पोखरा, असोज २८— नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको सहकार्यमा नेपाल रेडकस सोसाइटी कास्की द्वारा सञ्चालित डेङ्गी रोग सङ्क्रमण रोकथाम कार्यक्रम अन्तर्गत पाेखरा महानगरपालिका वडा नम्बर १२ मा अवस्थित नेपाल रेडक्रस सोसाइटी पोखरा १२ उपशाखाको आयोजनामा शुभकामना आदानप्रदान सहित डेङ्गी रोग संक्रमण सचेतीकरण सँगै खोज र नष्ट अभियान सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी पोखरा १२ उपशाखाका सभापति इन्दिरा पन्तको सभापतित्वमा तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका कोषाध्यक्ष मोहन सिंह खड्काकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नि वर्तमान सभापति कुस्मराज आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने उपशाखा उपसचिव जमुना आचार्यले रेडकसका सात सिद्धान्त वाचन गराउनुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि खड्काले ब्यानरमा हस्ताक्षर सँगै रेडकसका जन्मदाता हेनेरी डियूनाको फोटोमा माल्यापण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो साथै प्रमुख अतिथिको मन्तव्यमा सबै नेपालीको घर आँगनमा भित्रिएका चाडबाडहरूको शुभकामना सहित रेडक्रस अभियान र विपतका विषयमा आफ्ना भनाइ व्यक्त गर्नुभएको थियो साथै कास्की जिल्ला र यसका आसपासका जिल्लाहरूमा फैलिँदै रहेको डेङ्गी संक्रमणका बारेमा समेत जानकारी गराउनुभएको थियो। हाल डेङ्गीकाे सङ्क्रमण रहेको र यस प्रकारका बिरामीहरू समेत देखिएकाले यस प्रकारको सचेतना कार्यक्रम विगतका वर्षदेखि रेडकसले अभियानकै रुपमा सञ्चालन गरेको कुरा समेत जानकारी गराउनुभयो। यस्ता प्रकारका अभिमुखरणसँगै समुदायका टोलटोलमा खोज र नष्ट गर अभियान मार्फत समुदायमा सचेतना दिलाउनु र डेङ्गी संक्रमण रोक्नु नै यस कार्यक्रमको मुख्य उद्देश्य रहेको कुरा समेत व्यक्त गर्नुभएको थियो।
सहरी तथा ग्रामीण भूभागका समुदायकै व्यक्तिको सहभागितामा डेङ्गीका फुल, लार्भा नष्ट गर्ने अभियान तीव्रताका साथ अगाडि बढाउने पछिल्लो समय जलवायु परिवर्तन तथा अव्यवस्थित बस्ती मानिसको चाप वृद्धिका कारण पोखराको तापक्रम वृद्धिसँगै धेरै ठाउँमा खाल्टाखुल्टी र पानी जम्ने बोतल, प्लास्टिक जन्य उपकरण, अत्याधिक रूपमा जताततै खुल्ला ठाउँमा सिसिका बोतल, बिर्कोहरू,सहरी क्षेत्रमा फुलदानी, घरमा फ्रिज पछाडि जम्ने पानी, एसीबाट निस्किएको पानीका कारणले एडिज जातको लामखुट्टेलाई अनुकूल वातावरण भएकाे छ । जसका कारण एडिज जातको लामखुट्टेले बासस्थान वृद्धि गरी मानिसलाई टोक्दाखेरि सहरभरि नै डेङ्गु संक्रमण फैलिरहेको अवस्था छ। साथै मानिसहरूको व्यवहारमा समेत डेङ्गीका लामखुट्टेलाई अनुकुलन रहेको छ । लामा बाउला भएको कपडा नलगाउनु , शरीर ढाकिने कपडा नलगाउनु , दिउँसो सुत्दाखेरि झुल्को प्रयोग नगर्नु , दिनमा लामखुट्टेले के टोक्ला भन्ने सम्झनु जस्ता सामान्य कारणबाट यो संक्रमण दिनदिनै फैलिएको छ। उच्च ज्वरो आउनु , शरीर र जोर्नी दुख्नु, आँखाका गेडी वरिपरि बेसरी दुःखी टाउकोमा अत्याधिक पीडा हुनु , सरीर वरिपरि विमिराहरू देखिनु, केही समयपछि रक्तश्राप समेत भई मानिसको मृत्यु समेत गराउन सक्दछ। यसको विशेष प्रकारको औषधि उपचार नभएका कारण समेत यो उच्च जोखिममा रहेको छ। परीक्षणको क्रममा समेत झ्याली अवस्थामा रहने जसका कारण एन्टिभाइटिक , ब्रोफिन जस्ता औषधि सेवनले मानिसलाई कमजोर बनाउने र थप जोखिम बढाउने समेत गरेको पाइएको छ। यस्तो अवस्थामा अनावश्यक औषधि खानु पनि जोखिम हो। डाक्टरको सल्लाह गरेर प्रत्यक्ष डाक्टरको निगरानीमा समेत औषधि खानुपर्ने हुनसक्छ । पोखरामा डेङ्गुको संक्रमण तीव्र रुपमा रहेको छ। अस्पतालको बेडहरूमा समेत बिरामीहरूको सङ्ख्या बढ्दो अवस्थामा छ । विद्यालयका बालबालिकाहरूमा समेत देखिन थालेको छ प्रशिक्षकका क्रममा नेपाल रेडक्रस सोसाइटी कार्यक्रमका फोकल पर्सन तथा कास्की शाखाका सूचना अधिकारी नवराज भण्डारीले सहजीकरणमा व्यक्त गर्नुभएको थियो।कार्यक्रममा टोल विकास संस्थाका प्रमुख आमा समूहका प्रमुखहरू विद्यालय तथा क्याम्पसका प्राध्यापक गरी ६० जनाको सहभागिता रहेको थियो ।