नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको कार्यालय प्रमुखमा कृष्ण कोइराला नियुक्त

man-donating-blood


पोखरा, २०८१ फागुन ८ – नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको कार्यालय प्रमुखका रूपमा आदरणीय कृष्ण कोइराला सर नियुक्त हुनुभएको छ। यस अवसरमा, आज एक विशेष कार्यक्रमका बीच उहाँको पदस्थापन सम्पन्न भएको छ।
नव नियुक्त कार्यालय प्रमुख कोइरालालाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। रेडक्रसका का वा मन्त्री रमा न्यौपाने  कोइराला ज्यु  , उपसभापति उर्मिला खड्काज्यु  , कोषाध्यक्ष सन्तोष  अधिकारी ज्यु  तथा सदस्य सुवास अधिकारी  ज्यु , शाखा कर्मचारी , स्वयंसेवक, तथा शुभेच्छुकहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा, उहाँले सामाजिक सेवामा आफ्नो अनुभव र योगदानलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाउनुभयो।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले स्वास्थ्य सेवा, दैवीप्रकोप व्यवस्थापन, रक्तदान अभियान, तथा सामाजिक सेवाका विविध क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। यस संस्थाको नेतृत्वदायी भूमिकामा कोइरालाको नियुक्तिले संस्थाको गतिविधिलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ।

You can download or view the whole press release from the link below

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको कार्यालय प्रमुखमा कृष्ण कोइराला नियुक्त

Download

Related News

logo

विभिन्न प्रतियोगिताको नतिजा प्रकाशन

पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाअन्तर्गत जुनियर तथा युवा समितिको आयोजनामा सम्पन्न विभिन्न जिल्ला स्तरीय प्रतियोगिताको अन्तिम अाज नतिजा सार्वजनिक गरिएको छ।जिल्ला स्तरीय प्रतिस्पर्धात्मक कार्यक्रमअन्तर्गत निबन्ध लेखन, अल्वम तथा चित्रकला प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएका िथए । प्रतिय...

Read More
logo

तीन महिना सचेतना अभियान

डेङ्गु सचेतना सम्बन्धी तीन महिना अभियान सम्पन्न ।ब्रिटिस रेडक्रस तथा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वयमा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाद्वारा तिन महिना डेङ्गी रोग सचेतना अभियान सघन रुपमा कास्की जिल्लाभरि सञ्चालन गरियो। यस कार्यक्रम अवधिमा  २८  सामुदायिक विद्यालय १ संस्थागत विद्याल...

Read More