बिश्व बाताबरण दिबसको अबसर पारेर नेपाल रेडक्रस सोसाइटी पोखरा - १० उपशाखाको आयोजनामा वडा नं १० मा रहेका टोल बिकास सस्था र आमा समूह का सदस्यहरू लाई निशुल्क स्वास्थ्य शिविर मधुमेह ( सुगर ) र मृगौला उपचार सम्बन्धि कार्यक्रम उपशाखाको सभाहलमा सम्पन्न गर्यो।
उक्त कार्यक्रम पोखरा महानगर पालीका वडा नं १० का वडा अध्यक्ष राजेश गुरुङ्ग ( राजु सर ) को प्रमुख अतिथी मा पानसमा दिप प्रज्जलनका साथ हेनरी ड्यूनाको तस्विरमा माल्यार्पण गरी कार्यक्रमको उद्धाटन गर्नुहुदै मानबिय सेवामा समर्पितहुने उपशाखा १० ले टोल टोलमा रेडक्रस भन्ने अभिप्रायका साथ संचालित उप शाखाले पटक पटक आफ्ना सदस्य र वडाबसीहरूको स्वास्थ्य सम्बन्धि बिभिन्न स्वास्थ्य शिविर संचालन का साथ बिपप ब्यबस्थापन आगलागी बाट हुने क्षति न्यून, महा भुकम्प जस्ता कार्यमा आफ्नो दक्षता देखाइ उपशाखाको पहिचान बनाइ सकेको अबस्थामा टोल टोलका वडा बासीहरुलाई समेत स्वास्थ्य सम्बन्धि परिक्षण, सचेतना कार्यक्रम जस्ता कार्य गर्दै सामान्ने सामान्ने कुरामा मानब सचेत रहनु पर्ने बाताबरण बनाई सिङ्गो वडाको काम गर्दै आइरहेको अबस्थामा आज उपशाखा १० ले मधुमेह र मृगौला रोग सम्बन्धि सचेतना का साथ स्वास्थ्य परिक्षण गराइ ठुलो मानबिय कामको आयोजना गरेकोमा बधाई का साथ सफल उपशाखा बन्न सक्ने शुभकामना दिनुहुदै उपशाखाका हरेक काममा वडाको सहयोग रहने बताउनु भयो।
बिश्व बाताबरण दिबसको अबसरमा आयोजित उक्त मधुमेह तथा मृगौला स्वास्थ्य उपचार शिविर कार्यक्रममा रामबजार पोखरा १० का पुरानो मेडिकल हल किरण मेडिकल हलमा संचालित आर सि हेल्थ क्लिनिक को बिषेश निशुल्क सहयोगमा संचालित निशुल्क मधुमेह तथा मृगौला स्वास्थ्य परिक्षण शिविर कार्यक्रममा उपशाखा १० का आजीवन सदस्य लगायत टोल टोलबाट करिब १ सय ६० जनाको सहभागीतामा स्वास्थ्य परिक्षण गराइ संचालित उक्त कार्यक्रम मा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका मन्त्री एवं उपशाखा १० का समन्वय कर्ता सन्तोष अधिकारी ले उपशाखाले गरेका कार्य को प्रशंसा गर्दै कास्की शाखाको अनुमानमा अब हुनसक्ने बीपतको समयमा करिब ३० लाख मानिसलाइ बिपत पर्न सक्ने आकलन भएकोले उपशाखा १० बाट पनी बिपत ब्यबस्थापन कार्यमा सहयोग आउने बताउनु हुदै वडा कार्यालय बाट समेत हरेक बर्षको कुल बजेटमा ५% बिपत ब्यबस्थापनमा छुट्याउनु पर्ने र रेडक्रस संग समन्वय गरि वडाका समुहहरूलाइ बिभिन्न बिपत का कार्यहरूमा तालिम दिइ सचेत गराइ राख्नुपर्ने बताउनु भयो।
उक्त निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा आर सी हेल्थ क्लिनिक का संचालक राम चन्द्र पौडेलले मानब जिबन मा सर्वप्रथम आफूलाई रोगै लाग्न नदिइ स्वास्थ्य रहन अहिले सबैभन्दा पहिले बाताबरण र हामीले खाने खानपानमा बिशेष ध्यान दिनुपर्ने र दैनिक बिहान बेलुकी हिडदुल र सारिरिक ब्यायम गर्ने गरेमा मानब सरिरमा लाग्ने हरेक किसीमका स्वास्थ्य समस्या कम हुदैजाने बिचार राख्नुहुदै आजको यस निशुल्क स्वास्थ्य परिक्षण शिविरमा रेडक्रस जस्तो पवित्र मानबिय सस्था संग समन्वय गरि कार्यक्रमको सहयोग कार्य गर्न पाएकोमा उपशाखा १० लाई धन्यबाद ब्यक्त गरी संचालित शिविरमा वडा समिति कार्यालय वडा नं १० का वडा सदस्य पुर्णचन्द्र न्यौपाने, वडा सदस्य परमेश्वर बहादुर कार्की, राम बजार सोसाइटी यूकेका सस्थापक अध्यक्ष राम बहादुर गुरुङ्ग, राम बजार सोसाइटी यूकेका पुर्ब अध्यक्ष रूपक गुरुङ्ग, राम बजार जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष थमान सिंह थापा लगायतका ब्यक्तिहरूले आ आफ्नो बिचार राख्नु हुदै कार्यक्रम सफलताको कामना दिनु भयो ।
उक्त निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा पोखरा १० उपशाखाका कोषाध्यक्ष नरहरी पनेरूले रेडक्रसका सात सिद्धान्त बाचन गर्नु भएको कार्यक्रमा उपशाखा १० का सदस्य धनमाया गुरुङ्गले स्वागत द्वारा सबैलाई स्वागत गर्नुभएको निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखाका सभापति जीवन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपशाखाका सचिव बिन प्रसाद गुरुङ्गले कार्यक्रम संचालन गर्नु भएको थियो।
पोखरा रेडक्रस १० उपशाखा द्वारा नि-शुल्क स्वास्थ्य शिविर सम्पन्न
Download