कास्की रेडक्रसमा GAP र IFRC प्रतिनिधिको विशेष भ्रमण

man-donating-blood

२०८२ साउन ३१,पोखरा, नेपाल रेडक्रस सोसाइटी कास्की – प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र मा GAP मूल्याङ्कन टोली र अन्तर्राष्ट्रिय रेडक्रस महासंघ (IFRC) का प्रतिनिधिहरूको विशेष सहभागितामा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र पोखरामा एक महत्वपूर्ण अवलोकन भ्रमण सम्पन्न भयो।
भ्रमण टोलीमा GAP प्रतिनिधि डा. एलिजाबेथ भिनेली र डा. सोरया अमरसँगै IFRC का प्रतिनिधि श्री डेभिड फिशर र कर्मचारी श्रीमती रश्मि झाको उपस्थिति रहेको थियो।
भ्रमणको क्रममा रक्तदाता व्यवस्थापन, रक्त सङ्कलन, कम्पोनेन्ट तयारी, प्रयोगशाला प्रक्रिया, तथा कोल्ड चेन व्यवस्थापन लगायतका पक्षहरूको अवलोकन गरियो। साथै, GAP अन्तर्गत तालिम प्राप्त प्राविधिक तथा कर्मचारीहरूसँग प्रत्यक्ष अन्तरक्रिया हुँदै उपकरणको प्रयोग र SOP कार्यान्वयन सम्बन्धी प्राविधिक अनुगमन पनि सम्पन्न भयो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उप–कोषाध्यक्ष श्री डोलराज पाण्डेय, गण्डकी प्रदेश अध्यक्ष श्री सुर्य ढकाल, कास्की शाखाका नि. सभापति श्री डण्डराज पौडेल, कार्यबाहक सभापति श्रीमती रमा कोईराला, साथै सम्पूर्ण पदाधिकारी, कर्मचारीहरू र स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता रह्यो।
उहाँहरूले GAP परियोजनाबाट प्राप्त अनुभव, उपलब्धि तथा स्थानीय प्रभावहरूबारे जानकारी प्रस्तुत गर्नुभयो।
भ्रमणको सिलसिलामा टोलीले पोखरा महानगरपालिका, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (PAHS), र फिस्टेल अस्पताल तथा रिसर्च सेन्टरसँग भेटघाट तथा छलफल गर्दै रक्तसञ्चार सेवा प्रवर्द्धन, नीति समन्वय, शिक्षा तथा अनुसन्धानका सम्भाव्य क्षेत्रहरूमा सहकार्यका ढोका खोल्ने प्रयास गरियो।
यस भ्रमणले GAP परियोजनाबाट प्राप्त स्थानीयस्तरका ठोस सुधार, प्राविधिक दक्षता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय सहकार्यको प्रभावलाई उजागर गर्‍यो।
नेपाल रेडक्रस सोसाइटी कास्कीको समर्पित टोली, प्रभावकारी नेतृत्व र सेवाप्रतिको निष्ठाले दीर्घकालीन रक्तसञ्चार सेवा सुधारमा मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ।

You can download or view the whole press release from the link below

कास्की रेडक्रसमा GAP र IFRC प्रतिनिधिको विशेष भ्रमण

Download

Related News

logo

नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाको आयोजनामा निबन्ध लेखन प्रतियोगिता सम्पन्न

नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाको आयोजनामा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखा आयोजनामा भएको निबन्ध लेखन प्रतियोगितामा ज्ञानसागर एकेडेमीकी नीकिता भण्डारी प्रथम भएकी छन् । विद्यालय स्तरीय (कक्षा ९–१२) उक्त प्रतियोगितामा गौरीशंकर क्याम्पसका सिर्जन छन्त्या...

Read More
logo

रेडक्रस बुलेटिन २०८० को सारांश (श्रावण महिना)

विपद् व्यवस्थापनरेडक्रसले २०८० सालमा बाढी, पहिरो र भूकम्प जस्ता प्राकृतिक विपद्बाट प्रभावित व्यक्तिहरूलाई राहत उपलब्ध गरायो। राहत कार्यमा खाद्य सामग्री, आपतकालीन किट, र अस्थायी आश्रयको व्यवस्थापन मुख्य प्राथमिकता थियो। विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन विभिन्न तालिम र सचेतना कार्यक्रमहरूको पनि...

Read More