चैत्र १६- २२ सम्म नेपाल रेडक्रस साेसाइटी कास्की शाखाद्वारा सिकाई आदानप्रदान सहित अध्ययन अवलोकन भ्रमण सम्पन्न भएको छ। एक जिल्ला शाखाका असल अभ्यासहरू आदानप्रदान गर्नु नै यस भ्रमणको मुख्य उद्देश्य रहेको थियो। भ्रमणको क्रममा कञ्चनपुर, धनगढी जिल्ला, बर्दिया र बाँके जिल्ला शाखामा भएका गतिविधिहरूको प्रत्यक्ष अवलोकन गरिएको हाे।
तराई भूभागमा अवस्थित र भारतीय सिमानासँग समेत जोडिएका जिल्ला शाखाहरूका गतिविधिहरु त्यहाँको संकटासन्नता विपत पूर्वतयारी र यसको प्रभाव, रक्तसञ्चार सेवा र यसका गतिविधिहरूसँगै कार्यक्रमहरू, विभिन्न दातृ निकायहरूसँगको समन्वयमा केन्द्रीय कार्यालयका परियोजना,जिल्ला शाखाका आफ्नै आन्तरिक परियोजनाहरू लगाएत बर्दिया जिल्लाको आँखा अस्पतालले पुर्याएको सेवा र रेडक्रस अभियानमा जोडिएका विभिन्न स्वयंसेवक, लाभग्राही व्यक्ति तथा समुदायसँग प्रत्यक्ष भेटघाटसँगै भलाकुसारी गरिएको थियो। भ्रमणका सिलसिलामा कास्की शाखाले गरेका गतिविधिहरू समेत एक आपसमा आदानप्रदान गरिँदै गरिएको थियो ।
बर्दिया शाखाले गरेको आँखा अस्पताल जस्तै स्वास्थ्यसँग सम्बन्धित अन्य अस्पतालहरू कास्की शाखाले समेत अनुसरण गर्न सकेमा उपलब्धिमूलक हुनेछ। धनगढी जिल्ला शाखाका असल अभ्यासहरू जस्तै निजी निकायहरूसँगको समन्वय कञ्चनपुर जिल्ला शाखाको प्रशासनिक संरचना, बाँके जिल्ला शाखाको विपद पूर्वतयारी कास्की शाखाले समेत अनुसरण गर्नुपर्ने देखिन्छ।
नेपाल रेडक्रस सोसाइटीले संकटासन्न समुदायको पहिचानसँगै मानवताको पक्षमा अभियान सञ्चालन गर्दै समुदायमा विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ कास्की शाखाले पनि यस्तै गतिविधिहरूलाई निरन्तरता दिँदै मानवताका क्षेत्रमा गरेका थुप्रै उदाहरणहरु भ्रमणका क्रममा प्रस्तुतिकरण गरिएको थियो।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति उर्मिला खड्का भण्डारीको नेतृत्वमा २३ जनाको सहभागितामा भ्रमण सम्पन्न भएको हो ।
भ्रमणको सिलसिलामा भारतका नैनीताल, मनसुरी, हरिद्वार लगायतका विभिन्न ग्रामीण बस्तीहरूको समेत अवलोकन गरिएको थियो। भारतमा ग्रामीण बस्तीहरू, पहाडमा भएका बायो इन्जिनियर र विपद पूर्वतयारी, ताल आसपासका बस्ती संरचना लगायतका क्षेत्रमा अवलाेकन गरिएको हो। विशेष विपदका हिसाबले उच्च जोखिममा रहेका यस्ता भारतीय ग्रामीण बस्तिहरूमा सरकारले पूर्वतयारीका अभ्यासहरू गरेको पाइयो । जस्तै बायो इन्जिनियरिङ मार्फत पहिरो नियन्त्रण गरेको देखिन्छ ।
ग्रामीण भूभागका बस्तीहरूमा पर्यटनको विकास, वन जङ्गलको संरक्षण, खेतीयोग्य जमिनमा प्रशस्त मात्रामा सरकारको लगानी, ताल संरक्षण र व्यवस्थापन लगायतको विकासका पूर्वाधारहरू क्रमश विकसित हुँदै गएको अवस्था देखिन्छ जुन नेपालले समेत यसलाई अनुसरण गर्न सकेमा ग्रामीण बस्तीहरू विकास गर्न सम्भावना रहेको पाईयाे ।
सिकाई आदानप्रदान सहित भ्रमण सम्पन्न
Download