शाखाको ४२ अाैं साधारण सभा सम्पन्न

man-donating-blood

नेपाल रेडक्रस सोसाइटी कास्कीको ४२ औं वार्षिक साधारण सभा २०८२ चैत १४ गते शनिबार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति उर्मिला खड्का भण्डारीको सभापतित्वमा तथा गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ  । सभामा रेडक्रस कास्कीका पूर्व सभापति डोलराज पाण्डेलाई १० हजार नगद सहित वर्ष स्वयंसेवा सम्मान प्रदान गरिएको छ । समारोहमा प्राथमिक उपचार प्रशिक्षक लीला अधिकारी देवकोटालाई उत्कृष्ट प्रशिक्षकको रुपमा दोशल्ला ओढाएर प्रशंसा पत्रसहित सम्मान गरिएको हो । कर्मचारी मध्ये उत्कृष्ट राजकुमारी अधिकारीलाई सम्मान गरियो । ४२ औं जिल्ला स्तरीय युवा गोष्ठी तथा ३१औं शिक्षक नायक गोष्ठी कुशलता पूर्वक सम्पन्न गर्ने जुनियर तथा युवा सर्कल जनप्रिय मावि सिमलचौरलाई प्रंशसापत्र सहित सम्मान गरिएको रेडक्रस कास्कीका उपसभापति एवं मूल्याङ्कन समितिको संयोजक रमा न्यौपाने कोइरालाले  जानकारी दिनुभयो ।  कास्कीका ४८ उपशाखा मध्ये सर्वोत्कृष्ट प्रथम पोखरा १२ उपशाखा, द्वितीय पोखरा १० उपशाखा, तृतीय पोखरा ५ उपशाखा र सान्त्वना पोखरा २५ र पोखरा २ र ३ उपशाखालाई नगद सहित पुरस्कृत गरिएको छ । लैंगिक तथा सामाजिक समावेशिकरणको क्षेत्रमा उत्कृष्ट काम गर्ने रेडक्रस सोसाइटी पोखरा ५ उपशाखालाई सम्मान गरिएको हो । कार्यक्रममा यशस्कर सदस्यहरु कृष्णप्रसाद पौडेल, गमबहादुर कुँवर, नेत्रपाणि भण्डारी, राजेन्द्र पहारी, शेषनारायण पौडेल र गोविन्द तुलाचनलाई सम्मान गरिएको छ । त्यस्तै विशिष्ट सदस्यताहरु भोजराज लामिछाने, वर्षा सुवेदी, शिव खड्का, दिपेन्द मर्सानी, शम्भुलाल श्रेष्ठ, मिरा श्रेष्ठ, बासुदेव तिमिल्सिना, लक्ष्मी पहारी, उत्तम जोशी, हिरा घले, रुद्रनारायण मल्ल, रामकुमार श्रेष्ठलाई सम्मान गरिएको हो । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले रेडक्रस सोसाइटीले विपद् व्यवस्थापन तथा मानवीय सेवाको क्षेत्रमा उत्कृष्ट काम गरेको बताउनुभयो ।


प्रदेश सरकारले नीति तथा कार्यक्रम एवं बजेट निर्माण गर्ने बेला आएको जानकारी दिदै उहाँले रेडक्रसको अभियानका कुनै न कुनै रुपमा सम्बोधन गर्ने उल्लेख गर्नुभयो । ‘सरकारले प्रदेशको स्वास्थ्य क्षेत्रको सवलीकरणमा ध्यान दिएको छ, ’उहाँले भन्नुभयो, ‘नागरिकलाई स्वास्थ बनाउन जनशक्ति व्यवस्थापन र अस्पतालको स्तरोन्नतिको काम गरेको छ ।’ उहाँले रक्त सञ्चार सेवा लगायत नागरिकको स्वास्थ्यको लागि रेडक्रसको भूमिका रहने चर्चा गर्नुभयो । प्रदेश सरकारले एम्बुलेन्स खरिद प्रक्रिया अगाडि बढाएको जानकारी दिदै उहाँले रेडक्रस कास्कीसँग एम्बुलेन्स वा स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी गण्डकीका अध्यक्ष सूर्यप्रसाद ढकालले रेडक्रस सोसाइटीको केन्द्रीय समितिले विधान संशोधन गरेपछि पालिका स्तरको संरचना बन्न लागेको जानकारी दिनुभयो । उहाँले मातहतका ४८ उपशाखाको सवलीकरणमा ध्यान दिएको कास्की शाखाले आगामी दिनमा थप ५ पालिकाको काममा संयोजन गर्ने बताउनुभयो । ‘मानवताको पक्षमा’ भन्ने नाराका साथ भएको सभाले शाखाका मन्त्री सन्तोष अधिकारीले पेश गरेको आर्थिक वर्ष २०८१/०८२को वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०८३/०८४को प्रस्तावित कार्यक्रम, कोषाध्यक्ष मोहनसिंह खड्काले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२को आर्थिक प्रतिवेदन र आर्थिक वर्ष २०८३ /०८४को प्रस्तावित बजेटलाई सुधार सहित पारित गरेको छ । सभामा लेखा समितिका संयोजक तारानाथ आचार्यले आर्थिक वर्ष २०८१/०८२ लेखा समितिको प्रतिवेन पेश गर्नुभयो । कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष दिपेन्द्र मर्सानी, पृथ्वी नारायण क्याम्पसका पूर्व प्रमुख जोर्ज जोन,  रेडक्रस कास्की शाखाका निवर्तमान सभापति डण्डराज शर्मा पौडेल, पूर्व अध्यक्षहरु डोलराज पाण्डे र रघुनाथ अधिकारी, पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतम, पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज गौतम, गैसस महासंघ नेपाल कास्कीका अध्यक्ष इन्दिरा पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, रेडक्रस कास्की शाखाका उपसभापति रमा कोइराला न्यौपाने, शाखाका उपमन्त्री डिल्लीराम बराल, पोखरा १९ उपशाखाका सभापति रमेश विश्वकर्मा लगायतले रेडक्रसले मानवीय सेवाको क्षेत्रमा गरेका कामको चर्चा गरेका गर्नुभयो ।


कार्यक्रमको सञ्चालन कास्की शाखाका मन्त्री सन्तोष अधिकारीले गर्नुभएको थियो। 

You can download or view the whole press release from the link below

शाखाको ४२ अाैं साधारण सभा सम्पन्न

Download

Related News

logo

पोखरा रेडक्रस १० उपशाखा द्वारा नि-शुल्क स्वास्थ्य शिविर सम्पन्न

Read More

logo

तीन महिना सचेतना अभियान

डेङ्गु सचेतना सम्बन्धी तीन महिना अभियान सम्पन्न ।

ब्रिटिस रेडक्रस तथा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वयमा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाद्वारा तिन महिना डेङ्गी रोग सचेतना अभियान सघन रुपमा कास्की जिल्लाभरि सञ्चालन गरियो। यस कार्यक्रम अवधिमा  २८  सामुदायिक विद्यालय १ संस्था...

Read More