रक्तसेवा प्रवाह व्यवस्थापनमा TQM गुणस्तरीयता सम्बन्धी दुई दिने तालिम सम्पन्न

man-donating-blood

पोखरा २ र ३ 

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको आयोजनामा रक्तसेवा प्रवाह व्यवस्थापनमा समग्र गुणस्तर व्यवस्थापन (TQM) तथा गुणस्तरीयता कायम गर्ने विषयमा केन्द्रित दुई दिने कर्मचारी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरिएको छ।

तालिम २०८२ जेठ २ र ३ गतेका दिन शाखाको सभाहलस्थित गुप्तेश्वर कक्षमा सम्पन्न भएको हो।

समापन कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपकोषाध्यक्ष श्री डोलराज पाण्डेले तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुहुँदै, सिकाइएका ज्ञान र सीपलाई व्यवहारमा उतारी मानव जीवन रक्षामा योगदान दिन आग्रह गर्नुभयो।

तालिममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा निर्देशनालयका निर्देशक श्री पवन कुमार गुप्ता तथा मेडिकल टेक्नोलोजिस्ट श्री बसन्त प्रसाद अर्यालले सहजीकरण गर्नुभएको थियो।

प्रादेशिक रक्तसञ्चार केन्द्रमा कार्यरत १५ जना कर्मचारीहरू सहभागी उक्त तालिममा, प्रशिक्षार्थीहरू मध्ये मेडिकल टेक्नोलोजिस्ट कुशल अधिकारी र सुनिता लम्सालले तालिमले गुणस्तरीय सेवा प्रवाहमा उल्लेखनीय टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा शुभकामना मन्तव्य प्रादेशिक रक्तसञ्चार सेवा गण्डकीका प्रमुख श्री अर्जुन ज्ञावली, रक्तसञ्चार सेवा केन्द्र रामघाट युनिटका इञ्चार्ज श्री महेन्द्र केसी तथा कार्यालय प्रमुख श्री कृष्ण प्रसाद कोईरालाले व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको सभापतित्व नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सदस्य तथा स्वास्थ्य समिति सहसंयोजक श्री खगेन्द्रराज पराजुलीले गर्नुभएको थियो भने सञ्चालन श्री डिल्लीराम बरालले गर्नुभएको थियो।

You can download or view the whole press release from the link below

रक्तसेवा प्रवाह व्यवस्थापनमा TQM गुणस्तरीयता सम्बन्धी दुई दिने तालिम सम्पन्न

Download

Related News

logo

"मनसुन पूर्व तयारीका लागि कास्कीमा सरोकारवाला समन्वय बैठक सम्पन्न"

नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन समिति कास्कीको आयोजनामा आज कास्की जिल्लाभित्र विपद्सँग सम्बन्धित सरोकारवाला निकायहरूबीच समन्वय बैठक सम्पन्न भएको छ।भित्रिँदै गरेको मनसुनलाई मध्यनजर गर्दै सम्भावित बाढी, पहिरोजस्ता प्रकोपहरूको सामना कसरी गर्ने भन्ने विषयमा पूर्वतयारी र प्रतिकार्यका उपायहरूबारे छ...

Read More
logo

सडकमै प्राथमिक उपचार सेवा

नेपाल रेडक्रस सोसाइटी कास्कीले समुदायमा हुनसक्ने दुर्घटनालाई मध्येनजर गर्दै आफ्ना प्राथमिक उपचार तालिम प्राप्त दक्ष स्वयंसेवकहरू परिचालन गरी तत्काल प्राथमिक उपचार सेवा प्रदान गर्दै आएको छ। सम्भावित दुर्घटनास्थलमा आफ्ना स्वयंसेवकहरू नियमित रूपमा परिचालन गर्दै आइरहेको पनि छ जस्तै सडक दुर्घटना, विपतजन्...

Read More