रेडक्रस कास्कीद्वारा २८औं संरक्षक गोष्ठी सम्पन्न, १९ कार्यक्रम तय

man-donating-blood

पोखरा २ , नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाले शुक्रबार छोरेपाटन मावि पोखराको आतिथ्यमा २८औं संरक्षक (प्रधानाध्यापक) गोष्ठी सम्पन्न गरेको छ। कार्यक्रममा ६५ वटा जुनियर सर्कलका संरक्षकको सहभागिता रहेको थियो।

गोष्ठीमा उपमन्त्री तथा सर्कल संयोजक डिल्लीराम बरालले आगामी वर्षका कार्यक्रमहरुको माग तथा बाँडफाँडबारे प्रस्तुत गरे। तालिम संयोजक नवराज भण्डारीले सर्कलको दायित्व, निर्देशिका परिवर्तन तथा संरक्षकको भूमिकामा सहजीकरण गरे। व्रम्हकुमारी अप्सराले नेतृत्व सीप तथा मूल्य शिक्षाको महत्वमा प्रकाश पारिन्।

‘मानवताको पक्षमा’ भन्ने नारासहितको गोष्ठीको उद्घाटन गण्डकी प्रदेश प्रमुख डिल्लीराम भट्टले गरेका थिए। उनले रेडक्रसलाई सेवाभाव र मानवियतासँग जोडिएको संस्था भन्दै यसको प्रभावकारीता सहकार्यमा निर्भर हुने बताए। केन्द्रीय उपकोषाध्यक्ष डोलराज पाण्डेले सर्कलमार्फत युवालाई असल आचरण सिकाउने जानकारी दिए।

शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्य, सभापति उर्मिला खड्का, मन्त्री सन्तोष अधिकारीलगायतले रेडक्रस अभियानको महत्व र संरक्षकको भूमिकाबारे विचार राखे। गोष्ठीले १९ वटा कार्यक्रम तय गरेको र सबै कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गरिएको थियो।

कार्यक्रममा पोखरा १७ की वडाध्यक्ष राधिका शाही योगी, निवर्तमान सभापति डण्डराज शर्मा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारी, प्रधानाध्यापक डिल्लीराज शर्मा, गण्डकी सदस्य रमेशराज भण्डारी, शिक्षक अभिभावक संघ अध्यक्ष ईन्द्रमान खत्री, सर्कल अध्यक्ष सुवास सुवेदी, सचिव अनुष्का ढकाल र अन्जना श्रेष्ठ लगायतले आ–आफ्ना धारणा राखेका थिए।

समाचार स्रोत :समाधान दैनिक 

You can download or view the whole press release from the link below

रेडक्रस कास्कीद्वारा २८औं संरक्षक गोष्ठी सम्पन्न, १९ कार्यक्रम तय

Download

Related News

logo

रेडक्रस कास्कीलाई डेभिजफल क्लबको मानवीय सहयोग: त्रिपाल र नगद प्रदान

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले मनसुनजन्य विपदसँगै आएको बाढी पहिरोलाई मध्यनजर गर्दै विपत् पूर्वतयारीका निमित्त, स्वयंसेवक व्यवस्थापन, खाेज तथा उद्धार सामग्रीको व्यवस्थापन र  राहत सामग्री व्यवस्थापन अन्तर्गत विपद राहत गैर खाद्य तथा खाद्य सामग्रीका लागि विभिन्न सरोकारवाला निकायहरूसँगको समन्वय...

Read More
logo

सुचना तथा मानवीय मुल्य प्रबर्द्धन समिती बैठक सम्पन्न

पोखरा २६ ,नेपाल रेडक्रस सोसाइटी कास्की शाखा अन्तर्गत विभिन्न १० उपसमिति मध्ये सुचना तथा मानवीय मुल्य प्रबर्ध्दन समितिको पहिलो बैठक कार्य समिति सदस्य एवं सो समितिका संयोजक सुवास अधिकारीको अध्यक्षतामा बस्यो उक्त बैठकमा नेरेसो कास्कीका सभापति उर्मिला खड्का भण्डारीले उपस्थित सदस्यहरुलाई खादा लगाएर सम्मा...

Read More