संगठन सुदृढीकरण तथा रेडक्रस अभिमुखीकरण सम्पन्न

man-donating-blood

मिति २०८२ कार्तिक २९ गते नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजना र नेपाल रेडक्रस  सोसाइटी पोखरा १२ उपशाखाको व्यवस्थापनमा पोखरा १२ उपशाखाको भवनमा संगठन सुदृढीकरण तथा रेडक्रस अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

नेपाल रेडक्रस  सोसाइटी पोखरा १२ उपशाखाका सभापति इन्दिरा पन्तको सभापतित्व तथा नेपाल रेडक्रस  सोसाइटी कास्की शाखाका सभापति उर्मिला खड्का भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको थियो । पोखरा महानगरपालिकाका ३१ वटा उपशाखाका ५० जना रेडक्रसकर्मी प्रतिनिधिहरूको सहभागिता रहेको थियो । उपशाखाका उपसभापतिले शान्ति गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएकाे उद्घाटन कार्यक्रम कास्की शाखाका सभापति उर्मिला खड्का भण्डारीले ब्यानरमा हस्ताक्षर सहित हेनरी डिउनाको फोटोमा माल्यार्पण सहित कार्यक्रमको समुद्घाटन गरिएको थियो। 

 कार्यक्रमको औचित्यमाथि कास्की शाखाका मन्त्री सन्तोष अधिकारीले प्रकाश पार्दै नेपाल रेडक्रस सोसाइटी कास्कीकाे वार्षिक कार्यक्रम अन्तर्गत हरेक पालिका स्तरमा एउटा एउटा संगठन सुदृढीकरण सँगै रेडक्रस अभियान मार्फत उपशाखाका कार्यसमिति भित्रका स्वयंसेवकहरूलाई रेडक्रस सम्बन्धी ज्ञानको प्रचारप्रसार गर्नु यसको मुख्य उद्देश्य रहेको कुरा जोड दिनुभएको थियो। समुदायमा रेडक्रस मार्फत मानवीय सेवालाई जोड दिनको निम्ति यस प्रकारको गतिविधि सञ्चालन गरिँदै आएको  कास्की  शाखाका उपसभापति रमा न्यौपाने कोइरालाले शुभकामना मन्तव्यमा व्यक्त गर्नुभएको थियो। प्रमुख अतिथिको मन्तव्य राख्दै सभापति उर्मिला खड्का भण्डारीले रेडक्रस अभियानमा स्वयंसेवककाे भूमिका सँगै उपशाखा मार्फत संकटासन समुदाय संग अझ नजिक रही मानवीय सेवामा लाग्नुभएका सम्पूर्ण उपशाखाका स्वयंसेवकहरूप्रति सम्मान व्यक्त गर्दै आगामी दिनमा समेत अभियानलाई निरन्तरता दिनको निम्ति अनुरोध गर्नुभएको थियो ।  रेडक्रसको अभियानमा जाँ हेनरी डिउनाको भूमिकासँगै अन्तर्राष्ट्रिय रेडक्रस अभियानका बारेमा कास्की शाखाका कोषाध्यक्ष मोहनसिंह खड्का, नेपाल रेडक्रस सोसाइटी र त्यसका गतिविधि तथा कास्की रेडक्रसले गरेका कामका बारेमा प्रशिक्षक नवराज भण्डारी र उपशाखाका काम कर्तव्य र भूमिकाका विषयमा मन्त्री सन्तोष अधिकारीले प्रशिक्षण गर्नुभएको थियो। 

कार्यक्रममा शाखाका सदस्य बबिता सुवेदी, पार्वती कार्की र सुभाष अधिकारी र कास्की शाहका कार्य प्रमुख कृष्णप्रसाद कोइरालाको  समेत सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन उपशाखाका सहसचिव रामचन्द्र अधिकारीले गर्नुभएको थियो।

You can download or view the whole press release from the link below

संगठन सुदृढीकरण तथा रेडक्रस अभिमुखीकरण सम्पन्न

Download

Related News

logo

नेरेसाे पोखरा ३३ को निर्वाचन सम्पन्न

नेरेसाे पाेखरा ३३ उपशाखामा शतिस निर्वाचित ।नेपाल रेडक्रस सोसाइटी पोखरा–३३ उपशाखाको निर्वाचनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। मिति २०८२ माघ ७ गते सम्पन्न निर्वाचनअनुसार सभापति शतिस लामिछाने निर्वाचित हुनुभएको छ। त्यस्तै महिला उपसभापतिमा भगवती पोखरेल, सचिवमा नवराज भण्डारी, कोषाध्यक्...

Read More
logo

रेडक्रसको जिल्ला स्तरीय जुनियर सर्कलको गोष्ठी

पोखरा, १६ जेठनेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाले शनिबार ४३ औं जिल्ला स्तरीय जुनियर एवं युवा सर्कल तथा ३२ शिक्षक नायक गोष्ठी गरेको छ । नेपाल जुनियर रेडक्रस सर्कल शीतलादेवी सामुदायिक मावि पोखरा १२को व्यवस्थापनमा भएको दुई दिने गोष्ठीमा १०० जुनियर तथा युवा रेडक्रस सर्कलका प्रतिनिधि तथा शिक्षक नाय...

Read More