पोखरा–१४ उपशाखाको निर्वाचन सम्पन्न

man-donating-blood

नेपाल रेडक्रस सोसाइटी पोखरा–१४ उपशाखाको निर्वाचन सम्पन्न भई नयाँ कार्यसमिति चयन गरिएको छ। उपशाखाको २० अाैं  साधारण सभा तथा सातौँ अधिवेशनबाट पदम बहादुर कार्कीकाे नेतृत्वमा १० जनाको कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो। जसमा सभापति पदमबहादुर कार्की, उपसभापति महिला राधिका कार्की, सचिव राम्जी जि.सी,काेषाध्यक्ष निरोज केसी,

उपसचिव टिका थापा कार्की , उपकोषाध्यक्ष सिर्जना कुमारी पोखरेल र सदस्यहरूमा रमादेवी बराल, गोविन्द भण्डारी, लक्ष्मी पोखरेल , सरिता बास्तोला निर्वाचित हुनुभएकाे मतदान अधिकृत पार्वती कार्कीले जानकारी गर्नुभएको छ। 

उक्त अधिवेशनमा नेपाल सोसाइटी कास्की शाखाका कर्मचारी नवराज भण्डारी र अवतार रोका मगरले सहयोग गर्नुभएको थियो।

निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र तथा रेडक्रसको सपथ ग्रहण समेत गराइएको थियो।

 नवनिर्वाचित कार्यसमिति अध्यक्ष कार्कीले मानवताको सेवा, विपद् व्यवस्थापन, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा रेडक्रसको भूमिकालाई अझ प्रभावकारी बनाउने आफू  प्रतिबद्धता रहेकाे व्यक्त गरेका छ।

उपशाखको २० अाैं  साधारण सभा नेपाल रेडक्रस  सोसाइटी पाेखरा १४ उपशाखाका सभापति हरि जि.सीको सभापतित्व तथा र पाेखरा महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष बोधराज कार्कीकाे प्रमुख अतिथितामा सञ्चालन गरिएको थियो । कार्यक्रमको स्वागत मन्तव्य उपशाखा कोषाध्यक्ष पदम बहादुर कार्की, रेडक्रसका सात सिद्धान्त सदस्य सिर्जना कुमारी पोखरेलले प्रस्तुत गर्नुभएको थियो ।  उपशाखाको वार्षिक कार्यक्रम उपशाखाका सचिव रामजी जि.सी र कोषाध्यक्षको प्रतिवेदन पदम बहादुर कार्कीले प्रस्तुत गरी सर्वसम्मत रुपमा अनुमोदन गरिएको थियो।

You can download or view the whole press release from the link below

पोखरा–१४ उपशाखाको निर्वाचन सम्पन्न

Download

Related News

logo

पोखरा २२ मा रेडक्रस अभियान अन्र्तगत प्रशिक्षण

नेपाल रेडक्रस सोसाइटी पोखरा २२ उपशाखाको आयोजनामा  मिति २०८२ वैशाख १३ गते शनिवारका दिन रेडक्रस अभिमुखिकरण तथा विपद ब्यवस्थापन प्रशिक्षण सम्पन्न भएको छ । कार्यक्रम पोखरा २२ का सभापति घनश्याम देवकोेटाको सभापतित्वमा संचालित कार्यक्रम नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सदस्य श्रीकान्त पौडेलको प्रमु...

Read More
logo

"जन्मदिनमा रक्तदान अभियान: रेडक्रसको पहलले रगत अभाव हटाउँदै"

 जन्मदिनको अवसरलाई समाजसेवामुखी बनाउन नेपाल रेडक्रस सोसाइटीले "जन्मदिनमा रक्तदान गरौँ, रगत अभाव हटाऔँ" भन्ने उद्देश्यका साथ रक्तदान अभियान सुरु गरेको छ। अभियानको उद्घाटन नेपाल रेडक्रस सोसाइटीको कास्की प्रादेशिक कार्यालय, सृजनाचोकमा गरिएको हो।५५औँ पटक रक्तदान गरिसकेका प्रमुख अर्जुन ज्ञवालीले बता...

Read More