अर्नाकोटमा प्राथमिक उपचार तालिम

man-donating-blood

मिति २०८२ साल  माघ १५ गतेदेखि १८ गतेसम्म युनिका फाउन्डेसन दि नेदरल्यान्ड र निसीखोला गाउँपालिकाको सहयोगमा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाद्वारा सञ्चालित खानेपानी तथा सरसफाई परियोजना अन्तर्गत निसीखोला २ अर्नाकोट समुदायलाई लक्षित गरी अर्नाकोट माध्यमिक विद्यालयको प्राङ्गण आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न भएको छ। 

परियोजना क्षेत्रभित्र परियाेजना सञ्चालनको क्रममा  समुदायमा हुनसक्ने दुर्घटनालाई कम गर्ने उद्देश्यका साथ  प्राथमिक उपचार तालिमलाई उच्च प्राथमिकताका दिई सञ्चालन गरिएको हो ।  बाग्लुङ जिल्लाको बुर्तिबाङ सदरमुकामदेखि करिब २ घण्टाको मोटरबाटो पार गरी अर्नाकोट समुदाय आउनु पर्ने, स्वास्थ्य संस्था तथा अस्पतालको पहुँच  कम भएको कारण प्राथमिक उपचार तालिमले समुदायमा प्रभावकारी रहेको पाइयो।  समुदायमा वर्षनी आगोलागि, पहिरो, सडक दुर्घटना जस्ता प्रकोपका कारण मानिसहरू घाइते हुने गएको तत्काल प्राथमिक उपचार सेवा नपाउँदा मानिसहरूको मृत्यु समेत हुने गरेको स्थानीय बासी तथा सहभागी दुर्गा ओलीले जानकारी गराउनुभयो । 

नेपाल रेडक्रस सोसाइटी प्राथमिक उपचार तालिम निर्देशिका २०७४ अनुसार प्राथमिक उपचारको महत्व, अर्थ, सिपिआर , रक्तश्राप , हाडभचाई, मेरुदण्डको चोट, सर्प तथा जनावरको टोकाई, वातावरणीय समस्या लेक तथा लु लाग्नु , ज्वरो झाडापखाला, विभिन्न प्रकारका ओसारपसारका लगाएतका विषयमा सहभागीहरूलाई प्रशिक्षण गराइएको थियो। 

सैद्धान्तिक र प्रयोगात्मक अभ्यास सहित सञ्चालन गरिएकाे यस तालिमले विशेषगरी समुदायमा आकस्मिक रूपमा घट्न सक्ने दुर्घटनामा तालिम प्राप्त स्वयंसेवकहरूले समुदायमा परिचालित भई घाइतेहरूलाई तत्काल  प्राथमिक उपचार गरी अस्पतालसम्म पुर्‍याउन सक्ने सीप  सहभागीहरूले प्राप्त गरेकाे कुरा  तालिम संयोजक मोहन सिंह खड्काले तालिमको समापनका क्रममा व्यक्त गर्नुभएको थियो।  

तालिमको समापनसत्र अर्नाकोट खानेपानी तथा सरसफाई आयोजना स्तरोन्नति  समितिका अध्यक्ष वीरबहादुर कुँवरकाे सभापतित्वमा तथा नेपाल रेडक्रस  सोसाइटी कास्की शाखाका कोषाध्यक्ष मोहन सिंह खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको थियो। 

समापन समारोहमा अर्नाकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वर रसाइली,  परियोजना व्यवस्थापक कल्पना ज्ञवाली,  कर्मफ्लाइटका प्रेम कुमार लगायतले मन्तव्य व्यक्त गरेका थिए। सम्पूर्ण सहभागीको तर्फबाट आफ्नो मन्तव्य व्यक्त गर्दै  गीता कुँवर र सुमन विश्वकर्माले  ग्रामीण भूभाग , स्वास्थ्यको पहुँच कमि रहेको सदरमुकामदेखि अत्यन्तै टाढा रहेको दुर्गम बस्तीमा रेडकसले तालिम सञ्चालन गरी आफूलाई सहभागी गराएकोमा अत्यन्तै हर्षित हुँदै  आफूहरूले चार दिनसम्म प्राप्त गरेको तालिम केवल तालिममा मात्र सीमित नराखी आवश्यकताको आधारमा परिचालित भई समुदायमा मानवीय पीडा कम गर्न स्वयंसेवको रूपमा परिचालित भई सहयोग गर्ने कुरा व्यक्त गरेका थिए। 

चार दिवसीय रूपमा सञ्चालित तालिममा तालिम संयोजक माेहन सिंह खड्का , प्रशिक्षकहरू सूर्यप्रसाद तिमिल्सिना  पालुवा, सूर्य तिमिल्सिना, नवराज भण्डारी ,बाग्लुङ जिल्ला शाखाका प्रशिक्षक कर्ण कार्कीले सहजीकरण गर्नुभएको थियो। 

समापन कार्यक्रममा परियोजना अन्तर्गतका कर्मचारीहरूको समेत सहभागिता रहेको थियो। समापन समारोहमा सहभागीलाई सफलताकाे प्रमाणपत्र, झोला र गलबन्दी वितरण गरिएको थियो। कार्यक्रमको सञ्चालन उपभोक्ता समितिका सचिव ओम बहादुर रसाइली ले गर्नुभएको थियो।

You can download or view the whole press release from the link below

अर्नाकोटमा प्राथमिक उपचार तालिम

Download

Related News

logo

स्वयमसेवक लक्षित समूह छलफल कार्यक्रम सम्पन्न

एसिया प्रशान्त क्षेत्रमा रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासंघ IFRC बाट सञ्चालन भइरहेको स्वयमसेवक सर्वेक्षण कार्यक्रम अन्र्तगत मिति २०८१ वैशाख ८ गते नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको सभाहलमा लक्षित समुह छलफलका कार्यक्रम सम्पन्न भएको छ । यस छलफलमा सहभागी भएका स्वयमसेवकहरुले...

Read More
logo

विभिन्न प्रतियोगिताको नतिजा प्रकाशन

पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाअन्तर्गत जुनियर तथा युवा समितिको आयोजनामा सम्पन्न विभिन्न जिल्ला स्तरीय प्रतियोगिताको अन्तिम अाज नतिजा सार्वजनिक गरिएको छ।

जिल्ला स्तरीय प्रतिस्पर्धात्मक कार्यक्रमअन्तर्गत निबन्ध लेखन, अल्वम तथा चित्रकला प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएका िथ...

Read More