सडकमै प्राथमिक उपचार सेवा

man-donating-blood

नेपाल रेडक्रस सोसाइटी कास्कीले समुदायमा हुनसक्ने दुर्घटनालाई मध्येनजर गर्दै आफ्ना प्राथमिक उपचार तालिम प्राप्त दक्ष स्वयंसेवकहरू परिचालन गरी तत्काल प्राथमिक उपचार सेवा प्रदान गर्दै आएको छ। सम्भावित दुर्घटनास्थलमा आफ्ना स्वयंसेवकहरू नियमित रूपमा परिचालन गर्दै आइरहेको पनि छ जस्तै सडक दुर्घटना, विपतजन्य दुर्घटना, मेला तथा महोत्सव, विभिन्न समयका आन्दोलनहरू भएका घाइतेहरूलाई तत्काल घटनास्थलमै प्राथमिक उपचार गरी आफ्नो एम्बुलेन्स मार्फत अस्पतालसम्म पुर्याएर मानवीय सेवाका गतिविधिहरु सञ्चालन गरिरहेको छ।

विगत २७ वर्षदेखि नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले पोखरामा नयाँ वर्षको अवसरमा सञ्चालित पाेखरा सडक महोत्सवको अवसरमा आफ्नो स्टल सञ्चालन गरी स्वयंसेवक परिचालन, एम्बुलेन्स सेवा प्रत्येक वर्ष गर्दै आएको छ। विशेषगरी यो मेला रातको समयमा लाग्ने र अत्याधिक भिडभाड हुने हुँदा सामान्यदेखि ठूला खालका समेत दुर्घटनालाई मध्येनजर गर्दै आफ्नो स्वयंसेवकहरू परिचालन गरिएका कुरा नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति उर्मिला खड्का भण्डारीले बताउनुभयो । उक्त स्टल मार्फत ५४७ जनालाई मार्क्स वितरण, ८ जना सामान्य हात काटेका, ३ जना मर्काई, १२ जना क्षाेभ र केहीलाई पानी वितरण लगायतका सेवा प्रदान गरेको छ । उक्त मेलामा यस वर्ष नेपाल रेडक्रस सोसाइटी पोखरा ६ उपशाखाका स्वयंसेवकहरू  सभापति तुलसी दाहाल सहितकाे समुह उपसभापति , सचिव, लगायत कार्यसमितिका सदस्यहरूको समेत सहयोग रह्यो। नेपाल रेडकस सोसाइटी कास्कीका सदस्य सूर्यप्रसाद तिमल्सिना पालुवा, प्रशिक्षक नवराज भण्डारी समेत प्राथमिक उपचारमा परिचालित हुनुभएको थियो।

उक्त मेलामा नेपाल रेडक्रस सोसाइटी कास्की सभापति उर्मिला खड्का, उपसभापति रमा न्यौपाने कोइराला, मन्त्री सन्तोष अधिकारी, कोषाध्यक्ष मोहन सिंह खड्का, सदस्य खगेन्द्रराज पराजुली कार्यालय प्रमुख कृष्णप्रसाद कोइराला, लगायतले अनुगमन गर्नुभएको थियो। नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका अधिकृत राजु रावत समेत मेलामा आई हौसला प्रदान गर्नुभएको थियो। विभिन्न जिल्लाका जिल्ला सदस्यहरू, प्रदेश रेडक्रसका पदाधिकारी तथा सदस्यहरू समेत मेलामा उपस्थित हुनुभएको थियो। जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख, रेवान पोखराका अध्यक्ष तथा पदाधिकारीहरू, पोखराका विभिन्न वडाका वडा अध्यक्ष तथा वडा सदस्यज्यूहरले स्टलमा उपस्थित भई धन्यवाद व्यक्त गर्नुभएको थियो।

You can download or view the whole press release from the link below

सडकमै प्राथमिक उपचार सेवा

Download

Related News

logo

रेडक्रसको जिल्ला स्तरीय जुनियर सर्कलको गोष्ठी


पोखरा, १६ जेठ

नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाले शनिबार ४३ औं जिल्ला स्तरीय जुनियर एवं युवा सर्कल तथा ३२ शिक्षक नायक गोष्ठी गरेको छ । नेपाल जुनियर रेडक्रस सर्कल शीतलादेवी सामुदायिक मावि पोखरा १२को व्यवस्थापनमा भएको दुई दिने गोष्ठीमा १०० जुनियर तथा युवा रेडक्रस सर्कलका प्र...

Read More
logo

विद्यालय स्तरीय प्राथमिक उपचार तालिम सम्पन्न

एक घर एक प्राथमिक उपचार भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी ,कास्की जुनियर तथा युवा समितिको आयोजनामा तथा जुनियर रेडक्रस सर्कल ओएसिस सेकेन्डरी स्कुल  पोखरा २६ को व्यवस्थापनमा पोखरा महानगरपालिका भित्रका विद्यालयहरूलाई लक्षित गरी मिति २०८२ साल चैत्र २३ र २४ गते विद्यालय स्तरीय प्राथमिक उ...

Read More