प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र पोखरामा स्वास्थ्य मन्त्रीको अनुगमन

man-donating-blood


पोखरा, कास्की – नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजनामा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र पोखराको अनुगमन कार्यक्रम सम्पन्न भएको छ। गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठक को नेतृत्वमा सम्पन्न अनुगमन कार्यक्रममा रक्त सञ्चार केन्द्रका गतिविधि, सेवा, चुनौती तथा आगामी योजनाबारे जानकारी गराइएको थियो।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति डण्डराज शर्मा को अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखाका कोषाध्यक्ष सन्तोष अधिकारी ले स्वागत मन्तव्य दिनुभएको थियो। कार्यक्रममा रक्त सञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली ले केन्द्रका सेवा, चुनौती र आगामी योजना बारे जानकारी गराउँदै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन आवश्यक पहलबारे चर्चा गर्नुभयो।

कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीकी कार्यवाहक मन्त्री रमा कोइराला न्यौपाने ले गर्नुभएको थियो। सभापति शर्माले धन्यवाद ज्ञापन गर्दै रक्त सञ्चार केन्द्रको प्रभावकारी सेवा प्रवाहका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।

यसैक्रममा, गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठक ले पोखरामा ए-लेबलको एम्बुलेन्स चाँडै सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। मन्त्रालयको आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री पाठकले स्वास्थ्य सेवामा सुधारका लागि निरन्तर प्रयास जारी राख्ने उल्लेख गर्नुभयो।

You can download or view the whole press release from the link below

प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र पोखरामा स्वास्थ्य मन्त्रीको अनुगमन

Download

Related News

logo

पोखरा २२ मा रेडक्रस अभियान अन्र्तगत प्रशिक्षण

नेपाल रेडक्रस सोसाइटी पोखरा २२ उपशाखाको आयोजनामा  मिति २०८२ वैशाख १३ गते शनिवारका दिन रेडक्रस अभिमुखिकरण तथा विपद ब्यवस्थापन प्रशिक्षण सम्पन्न भएको छ । कार्यक्रम पोखरा २२ का सभापति घनश्याम देवकोेटाको सभापतित्वमा संचालित कार्यक्रम नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सदस्य श्रीकान्त पौडेलको प्रमु...

Read More
logo

रेडक्रसको पालिका शाखाका पदाधिकारी तथा सदस्यको पदस्थापना

पोखरा, २५ चैत नेपाल रेडक्रस सोसाइटीले कास्कीमा पालिका स्तरको संरचना निर्माण गरेको छ । रेडक्रसको विधान २०२० (संशोधित २०८२) अनुसार सबै पालिका शाखामा तदर्थ समिति गठन भएको हो । रेडक्रस कास्कीले बुधबार आयोजना गरेको कार्यक्रममा पालिका तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरुको पदस्थापना गरिएको छ ।&n...

Read More