काठमाडौं । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको आयोजनामा ४ अक्टोबर २०२६ मा “Rasuwa–Bhotekoshi Flood Response Operation: Learning and Planning Workshop” सम्पन्न भएको छ।
कार्यशालामा बाढी प्रतिकार्यका क्रममा सञ्चालन गरिएका उद्धार, राहत तथा मानवीय सहायता गतिविधिको समीक्षा गर्दै प्राप्त अनुभव, चुनौती र सिकाइबारे छलफल गरिएको थियो। साथै, आगामी दिनमा विपद् पूर्वतयारी, प्रतिकार्य, समन्वय तथा समुदायकेन्द्रित सेवाप्रवाहलाई प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो।
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महामन्त्री ऋषिरमण खनालले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा विभिन्न जिल्लाका शाखा पदाधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। कास्की शाखाबाट सभापति उर्मिला खड्का भण्डारी र मन्त्री सन्तोष अधिकारी सहभागी हुनुभएको थियो।
कार्यशालामा कास्की शाखाका मन्त्री सन्तोष अधिकारीले रसुवा–भोटेकोशी बाढी प्रतिकार्यमा शाखाले निर्वाह गरेको समन्वयात्मक भूमिका, राहत संकलन तथा परिचालनका अनुभव, चुनौती र सिकाइबारे प्रस्तुतीकरण गर्नुभएको थियो।
कार्यशालाले विपद् पूर्वतयारी, राहत सामग्रीको पूर्वभण्डारण, स्वयंसेवक तथा ERT को क्षमता अभिवृद्धि, सरोकारवाला निकायसँग समन्वय र प्रभावित समुदायको आवश्यकतामा आधारित मानवीय सहायता परिचालनलाई आगामी प्राथमिकताका रूपमा अघि सारेको छ। साथै, आगामी तीन महिनाका लागि तत्कालीन कार्ययोजना तथा प्राथमिकतासमेत तय गरेको छ।