उपशाखा १७ मा अधिकारी

man-donating-blood

नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा नम्बर १७ उपशाखाकाे २० औँ साधारण सभा तथा नवौँ अधिवेशन उपशाखाको कार्यसमितिको निर्वाचन गरि सफलतापूर्वक सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन सत्रमा नेपाल रेडक्रस सोसाइटी पोखरा १७ उपशाखाका सभापति हरिप्रसाद श्रेष्ठको सभापतित्व तथा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति उर्मिला खड्का भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा उपशाखाका सचिव चुडामणी वरालले वार्षिक प्रगति प्रतिवेदन  र उपशाखा कोषाध्यक्ष शिवराम भण्डारीले उपशाखाको आर्थिक प्रतिवेदन सभा समक्ष पेश गरी बहुमतले पास गरिएको थियो।

उद्घाटन सत्रमा उपशाखाका उपसभापति लक्ष्मी अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। भने  रेडक्रसका सात सिद्धान्त उपशाखा सदस्य बिना लोनीले आफूले वाचन गर्दै अरुलाई समेत वाचन गराउनु भएको थियो, विशिष्ट सदस्य शेरजंग अधिकारी, कल्पना बास्तोला, रेडक्रस कास्कीका निवर्तमान सभापति डण्डराज शर्मा पौडेल, उपशाखाका पूर्व सभापति झवीन्द्रराज रेग्मी लगायतले आफ्नो भनाइ व्यक्त गर्नुभएको थियो। 

उपशाखा १७ विभिन्न पदका लागि उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन्। निर्वाचनबाट सभापति, महिला उपसभापति, सचिव, कोषाध्यक्ष, उपसचिव, उपकोषाध्यक्ष, महिला सदस्य तथा खुला सदस्य गरी जम्मा ११ सदस्यीय कार्यसमिति गठन भएको छ। जसामा


सभापति : लक्ष्मी अधिकारी


महिला उपसभापति : बिना लोहनी


सचिव : चुडामणि बराल


कोषाध्यक्ष : शिवराम भण्डारी


उपसचिव : दिपेन्द्र बराल


उपकोषाध्यक्ष : दिपेन्द्रराज महत क्षेत्री


महिला सदस्य : शर्मिला आचार्य


सदस्यहरू :

सावित्रा भण्डारी सुवेदी, गीतादेवी सुवेदी, शिवराज न्यौपाने र  बिन्दु कार्की सर्वसम्मत निर्वाचन भएको मतदान अधिकृत मोहन सिंह खड्काले घोषणासभामा घोषणा गर्नुभएको थियो। उहाँका अनुसार सबै पदमा आवश्यक प्रक्रिया पूरा गरी उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन् ।

नेपाल रेडक्रस  सोसाइटी जिल्ला शाखा कास्कीबाट मतदान अधिकृत मोहनसिंह खड्का कर्मचारीहरू नवराज भण्डारी र अवतार रोक्काले निर्वाचन सम्पन्न गरेका थिए। निर्वाचनको घोषणासभामा नवनिर्वाचित सभापति लक्ष्मी अधिकारी पूर्व सभापति अधिकारी लगायतले बधाई ज्ञापन गर्नुभएको थियो।

नवनिर्वाचित कार्यसमितिलाई स्थानीयस्तरमा मानवीय सेवा, आपतकालीन राहत, स्वास्थ्य तथा सामाजिक सेवाका गतिविधिलाई थप प्रभावकारी बनाउने जिम्मेवारी प्राप्त भएको छ नेपाल रेडक्रस सोसाइटी  कास्कीका सभापति उर्मिला खड्का भण्डारीले  बताउनुभयो ।

You can download or view the whole press release from the link below

उपशाखा १७ मा अधिकारी

Download

Related News

logo

सचेतना कार्यक्रम सम्पन्न

डेङ्गु सचेतना सम्बन्धी तीन महिना अभियान सम्पन्न ।ब्रिटिस रेडक्रस तथा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वयमा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाद्वारा तिन महिना डेङ्गी रोग सचेतना अभियान सघन रुपमा कास्की जिल्लाभरि सञ्चालन गरियो। यस कार्यक्रम अवधिमा  २८  सामुदायिक विद्यालय १ संस्था...

Read More
logo

समाचार शीर्षक: पोखरा १५ उपशाखा मा रेडक्रस अभिमुखीकरण कार्यक्रम सम्पन्न:

नेपाल रेडक्रस सोसाइटी पोखरा १५ उपशाखाको आयोजनामा एक दिवसीय रेडक्रस अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम उपशाखा सभापति शिवबहादुर भण्डारीको अध्यक्षतामा र पोखरा महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष तोरणबहादुर बानियाको प्रमुख आतिथ्यतामा सञ्चालन भयो ।कार्यक्रमको स्वागत मन्तव्य उपसचिव शर्मिला...

Read More