रेडक्रसको जिल्ला स्तरीय जुनियर सर्कलको गोष्ठी

man-donating-blood


पोखरा, १६ जेठ

नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाले शनिबार ४३ औं जिल्ला स्तरीय जुनियर एवं युवा सर्कल तथा ३२ शिक्षक नायक गोष्ठी गरेको छ । नेपाल जुनियर रेडक्रस सर्कल शीतलादेवी सामुदायिक मावि पोखरा १२को व्यवस्थापनमा भएको दुई दिने गोष्ठीमा १०० जुनियर तथा युवा रेडक्रस सर्कलका प्रतिनिधि तथा शिक्षक नायकको सहभागिता रहेको छ । 

गोष्ठीमा २०८२को वर्ष भरीको अवधिमा उत्कृष्ट कार्य गरेवापत छोरेपाटन माविका शिक्षक नायक युवराज सुवेदीलाई दोशल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको छ । कास्कीका ११४ जुनियर रेडक्रस सर्कल मध्ये शिवशक्ति मावि पोखरा ११ प्रथम भएको छ । जुनियर रेडक्रस सर्कल जनप्रिय मावि द्वितीय, बाराही मावि पोखरा ५ तृतीय र राष्ट्रिय मावि बगरले सान्त्वना पुरस्कार जितेको छ । नेपाल युवा रेडक्रस सर्कल मध्ये पोखरा ११ काहँु प्रथम र पोखरा २६ उपशाखा द्वितीय भएको रेडक्रस कास्कीका मन्त्री सन्तोष अधिकारीले जानकारी दिनुभयो । 

गोष्ठीमा विपद् व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, शिक्षक नायकको भूमिका, साइबर अपराध, एआई तथा शिक्षा, रक्तदाता उत्प्रेरणा, विद्यालय स्वास्थ्य, प्राथमिक उपचार, मनोविमर्श सेवा लगायतका विषयमा सहजीकरण गर्ने कार्यक्रम रहेको रेडक्रस कास्कीका उपमन्त्री तथा जुनियर तथा युवा समितिका संयोजक डिल्लीराम बरालले बताउनुभयो । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले वर्तमान अवस्थामा सामाजिक सेवा भावको विकास गर्न आवश्यक रहेको बताउनुभयो । ‘समाजमा धेरै समस्या बढेको छ,’ उहाँले भन्नुभयो, ‘बढ्दो सामाजिक सञ्जालको प्रयोगले एउटै परिवारका सदस्य भौतिक रुपमा एक ठाउँमा भएता पनि मन टाढा भएको छ ।’ उहाँले समाजमा विद्यमान विकृति विसंगति रोक्न तथा सामाजिकीकरण गर्नको लागि कार्यक्रम गर्न जरुरी रहेको चर्चा गर्नुभयो । उहाँले मानवीय विकास र सेवाभावको प्रवद्र्धन नभए भौतिक विकासको अर्थ नहुने दाबी गर्नुभयो । विपद योजना बनाएर तथा सल्लाह गरेर नआउने उल्लेख गर्दै उहाँले आकस्मिक रुपमा जाने विपद्को सामाना गर्न पूर्व तयारी तथा सचेतना आवश्यक रहेको बताउनुभयो । 

रेडक्रस कास्कीमा सभापति उर्मिला खड्काले जुनियर तथा युवा सर्कल रेडक्रसको मेरुदण्ड भएको बताउनुभयो । उहाँले सर्कलको गतिविधि मार्फत रेडक्रस अभियान आधारभूत तहसम्म पुगेको जानकारी दिनुभयो । रेडक्रस कास्कीका निवर्तमान सभापति डण्डराज शर्मा पौडेलले जुुनियर तथा युवा सर्कल रेडक्रसको जग भएको भएकोले सर्कल मार्फत भएका सबै गतिविधिले रेडक्रस अभियानलाई सशक्त बनाएको बताउनुभयो । 

कार्यक्रममा पोखरा १०का वडा सदस्य परमेश्वर कार्की, रेडक्रस कास्कीका उपसभापति रमा कोइराला न्यौपाने, रेडक्रस कास्कीका कोषाध्यक्ष मोहनसिंह खड्का, रेडक्रस सोसाइटी पोखरा १२का सभापति इन्दिरा पन्त आचार्य, अमरसिंह माविका प्रधानाध्यापक बलराम पोखरेल, सितलादेवी सामुदायिक मावि व्यवस्थापन समितिका अध्यक्ष टीकाबहादुर कार्की, प्रधानाध्यापक बाबुराम अधिकारी, शिक्षक अभिभावक संघका अध्यक्ष नरेन्द्रप्रसाद आचार्य, शिक्षक नायक रामचन्द्र अधिकारी, जुनियर रेडक्रस सर्कलका अध्यक्ष सार्थक कोइराला, सचिव शिवानी चापागाई, रतन पाण्डे माविका सह शिक्षक नायक मुकेश जैसवाल लगायतले रेडक्रसका गतिविधिबारे प्रकाश पार्नुभयो ।

You can download or view the whole press release from the link below

रेडक्रसको जिल्ला स्तरीय जुनियर सर्कलको गोष्ठी

Download

Related News

logo

विपद् व्यवस्थापन अभिमुखीकरण कार्यक्रम सम्पन्न

पोखरा, कास्की, १६ चैत्र – नेपाल रेडक्रस सोसाइटी, पोखरा १० उपशाखाको आयोजनामा एक दिवसीय विपद व्यवस्थापन अभिमुखीकरण सम्पन्न भएको छ। कार्यक्रमा वडा नम्बर १० का वडा सदस्य परमेश्वर बहादुर कार्की तथा नेपालको सोसाइटी जिल्ला शाखा कास्कीका कार्यवाहक सभापति धर्मराज अधिकारी र कास्की शाखाकै कार्यवाहक मन्त्री...

Read More
logo

रक्तसेवा प्रवाह व्यवस्थापनमा TQM गुणस्तरीयता सम्बन्धी दुई दिने तालिम सम्पन्न

Read More