पोखरा महानगरपालिका वडा नम्बर १५ तथा नेपाल रेडक्रस सोसाइटी पोखरा १५ उपशाखाको आयोजनामा आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न

man-donating-blood

पोखरा महानगरपालिका वडा नम्बर १५ तथा नेपाल रेडक्रस सोसाइटी पोखरा १५ उपशाखाको आयोजनामा आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न भएको छ।  २०८२ साल जेष्ठ २१, २२, २३ र २४ गते चार दिने तालिम पोखरा १५ मा अवस्थित सिद्ध पब्लिक क्याम्पसको सभा हलमा तालिम सञ्चालन गरिएको थियो। 

पोखरा महानगरपालिका वडा नम्बर १५ भित्रका आमा समूह, टोल विकास संस्थाका अध्यक्ष, युवा अगुवा स्वयमसेवक सहित २३ जनाको सहभागिता थियो। नेपाल रेडक्रस सोसाइटी प्राथमिक उपचार तालिम निर्देशिका २०७४ अनुसार प्राथमिक उपचारको महत्व, अर्थ, सिपिआर , रक्तश्राप , हाडभचाई, मेरुदण्डको चोट, सर्प तथा जनावरको टोकाई, वातावरणीय समस्या लेक तथा लु लाग्नु , ज्वरो झाडापखाला, विभिन्न प्रकारका ओसारपसारका लगाएतका विषयमा सहभागीहरूलाई प्रशिक्षण गराइएको थियो। 


सैद्धान्तिक र प्रयोगात्मक अभ्यास सहित सञ्चालन गरिएकाे यस तालिमले विशेषगरी समुदायमा आकस्मिक रूपमा घट्न सक्ने दुर्घटनामा तालिम प्राप्त स्वयंसेवकहरूले समुदायमा परिचालित भई घाइतेहरूलाई तत्काल  प्राथमिक उपचार गरी अस्पतालसम्म पुर्‍याउन सक्ने सीप  सहभागीहरूले प्राप्त गरेकाे कुरा  तालिम संयोजक नवराज भण्डारीले तालिमको समापनका क्रममा व्यक्त गर्नुभएको थियो। 


तालिमको समापन समारोहमा नेरेसो पोखरा १५ उपशाखा सभापति शिवबहादुर भण्डारीको सभापतित्वमा तथा पोखरा महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष तोरणबहादुर बानियाँकाे प्रमुख ब्यक्तित्वका रूपमा सञ्चालन भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति उर्मिला खड्का भण्डारीको बिषेश उपस्थिति रहेको थियो। साथै कार्यक्रममा वडा नम्बर १५ का वडा सदस्यज्यूहरू, जिल्ला शाखाका उपसभापति रमा कोइराला, कार्यसमिति सदस्य कमल प्रसाद पौडेल, सूर्यप्रसाद तिमिल्सिना पालुवा, पार्वती कार्की लगायतको सहभागिता थियो। 


विपद तथा आकस्मिक अवस्थामा तालिम प्राप्त स्वयंसेवकका रूपमा तत्काल समुदायमा परिचालित भई हुनसक्ने दुर्घटनालाई कम गर्ने र दुर्घटना भइहालेमा तत्काल प्रतिकार्य गरी समुदायलाई सेवा प्रदान गर्ने सहभागीहरूको तर्फबाट भास्करदेव पाण्डे, सुनिता शर्मा, सावित्रा शर्माले व्यक्त गर्नुभएको थियो। साथै तालिमबाट प्राप्त भएको ज्ञानले समुदायमा परिचालित भई आफूले सिकेको ज्ञानलाई समुदायमा परिचालन गर्ने कुरा प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।


चार दिवसीय रूपमा सञ्चालित तालिममा तालिम संयोजक नवराज भण्डारी, प्रशिक्षकहरू सूर्य तिमिल्सिना पालुवा, सूर्य तिमिल्सिना, लीला देवकोटा र गणेश भण्डारी रहनुभएको थियो। 


समापन समारोह मा सहभागीहरू सफलताकाे प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रमको सञ्चालन उपशाखा सचिव पार्वती कार्कीले गर्नुभएको थियो।

You can download or view the whole press release from the link below

पोखरा महानगरपालिका वडा नम्बर १५ तथा नेपाल रेडक्रस सोसाइटी पोखरा १५ उपशाखाको आयोजनामा आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न

Download

Related News

logo

नेपाल रेडक्रस सोसाइटी कास्की शाखा तथा जुनियर युवा समितिद्वारा चार दिने प्राथमिक उपचार तालिम सुरु

पोखरा, फागुन १६ – नेपाल रेडक्रस सोसाइटी कास्की शाखा तथा जुनियर युवा समितिको आयोजनामा चार दिने प्राथमिक उपचार तालिम आजदेखि सुरु भएको छ।तालिमको उद्घाटन सत्र माननीय प्रतिनिधि सभा सदस्य दामोदर बैरागि ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। उहाँले उक्त तालिमले समुदायमा हुन सक्ने दुर्घटनाको जोखिम न्यूनीकरण...

Read More
logo

रेडक्रसको जिल्ला स्तरीय जुनियर सर्कलको गोष्ठी

पोखरा, १६ जेठनेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाले शनिबार ४३ औं जिल्ला स्तरीय जुनियर एवं युवा सर्कल तथा ३२ शिक्षक नायक गोष्ठी गरेको छ । नेपाल जुनियर रेडक्रस सर्कल शीतलादेवी सामुदायिक मावि पोखरा १२को व्यवस्थापनमा भएको दुई दिने गोष्ठीमा १०० जुनियर तथा युवा रेडक्रस सर्कलका प्रतिनिधि तथा शिक्षक नाय...

Read More