नेपाल रेडक्रस सोसाइटी सोसाइटी ६१ औ रक्तसंचार स्थापना दिवसको अवसरमा नेरेसो कास्की शाखले एक समारोह वर्षभरी रक्तसंकलन अभियानमा जोडिएका उत्कृष्ठ रक्तदाता तथा संघसस्थाहरुलाई सम्मान  गरेको छ । प्रत्येक वर्ष श्रावण १२ गतेलाई स्थापना दिवसका रुपमा मनाउँने गरिन्छ । उक्त कार्यक्रममा कास्कीका सभापति उर्मिला खड्का भण्डारीको सभापतित्व तथा गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री लालवहादुर पाण्डेको प्रमुख अतिथ्यतामा संचालित कार्यक्रममा कास्की शाखामा रक्तसंचार केन्द्रवाट वितरण हुने रगत गण्डकी प्रदेश सरकारको सहयोगमा गण्डकी प्रदेशमा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था सञ्चालनमा रहेको छ। नेपालका सात प्रदेशमध्ये गण्डकी प्रदेशमै यस्तो व्यवस्था लागू भई सेवा प्रदान गरिएको छ ।  

कार्यक्रममा सभापति भण्डारीले गण्डकी प्रदेश सरकारले रक्तसेवामा पु¥याएको सहयोगको खुलेर प्रशंसा गर्दै अब प्रदेश सरकारको योगदानबारे आम नागरिकलाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरिन्। रक्तदान अभियानलाई थप प्रभावकारी बनाउन नियमित रक्तदाता र स्वयंसेवकको योगदानको उच्च सम्मान आवश्यक रहेको उनको भनाइ थियो।


कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका पूर्व सभापति डोलराज पाण्डे, निर्वतमान सभापति डण्डराज शर्मा,पूर्व उपसभापति धर्मराज अधिकारी, पोखरा महानगरपालिका वडा नं. १७ कि वडाध्यक्ष राधिका शाही योगी, राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा महानगर कमिटी सभापति योगेन्द्र बहादुर केसी, नेपाली काग्रेसका नेता सोभियत बहादुर अधिकारी, बह्रमकुमारी इश्वरीय विश्वविद्यालय नयाँबजारकी शोभा दिदी लगायतले  नेपाल रेडक्रस सोसाइटी कास्की तथा रक्तसञ्चार स्थापना दिवसको बारेमा बोलेका थिए ।

प्रमुख अतिथि गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डेले प्रदेश सरकारले बिरामीका लागि निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरे पनि त्यसबारे आम नागरिकमा पर्याप्त जानकारी नपुगेको बताएका छन्। नेपाल रेडक्रस सोसाइटी कास्कीले ६१औँ रक्तसञ्चार स्थापना दिवसका अवसरमा मंगलबार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले प्रदेश सरकारले गरेका महत्वपूर्ण स्वास्थ्य कार्यक्रमको प्रभावकारी प्रचार–प्रसार हुन नसकेको गुनासो गरे। उनले प्रदेश सरकारले ल्याएको निःशुल्क रगत वितरण कार्यक्रमको पहिचान स्थापित गर्न रगत उपलब्ध गराउने प्याकेटमै ‘गण्डकी प्रदेश सरकारको सहयोग’ उल्लेख गर्नुपर्ने बताए ।

नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति रमा न्यौपाने कोइरालाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन मन्त्री सन्तोष अधिकारीले गरेका थिए । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको सभाहलमा आयोजित कार्यक्रममा नियमित रक्तदाता, स्वयंसेवक तथा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो।