पोखरा, असोज २०— नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको सहकार्यमा नेपाल रेडकस सोसाइटी  कास्की द्वारा सञ्चालित डेङ्गी रोग सङ्क्रमण रोकथाम कार्यक्रम अन्तर्गत महानगरपालिका वडा नम्बर ५ मा अवस्थित बाराही मा.वीमा सचेतीकरण सँगै खोज र नष्ट अभियान सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका उप सभापति रमा न्यौपाने कोइरालाले यस्तो सचेतनामुलक कार्यक्रम विद्यालयका बालबालिका मार्फत समुदायमा र विद्यालयमै सचेतना गरी खोज र नष्ट अभियानलाई तीव्रताका दिन सकेमा यो अभियान सार्थकता रहने कुरा व्यक्त गर्नुभयो। 

विद्यालयका प्रधानाध्यापक शिवप्रसाद भण्डारीले स्वागत मन्तव्यका क्रममा विद्यालयमा समेत शिक्षक, विद्यार्थी तथा अभिभावकमा डेङ्गीकाे सङ्क्रमण रहेको र यस प्रकारका बिरामीहरू समेत देखिएकाले यस प्रकारको सचेतना कार्यक्रम यस समयमा विद्यालयमा सञ्चालन गर्दा अत्यन्तै उपयोगी भएको कुरामा जोड दिनुभएको थियो। 

नेपाल रेडक्रस सोसाइटी कास्कीले विगतका वर्षदेखि बर्षाको समयमा कास्की जिल्लामा डेङ्गी उच्च जोखिम रहने आकलन गरी पूर्वतयारी अन्तर्गत डेङ्गी रोग संक्रमणबाट बचाउनको निम्ति सामुदायिक गतिविधिहरू सञ्चालन गरिरहेको छ । कास्की जिल्ला भित्रका विद्यालयहरूमा अभिमुखीकरण संकटासन्न समुदायका टोलटोलमा खोज र नष्ट गर अभियान मार्फत समुदायमा सचेतना दिलाउनु र डेङ्गी संक्रमण रोक्नु नै यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। 

सहरी तथा ग्रामीण भूभागका समुदायकै व्यक्तिहरू तथा विद्यालयका विद्यार्थीहरूको सहभागितामा डेङ्गीका फुल, लार्भा नष्ट गर्ने अभियान  तीव्रताका साथ अगाडि बढाइएको छ। पछिल्लो समय जलवायु परिवर्तन तथा अव्यवस्थित बस्ती मानिसको चाप वृद्धिका कारण पोखराको तापक्रम वृद्धिसँगै धेरै ठाउँमा खाल्टाखुल्टी र पानी जम्ने बोतल, प्लास्टिक जन्य उपकरण, अत्याधिक रूपमा जताततै खुल्ला ठाउँमा सिसिका बोतल, बिर्कोहरू,सहरी क्षेत्रमा फुलदानी, घरमा फ्रिज पछाडि जम्ने पानी, एसीबाट निस्किएको पानीका कारणले एडिज जातको लामखुट्टेलाई अनुकूल वातावरण भएकाे छ । जसका कारण एडिज जातको लामखुट्टेले बासस्थान वृद्धि गरी मानिसलाई टोक्दाखेरि सहरभरि नै डेङ्गु संक्रमण फैलिरहेको अवस्था छ। साथै मानिसहरूको व्यवहारमा समेत डेङ्गीका लामखुट्टेलाई अनुकुलन रहेको छ । लामा बाउला भएको कपडा नलगाउनु , शरीर ढाकिने कपडा नलगाउनु , दिउँसो सुत्दाखेरि झुल्को प्रयोग नगर्नु , दिनमा लामखुट्टेले के टोक्ला भन्ने सम्झनु जस्ता सामान्य कारणबाट  यो संक्रमण दिनदिनै फैलिएको छ।  उच्च ज्वरो आउनु , शरीर र जोर्नी दुख्नु, आँखाका गेडी वरिपरि बेसरी दुःखी टाउकोमा अत्याधिक पीडा हुनु , सरीर वरिपरि विमिराहरू देखिनु, केही समयपछि रक्तश्राप समेत भई  मानिसको मृत्यु समेत गराउन सक्दछ।  यसको विशेष प्रकारको औषधि उपचार नभएका कारण  समेत यो उच्च जोखिममा रहेको छ। परीक्षणको क्रममा समेत झ्याली अवस्थामा रहने जसका कारण एन्टिभाइटिक , ब्रोफिन जस्ता औषधि सेवनले मानिसलाई कमजोर बनाउने र थप जोखिम बढाउने समेत गरेको पाइएको छ। यस्तो अवस्थामा अनावश्यक औषधि खानु पनि जोखिम हो। डाक्टरको सल्लाह गरेर प्रत्यक्ष डाक्टरको निगरानीमा समेत औषधि खानुपर्ने हुनसक्छ । पोखरामा डेङ्गुको संक्रमण तीव्र रुपमा रहेको छ। अस्पतालको बेडहरूमा समेत बिरामीहरूको सङ्ख्या बढ्दो अवस्थामा छ । विद्यालयका बालबालिकाहरूमा समेत देखिन थालेको छ।

कार्यक्रममा करिब प्रत्यक्ष रुपमा ९० जना विद्यार्थी र अप्रत्यक्ष रुपमा ३७० जना विद्यार्थी लाभन्वित भएका थिए। उक्त कार्यक्रममा ,शिक्षकनायक राधा तिमिल्सिना, विद्यालय स्वास्थ्य कार्यक्रमका नर्स अन्जना सिग्देल लगायतले आफ्नो भनाइ राख्नुभएको थियो ।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका कार्यक्रम कार्यक्रमका फोकल पर्सन तथा सूचना अधिकारी नवराज भण्डारीले  र शाखाका कर्मचारी दिपकनाथ भण्डारीले माविमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा जुनियर रेडक्रस सर्कलका अध्यक्ष मिना डागीको अध्यक्षतामा सञ्चालन गरिएको थियो।