निर्वाचनमा स्वयंसेवक परिचालन

man-donating-blood

आम निर्वाचन २०८२ मा स्वयंसेवक परिचालन 

नेपाल रेडक्रस  सोसाइटी कास्की शाखाले आफ्ना मतहातका उपशाखा, युवा र जुनियर सर्कलका प्राथमिक उपचार तालिम प्राप्त दक्ष स्वयंसेवकहरू परिचालित गरी प्रतिनिधि सभा निर्वाचन २०८२ मा  सेवा प्रदान गर्नुभएको छ । मतदानस्थल सम्म आउँदा भएका ६९ जना सामान्य प्रकारका घटनाहरूलाई तत्काल प्राथमिक उपचार गरिएको थियो। कुकुरले टोकेका दुईजना बिरामी लाई तत्काल प्राथमिक उपचार गरी कास्की शाखाको एम्बुलेन्स मार्फत अस्पतालसम्म पुर्याइएको थियो। कास्की शाखाको एम्बुलेन्सले १२ जनालाई विरामि समेत अस्पतालमा पुर्‍याउने काम समेत गरेकाे थियो। 

मतदान स्थलमा मतदातालाई पानी वितरण, जीवनजल पानी वितरण, रक्तचाप जाँच , अपाङ्गता, जेष्ठ नागरिक, गर्भवती तथा सुत्केरी भएका व्यक्तिहरूलाई सहयाेग लगायतको सेवा समेत प्रदान गरिएको थियो। 

कास्की जिल्लामा २६ वटा उपशाखाले ६८ वटा मतदान केन्द्रमा आकस्मिक पोष्ट सञ्चालन गरी करिब २२०० जनालाई सेवा प्रदान गरेका थिए। उक्त मतदान केन्द्रमा ८० भन्दा बढी स्वयंसेवक परिचालन गरिएको थियो। 

मतदानका क्रममा हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला शाखामा र पालिका स्तरीय छुट्टै तालिम प्राप्त स्वयंसेवक टिम परिचालन समेत गरिएको नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति उर्मिला खड्का भण्डारीले जानकारी गराउनुभएको थियो। 

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय आम निर्वाचनलाई लक्षित गरी नेपालभरि आकस्मिक प्राथमिक उपचार पोस्ट सञ्चालन गरी सेवा प्रदान गरेको छ।

You can download or view the whole press release from the link below

निर्वाचनमा स्वयंसेवक परिचालन

Download

Related News

logo

"गोरखा भूकम्पको सम्झनामा पोखरामा भूकम्प सिकाइ प्रदर्शनी, रेडक्रस कास्कीको सक्रिय सहभागिता"

वैशाख १२ गते गोरख भूकम्पको सम्झनामा  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान को आयोजनामा पृथ्वी नारायण क्याम्पस पोखरामा संचालित भूकम्प सिकाइ प्रदर्शनीमा नेपालको रेडक्रस सोसाइटी कास्की शाखाले स्टल व्यवस्थापन गरी सूचना तथा सञ्चार सम्बन्धी जानकारीसँगै सिकाई आदानप्रदान गरिएको छ। साथै प्राथमिक&...

Read More
logo

पोखरा १५ मा विपद ब्यवस्थापन सम्वन्धी प्रशिक्षण सम्पन्न

नेपाल रेडक्रस सोसाइटी पोखरा १५ उपशाखाको आयोजनामा मिति २०८२ असार १० गते विपद ब्यवस्थापन सम्वन्धी प्रशिक्षण सम्पन्न भएको छ । शिद्ध पब्लिक क्याम्पसको सभाहलमा संचालित प्रशिक्षण नेरेसो पोखरा १५ उपशाखाका सभापति शिववहादुर भण्डारीको सभापत्वि तथा पोखरा महानगरपालिका वडा नंं १५ का वडा अध्यक्ष तोरण वाँनियाको प्...

Read More