नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाको आयोजनामा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखा आयोजनामा भएको निबन्ध लेखन प्रतियोगितामा ज्ञानसागर एकेडेमीकी नीकिता भण्डारी प्रथम भएकी छन् । विद्यालय स्तरीय (कक्षा ९–१२) उक्त प्रतियोगितामा गौरीशंकर क्याम्पसका सिर्जन छन्त्याल द्दितीय , हेमजा आवासीयकी आयुष्मा परियार तृतीय भए । स्नो भ्यू बोर्डिङकी अनुपा पौडेल र गौरीशंकर माविकी शर्मिला सुनार सान्त्वना भईन । विष्णु पादुका माविबाट निशा तामाङ, धवलागिरी बोर्डिङबाट अनुजा पौडेल तथा अम्बिका माविकी असिमा सुनार विद्यालय प्रथम भएको उपशाखा कोषाध्यक्ष श्यामबहादुर कुँवरले जानकारी दिए । उनीहरुले क्रमशः ३ हजार, २ हजार, १ हजार तथा पाँच सय नगद पुरस्कार प्राप्त गरे । त्यस्तै, विद्यालय प्रथमलाई पनि जनही ५ सय रुपैयाँ पुरस्कार दिइयो । उपशाखाले रेडक्रसमा युवाको भूमिका, सामाजिक सञ्जाल प्रयोगका फाइदा तथा वेफाइदा एवम् युवा पलाइनबाट राष्ट्रलाई परेको असर विषयक प्रतियोगिता गरको हो । प्रतियोगितामा हेमजाका ८ विद्यालयका ८० विधार्थीले भाग लिएका थिए । यसैबीच, हेमजा उपशाखाले शनिबार रेडक्रस अभिमुखीकरण एवम् नेतृत्व विकास प्रशिक्षण पनि दिएको छ । रेडक्रसबारे अभिमुखीकरण गर्दै सहजकर्ता नवराज भण्डारीले रेडक्रस स्वयंसेवी संस्था भएको उल्लेख गर्दै रेडक्रस भावना आम जनमानसमा पु¥याउनुपर्ने औल्याए । साइवर अपराधबारे प्रहरी सहायक निरीक्षक रवि आचार्य तथा नेतृत्व विकासबार समाजसेवी भीमप्रसाद श्रेष्ठले प्रशिक्षण दिए । कार्यक्रममा रेडक्रस कास्की सभापति डण्डराज शर्मा, जिल्ला सदस्य खगेन्द्रराज पराजुली, तमबहादुर रोका , निलकण्ठ आचार्य, माधवराज बास्तोला, छन्दमणि त्रिपाठी लगायतले पनि धारणा राखे । उपशाखा सभापति नेत्रपाणि भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपसभापति टेकमाया आचार्यले स्वागत, मीनबहादुर पराजुली थापाले सात सिद्धान्त वाचन एवं सचिव रमा त्रिपाठीले संचालन गर्नु भएको थियो । उक्त कार्यक्रम वडा कार्यालयको सहयोगमा भएको थियो ।
नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाको आयोजनामा निबन्ध लेखन प्रतियोगिता सम्पन्न
Download