अर्नाकोटमा सामुदायिक सचेतना ।

man-donating-blood

२०८२ माघ १५ र १६ गते नेपाल रेडक्रस सोसाइटी कास्की शाखा द्वारा सञ्चालित तथा निसिखाेला गाउँपालिका र  युनिका फाउन्डेसन दी नेदरल्यान्डको सहयोगमा सञ्चालित खानेपानी तथा सरसफाई परियोजना अन्तर्गत बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर २ मा विपत् व्यवस्थापन प्रशिक्षण दुई दिवसीय रूपमा  सम्पन्न भएकाे छ । खानेपानी तथा सरसफाई परियोजनाका अध्यक्ष विरवहादुर कुँवरको सभापतित्वमा तथा नेपाल रेडक्रस सोसाइटी  कस्कीका कोषाध्यक्ष एवं विपद ब्यवस्थापन समितिका संयोजक मोहन सिंह खड्काको प्रमुख आतिथ्यतामा संचालन भएको थियो । प्रशिक्षणको उद्घाटन सत्रमा प्रमुख अतिथि खड्काले मनसुन संगै भित्रीन सक्ने वाढी, पहिरो, भीरमाथि रहेको बस्ती भएको कारणले आगोलागि, चट्याङ र हावाहुरीको जोखिमलाई मध्यनजर गर्दै सम्भावित दुरघटनामा कसरी प्रतिकार्य गर्ने भन्ने विषयलाई प्राथामिकिकरण गरी प्रशिक्षक संचालन गरिएको थियो । प्रशिक्षणका क्रममा वडाको प्रकोप स्तरीकरण समेत गरिएको थियो। निसीखोला गाउँपालिका वडा नंं २मा  आगालागि,  पहिराे, हावाहुरी, चट्याङ र सडक दुर्घटनाको उच्च जोखिम रहेको पाइयो । वडामा आगोलागि, पहिरो र सडक दुर्घटना, जस्ता मुख्य प्रकोप रहेको यसमा ब्यक्तिगत, परिवारीक, समुदायिक पूर्वतयारी अपनाउन सकेमा विपदका घटना कम हुने कुरा प्रशिक्षक सुनिता पौडेललले सहजीकरणका क्रममा ब्यक्ति गनुभएको थियो साथै विपदका घटनामा राज्यका संयन्त्र संगै समुदायका संघसस्था समेत क्रियाशिल भई सहयोग गर्न अनुरोध साथै खानेपानी तथा सरसफाई परियोजनाका गतिविधि सञ्चालन गर्दा यी विपदलाई समेत मध्यनजर गर्दै कार्यक्रमलाई अगाडि बढाउनुपर्ने परियोजना प्रमुख कल्पना  ज्ञवालीले वताउनु भयाे । 

टोल विकास समितका अध्यक्ष, युवा क्लवका अध्यक्ष तथा प्रतिनिधि, खानेपानी तथा सरसफाई कार्यक्रमका उपभोक्ता समितिका सदस्यहरु सहित ३० जनाकाे सहभागितामा संचालित प्रशिक्षणमा विपदका प्रकार, शब्दावली, नेपाल घटीरहने विपद, विपद चक्रका, आगोलागि तथा भूकम्पको प्रयोगात्मक अभ्यास सहित  छलफल गरिएको थियो । प्रशिक्षण कास्की शाखाका प्रशिक्षक कल्पना ज्ञावली र सुनिता पौडेल सहजिकरण गर्नु भएको थियो । प्रशिक्षणको समापनमा सहभागीहरूले विपदमा प्रतिकार्य गर्न अत्मवल वढेको र विपद सम्वन्धी यस प्रकारको ज्ञानले समुदायमा परिचान गरी परेको वखतमा सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो ।

उक्त प्रशिक्षणमा कास्की शाखाका सदस्य सूर्यप्रसाद तिमल्सिना पालुवा शाखाका कार्यालय प्रमुख कृष्णप्रसाद कोइराला, उपशाखा १८ का पूर्व सभापति सूर्यप्रसाद तिमिल्सिना , कर्मचारी नवराज भण्डारीको समेत उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सुनिता पौडेलले गर्नुभएको थियो।

You can download or view the whole press release from the link below

अर्नाकोटमा सामुदायिक सचेतना ।

Download

Related News

logo

रेडक्रस दिवसको पूर्व सन्दर्भमा कास्कीमा रेडक्रस इन्डक्सन तथा कार्यालय व्यवस्थापन तालिम सम्पन्न

मिति २०८२ वैशाख २० ,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको आयोजनामा विश्व रेडक्रस दिवस( मे ८ ) को पूर्व अवसरमा रेडक्रस इन्डक्सन तथा कार्यालय व्यवस्थापन तालिम सम्पन्न भयो। कार्यक्रममा कास्कीका  ४५ वटा उपशाखाहरूक सभापति तथा सचिव, जिल्ला कार्यसमिति पदाधिकारी तथा सदस्यहरू, कास्की शाखाका कर्मचार...

Read More
logo

रक्तसेवा प्रवाह व्यवस्थापनमा TQM गुणस्तरीयता सम्बन्धी दुई दिने तालिम सम्पन्न

पोखरा २ र ३ नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको आयोजनामा रक्तसेवा प्रवाह व्यवस्थापनमा समग्र गुणस्तर व्यवस्थापन (TQM) तथा गुणस्तरीयता कायम गर्ने विषयमा केन्द्रित दुई दिने कर्मचारी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरिएको छ।तालिम २०८२ जेठ २ र ३ गतेका दिन शाखाको सभाहलस्थित गुप्तेश्वर कक्षमा सम...

Read More