पोखरा १२ मा एकदिवसीय विपद् व्यवस्थापन प्रशिक्षण सम्पन्न

man-donating-blood

पोखरा महानगरपालिका वडा नम्बर १२ को सहयोग तथा नेपालको सोसाइटी पोखरा १२ उपशाखाको आयोजनामा एकदिवसीय विपद व्यवस्थापन प्रशिक्षण आज सम्पन्न भएको छ। विपदपूर्व, विपतको समयमा , विपदपछि गरिने पूर्वतयारी र प्रतिकार्यका विषयमा छलफल गरिएको थियो। विपदमा प्रयोग हुने केही शब्दावली, स्थानीय तहको योजना तर्जुमा प्रक्रिया छनोट चरण र विपद व्यवस्थापन ऐन २०७४ को बारेमा छलफल गरिएको थियो नेपालको सोसाइटी कास्की जिल्लाका प्रशिक्षक नवराज भण्डारी र सुनिता पौडेलले सहजीकरण गर्नुभएको थियो। 

प्रशिक्षणको उद्घाटन सत्र नेपाल रेडक्रस  सोसाइटी पाेखरा १२का सभापति इन्दिरा पन्तको सभापतित्वमा सञ्चालित कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाको प्रमुख अतिथितामा कार्यक्रम सञ्चालन गरिएको थियो । वडा कार्यालय र रेडक्रस विपदका हिसाबले सँगै हातेमालो गर्दै, विपतमा हुन सक्ने सम्भावित घटनाहरूलाई सँगसँगै अगाडि बढ्दै जानुपर्ने वडा अध्यक्ष ज्यूले व्यक्त गर्नुभएको थियाे । अध्यक्ष बास्तोलाले जिल्लाभरिका उपशाखाहरूलाई एकै ठाउँमा भेला गरी आफ्नो वडामा गतिविधिमा सञ्चालन गर्न पाउँदा खुसी समेत व्यक्त गर्नु भयाे। रेडक्रसका गतिविधिमा विपद पूर्वतयारी, प्रतिकार्यमा आफ्ना स्वयंसेवक परिचालन गर्ने खालका कार्यक्रम यस वर्षको गतिविधिमा भएको र आगामी वर्ष समेत प्रस्तावित कार्यक्रममा समावेश गरी विपदमा उद्धार तथा राहतलाई महत्वपूर्ण दिएको कुरा कोषाध्यक्ष सन्तोष अधिकारीले बताउनुभयो । विपदका गतिविधि जोखिममा रहेका संकटासम्नता समुदायमा प्रत्यक्ष सहभागी भई सञ्चालन गर्नुपर्ने कास्की शाखा  उपसभापति उर्मिला खड्का भण्डारीले बताउनु भएको थियो। हरेक कार्यक्रममा उपशाखाको सहभागिता विपतका घटना घटेको ठाउँमा तत्काल उपशाखाका पदाधिकारी तथा सदस्यज्यू घटनास्थलमै पुगेर उद्धारमा लागेकोमा धन्यवाद ज्ञापन शाखाका कावा मन्त्री रमा कोइरालाले आफ्नो मन्तव्यमा व्यक्त गर्नुभएको थियाे ।

कास्की जिल्लाभित्रका ४२ वटा उपशाखाका ९२ जना व्यक्तिहरू सहभागितामा सम्पन्न भएको कार्यक्रम अत्यन्तै फलदायी भएको र आगामी दिनमा समेत यस्ता गतिविधिहरु गर्दिन पोखरा १ उपशाखाका सभापति जीवन अधिकारीले समापन मन्तव्यमा आफ्ना भनाइ राख्नुभएको थियो। समापन कार्यक्रममा सेवा समाजबाट तीन थान स्टेचर ग्रामीण भूभागका उपशाखालाई हस्तान्तरण गर्नुभएको थियो। समापन मन्तव्यमा उपशाखा १२का  सभापति इन्दिरा पन्तले सबैलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरिएको थियो।

You can download or view the whole press release from the link below

पोखरा १२ मा एकदिवसीय विपद् व्यवस्थापन प्रशिक्षण सम्पन्न

Download

Related News

logo

पोखरा वडा नं. २ द्वारा प्रादेशिक रक्त सञ्चार सेवालाई सिबिसी एनालाइजर किट प्रदान

पोखरा महानगरपालिका-२ नम्बर वडा कार्यालयले नेपाल रेडक्रस सोसाइटी कास्की अन्तर्गतको प्रादेशिक रक्त सञ्चार सेवालाई सिबिसी एनालाइजर किट प्रदान गरेको छ। यो सहयोगले रक्त सञ्चार सेवाले रगतको गुणस्तर छुट्याएर सेवा दिन सक्ने भएको छ।वडा अध्यक्ष दिवसमान प्रधानांगले रेडक्रसजस्तो सामुदायिक संस्थाको सेवामा सबै ना...

Read More
logo

रेडक्रस दिवसको पूर्व सन्दर्भमा कास्कीमा रेडक्रस इन्डक्सन तथा कार्यालय व्यवस्थापन तालिम सम्पन्न

मिति २०८२ वैशाख २० ,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको आयोजनामा विश्व रेडक्रस दिवस( मे ८ ) को पूर्व अवसरमा रेडक्रस इन्डक्सन तथा कार्यालय व्यवस्थापन तालिम सम्पन्न भयो। कार्यक्रममा कास्कीका  ४५ वटा उपशाखाहरूक सभापति तथा सचिव, जिल्ला कार्यसमिति पदाधिकारी तथा सदस्यहरू, कास्की शाखाका कर्मचार...

Read More