विपद् व्यवस्थापन तालिम सम्पन्न: पोखरा–१ मा समुदायस्तरीय तयारीमा जोड

man-donating-blood

पोखरा महानगरपालिका वडा नम्बर १ को सहयोग तथा नेपाल रेडक्रस सोसाइटी पोखरा १ उपशाखाको आयोजनामा र सामुदायिक सेवा केन्द्र बगरको सहकार्यमा दुई दिवसीय विपद व्यवस्थापन प्रशिक्षण सम्पन्न भएको छ। प्रशिक्षणमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका सभापति उर्मिला  खड्का भण्डारीको प्रमुख आतित्थ्यतामा सञ्चालन भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखरा १ उपशाखाका सभापति जीवन अधिकारीको सभापतित्वमा सञ्चालन भएको थियो। विशेष अतिथिको रूपमा वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराई, वडा नं १  जनप्रतिनिधिहरू रहनुभएको कार्यक्रममा कास्की जिल्ला शाखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान समेत गरिएको थियो।

उद्घाटन सत्रमा रेडक्रसका सात सिद्धान्त वाचन उपशाखा कोषाध्यक्ष बबिता आचार्यले गर्नुभएको थियो भने  उपस्थित अतिथिज्यूहरूलाई उपसभापति सीता गुरुङले स्वागत मन्तव्य मार्फत स्वागत गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै कास्की जिल्ला शाखाका सभापति भण्डारीले विशेषगरी समुदायका अगुवा कार्यकर्तालाई यस किसिमको तालिम प्रदान गरि समुदायमा परिचालन गर्न सकेमा सामुदायिक विपतको पुर्वतयारीमा ठूलो योगदान पुग्ने कुरा व्यक्त गर्नुभएको थियो। विपत पुर्वतयारीअन्तरगत विपतसँग सामना गर्न सक्ने दक्ष  स्वयंसेवक उत्पादन गर्न सकेमा समुदायमा हुने विपत जाेखिम कम हुने कुरा प्रहरी निरीक्षक देवराज भट्टराईले आफ्नो मन्तव्यमा व्यक्त गर्नुभएको थियो। उद्घाटन सत्र उपशाखाका सचिव कल्पना आचार्य बास्तोला गर्नुभएको थियो।


हालै भित्रँदै गरेको मनसुनलाई मध्यनजर गर्दै विपत पूर्वतयारी विपदको समयमा खोज तथा उद्धार र प्राथमिक उपचार तथा विपदपछि गरिने पुनर्लाभका विषयमा छलफल गरिएको थियो ।


वडा नम्बर १ को उत्तरी भूभागमा सेती नदी बग्ने र दक्षिणी भागमा पहिरोको उच्च जोखिम रहेको वडाको रूपमा पहिचान गरिएको थियो। साथै बाढी पहिरोसँगै सडक दुर्घटना समेत वडा नम्बर १ को उच्च जोखिमको विपद पहिचान गरिएको थियो। तालिम प्रहरी कार्यालय बगरका प्रमुख देवराज भट्टराई,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका कोषाध्यक्ष मोहन सिंह खड्का र प्रशिक्षक नवराज भण्डारीले दुई दिनसम्म प्रशिक्षण सञ्चालन गर्नुभएको थियो। वडा नम्बर १ भित्रका टोल विकास संस्था आमा समूह युवा क्लब तथा विद्यालयका विद्यार्थी भाइबहिनीहरू गरी ४५ जनाको सहभागिता रहेको थियो।

You can download or view the whole press release from the link below

विपद् व्यवस्थापन तालिम सम्पन्न: पोखरा–१ मा समुदायस्तरीय तयारीमा जोड

Download

Related News

logo

विपत् व्यवस्थापन अभिमुखीकरण

मिति २०८३ साल जेठ ९ गते शनिबार  नेपाल सोसाइटी कास्की शाखाको आयोजना तथा  नेपाल रेडक्रस  सोसाइटी मादी १ र २ उपशाखाको व्यवस्थापनमा एक दिवसीय विपत् व्यवस्थापन अभिमुखीकरण सम्पन्न भएको छ। अभिमुखीकरण मादी ताङतिङ आमा समूहको भवनमा सम्पन्न भएको थियो। नेरेसो मादी १,२ उपशाखाका सभापति गुमानध्वज गु...

Read More
logo

खोज नष्ट अभियानसँगै अभिमुखीकरण

गौरीशंकर बहुमुखी क्याम्पसमा सचेतना अभियान नेपाल  रेडक्रस  सोसाइटी,कास्कीको समन्वयमा नेपाल रेडक्रस सोसाइटी पोखरा २५ उपशाखाको आयोजनामा रेडक्रस अभियान एवं डेङ्गी संक्रमण तथा रोकथाम  सम्बन्धी अभिमुखीकरण कार्यक्रम पोखरा २५ गौरीशंकर बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ।रेडक्रस कास्कीले बर...

Read More