाको कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो। जसमा सभापति पदमबहादुर कार्की, उपसभापति महिला राधिका कार्की, सचिव राम्जी जि....

Read More
logo

पोखरा वडा नं. २ द्वारा प्रादेशिक रक्त सञ्चार सेवालाई सिबिसी एनालाइजर किट प्रदान

पोखरा महानगरपालिका-२ नम्बर वडा कार्यालयले नेपाल रेडक्रस सोसाइटी कास्की अन्तर्गतको प्रादेशिक रक्त सञ्चार सेवालाई सिबिसी एनालाइजर किट प्रदान गरेको छ। यो सहयोगले रक्त सञ्चार सेवाले रगतको गुणस्तर छुट्याएर सेवा दिन सक्ने भएको छ।वडा अध्यक्ष दिवसमान प्रधानांगले रेडक्रसजस्तो सामुदायिक संस्थाको सेवामा सबै ना...

Read More