निर्वाचन लक्षित स्वयंसेवक अभिमुखीकरण

man-donating-blood

निर्वाचन लक्षित गर्दै स्वयंसेवक अभिमुखिकरण ।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले २०८२ साल फागुन २१ गते सम्पन्न हुने आम निर्वाचन २०८२ लाई लक्षित गर्दै आकस्मिक प्राथमिक उपचार सेवा प्रदान गर्न स्वयंसेवकहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेकाेछ । निर्वाचनको दिन हुनसक्ने सम्भावित आकस्मिक समस्यालाई मध्येनजर गर्दै, आम मतदातालाई सहयोग पुर्‍याउने हेतुले विगतका वर्षझै यस वर्ष पनि आफ्ना तालिम प्राप्त स्वयंसेवकहरूलाई परिचालन गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको कास्की शाखाका मन्त्री सन्तोष अधिकारीले जानकारी गराउनुभएको थियो। कास्की शाखाले प्रदान गर्दै आएको एम्बुलेन्स सेवा, रगत र रक्ततत्व सेवा लाई मजबुत बनाउनको निम्ति आफ्ना दक्ष स्वयंसेवकहरू मार्फत क्रियाशील बनाउन लागिएको कुरा सभापति उर्मिला खड्काले व्यक्त गर्नुभएको थियो। आम निर्वाचनको समयमा रेडक्रसकर्मीले निष्पक्षता, तटस्थताको सिद्धान्तलाई  पालना गर्दै  आवश्यकताका आधारमा सेवा प्रदान गर्नुपर्ने निवर्तमान सभापति डण्डराज शर्माले जाेड दिनु भएकाे थियाे। 

 कार्यक्रममा आफ्नो कार्यपात्रो प्रस्तुत गर्दै  कास्की शाखाका सूचना अधिकारी नवराज भण्डारीले निर्वाचनमा पालना गर्नुपर्ने आचारसंहिता, सुरक्षित पहुँच, स्वयंसेवकले पालना गर्नुपर्ने नियम र  हुन सक्ने जोखिमका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखा अन्तर्गत गठित ४८ वटा उपशाखाहरू, जुनियर तथा युवा रेडक्रस सर्कल मार्फत  तालिम प्राप्त स्वयंसेवकहरू र  कास्की शाखाका तालिम प्राप्त कर्मचारीहरू परिचालन गरी आवश्यकताका आधारमा सेवा प्रदान गर्ने, पालिका पालिकामा एकजना संयोजकसहित थप चार जनाको आकस्मिक उपचार टोली मार्फत सेवा प्रदान गर्ने , जिल्ला तहमा  जिल्ला शाखामै रहेर मुख्य टास्क फोर्स आवश्यकता आधारमा परिचालित हुने कुरा  सभापति उर्मिला खड्का भण्डारीले जानकारी गराउनुभएको थियो। 

कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी कास्की शाखाका उपसभापति रमा न्यौपाने कोइराला, उप-कोषाध्यक्ष कालिदास सापकोटा, सदस्य कमलप्रसाद पौडेल, सूर्यप्रसाद तिमल्सिना पालुवा, भगवती गुरुङ, पार्वती कार्की, सुभाष अधिकारी, श्रीकान्त पौडेल कार्यालय प्रमुख कृष्णप्रसाद कोइराला लगायतले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय तथा कास्की शाखाले आम निर्वाचनमा तटस्थता कायम गर्न आफ्ना माताहतका निकायहरूमा बारम्बार परिपत्र समेत गरेको छ। रेडक्रसकर्मी लाई तटस्थता रहिदिनको निम्ति कास्की शाखाका मन्त्री अधिकारीले सबैलाई विनम्रताका साथ विशेष अनुरोध समेत गर्नु भएकाे थियाे ।

You can download or view the whole press release from the link below

निर्वाचन लक्षित स्वयंसेवक अभिमुखीकरण

Download

Related News

logo

खोज नष्ट अभियानसँगै अभिमुखीकरण

गौरीशंकर बहुमुखी क्याम्पसमा सचेतना अभियान

 नेपाल  रेडक्रस  सोसाइटी,कास्कीको समन्वयमा नेपाल रेडक्रस सोसाइटी पोखरा २५ उपशाखाको आयोजनामा रेडक्रस अभियान एवं डेङ्गी संक्रमण तथा रोकथाम  सम्बन्धी अभिमुखीकरण कार्यक्रम पोखरा २५ गौरीशंकर बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ।

रे...

Read More
logo

नेपाल रेडक्रस सोसाइटी कास्कीद्वारा विभिन्न गाउँपालिकामा खानेपानी परियोजनाको अनुगमन

नेपाल रेडक्रस सोसाइटी कास्कीद्वारा विभिन्न गाउँपालिकामा खानेपानी परियोजनाको अनुगमन
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको अगुवाइमा तथा द युनिका फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालित खानेपानी परियोजनाहरूको अनु...

Read More