सचेतना अभियान लेकसाइडमा

man-donating-blood

लेकसाइडमा सचेतना अभियान

 ब्रिटिश रेडक्रस र नेपाल  रेडक्रस  सोसाइटीकाे समन्वयमा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाद्वारा सञ्चालित डेङ्गी संक्रमण तथा रोकथाम कार्यक्रम अन्तर्गत पोखरा ६ मा रहेको नेसनल इन्भेन्टीभ मा.वि पोखरा ६ लेकसाइडमा रेडक्रस अभियान एवं डेङ्गी संक्रमण तथा रोकथाम  सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

रेडक्रस कास्कीले बर्षाको समय देखि डेङ्गी रोग संक्रमणबाट बचाउनको निम्ति सामुदायिक गतिविधिहरू सञ्चालन गरिरहेको छ । कास्की जिल्लाभित्रका विद्यालयहरूमा अभिमुखीकरण संकटासन समुदायका टोलटोलमा खोज र नष्ट गर अभियान मार्फत समुदायमा सचेतना दिलाउनु र डेङ्गी संक्रमण रोक्नु नै यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। 

सहरी तथा ग्रामीण भूभागका समुदायकै व्यक्तिहरू तथा विद्यालयका विद्यार्थीहरूको सहभागितामा डेङ्गीका फुल, लार्भा नष्ट गर्ने अभियान  तीव्रताका साथ अगाडि बढाइएको छ। चिसोमा समेत अनुकूल तापक्रम भएका कारण पानी जम्ने ठाउँ लेकसाइड र आसपाक्षेत्रमाका धेरै ठाउँ भएका कारण पोखरा ६ लेकसाइड समेत डिङ्गी सम्बन्धी  संक्रमित व्यक्तिहरू अहिले पनि देखिएको र लामखुट्टेहरू समेत दिउँसोको समयमा सक्रिय हुने भएको कारण समेत सङ्क्रमण देखिएको पाइएको छ। पोखरा ६ अवस्थित फेवाताल रहेको फेवातालमा लामखुट्टेले फूलपार्न नसक्ने भएपनि त्यसका आसपासमा रहेका ढुङ्गाहरू तथा पानीका बोतलहरूमा डेङ्गीले फूल पार्न सक्ने र बासस्थान निर्माण गर्न समेत अनुकूल वातावरण बन्न सक्ने भएकाले अझै सतर्कता अपनाउनुपर्ने स्थानको रुपमा पाइन्छ।

समुदायमा खाल्टाखुल्टीमा पानी जम्मा हुनु अव्यवस्थित फोहोर तथा प्लास्टिक र सिसाजन्य बोतल एवम् विर्कोहरूमा पानी जम्मा भई लामखुट्टेहरूले बासस्थान वृद्धि गर्न सहयोग पुग्ने खालका गतिविधि भएका साथै जलवायु परिवर्तनका कारण तापमानमा वृद्धि भएको जसले एडिजातका लामखुट्टेहरूको जीवन चक्र प्रतिकूल वातावरण भएको कारण सङ्ख्या वृद्धि भएको छ।  अभिमुखीकरण कार्यक्रममा नेपाल रेडक्रस  सोसाइटी कास्की शाखाका प्रशिक्षक नवराज भण्डारीले डेङ्गु रोगका लक्षण यसबाट बच्ने उपाय र अवलम्बन गर्नुपर्ने विधिका बारेमा सहजीकरण गर्नुभएको थियो कार्यक्रममा ८० जना विद्यार्थी, शिक्षकहरूको सहभागिता रहेको थियो । विद्यालयमा यस्तो खालको जनचेतनामूलक गतिविधि सञ्चालन गर्नुभएकोमा विद्यालयका प्राध्यापक उमा लामिछानेले नेपाल रेडक्रस सोसाइटी कास्की  परिवारलाई  धन्यवाद दिँदै आफ्नो विद्यालय तथा समुदायमा यहाँ प्राप्त गरेको ज्ञान प्रयोग गरी डेङ्गु संक्रमणबाट बच्नको निम्ति विद्यार्थीहरूलाई अनुरोध समेत गर्नुभएको थियो। विद्यालय कार्यक्रम सम्पन्न पछि विद्यालय तथा वरिपरि समुदायमा खोज र नष्ट गर अभियान समेत सञ्चालन गरिएको थियो। जसबाट केही स्थानहरूमा लार्भा समेत फेला परेकोलाई नष्ट समेत गरिएको थियो।

You can download or view the whole press release from the link below

सचेतना अभियान लेकसाइडमा

Download

Related News

logo

"जुनियर युवा अभिमुखिकरण कार्यक्रम पोखरा–३३ मा भव्य रूपमा सम्पन्न"

युबा रेडक्रस सर्कल र पोखरा–३३ उपशाखाको आयोजनामा "जुनियर युवा अभिमुखिकरण" कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि नेरेशो कास्की सदस्एबम् जुनियर युबा समिति संयोजक रमेशराज भण्डारीले युवाहरूको नेतृत्व विकास र सामाजिक उत्तरदायित्वबारे मार्गदर्शन गरेका थिए। कार्यक्रममा युवाहरूलाई सशक...

Read More
logo

समाचार शीर्षक: पोखरा १५ उपशाखा मा रेडक्रस अभिमुखीकरण कार्यक्रम सम्पन्न:

नेपाल रेडक्रस सोसाइटी पोखरा १५ उपशाखाको आयोजनामा एक दिवसीय रेडक्रस अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम उपशाखा सभापति शिवबहादुर भण्डारीको अध्यक्षतामा र पोखरा महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष तोरणबहादुर बानियाको प्रमुख आतिथ्यतामा सञ्चालन भयो ।कार्यक्रमको स्वागत मन्तव्य उपसचिव शर्मिला...

Read More