नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले खोज र नष्ट गर अभियान अन्तर्गत पोखरा ३ नदिपुर संगै को कन्या मावि र वालमन्दीर मा.वि र समुदायमा खोज र नष्टगर अभियान सञ्चालन गरेको थियो ।रेडक्रस कास्कीले बर्षाको समय देखि डेङ्गी रोग संक्रमणबाट बचाउनको निम्ति सामुदायिक गतिविधिहरू सञ्चालन गरिरहेको छ । कास्की जिल्लाभित्रका विद्यालयहरूमा अभिमुखीकरण संकटासन समुदायका टोलटोलमा खोज र नष्ट गर अभियान मार्फत समुदायमा सचेतना दिलाउनु र डेङ्गी संक्रमण रोक्नु नै यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।
सहरी तथा ग्रामीण भूभागका समुदायकै व्यक्तिहरू तथा विद्यालयका विद्यार्थीहरूको सहभागितामा डेङ्गीका फुल, लार्भा नष्ट गर्ने अभियान तीव्रताका साथ अगाडि बढाइएको छ। यस समयमा अनुकूल तापक्रम भएका कारण पानी जम्ने ठाउँ नदिपुर र आसपाक्षेत्रमाका धेरै ठाउँ भएका कारण पोखरा ३ नदिपुर समेत डिङ्गी सम्बन्धी संक्रमित व्यक्तिहरू अहिले पनि देखिएको र लामखुट्टेहरू समेत दिउँसोको समयमा सक्रिय हुने भएको कारण समेत सङ्क्रमण देखिएको पाइएको छ। ठुला पोखरी वा तालमा लामखुट्टेले फूलपार्न नसक्ने भएपनि त्यसका आसपासमा रहेका ढुङ्गाहरू तथा पानीका बोतलहरूमा डेङ्गीले फूल पार्न सक्ने र बासस्थान निर्माण गर्न समेत अनुकूल वातावरण बन्न सक्ने भएकाले अझै सतर्कता अपनाउनुपर्ने स्थानको रुपमा पाइन्छ।
समुदायमा खाल्टाखुल्टीमा पानी जम्मा हुनु अव्यवस्थित फोहोर तथा प्लास्टिक र सिसाजन्य बोतल एवम् विर्कोहरूमा पानी जम्मा भई लामखुट्टेहरूले बासस्थान वृद्धि गर्न सहयोग पुग्ने खालका गतिविधि भएका साथै जलवायु परिवर्तनका कारण तापमानमा वृद्धि भएको जसले एडिजातका लामखुट्टेहरूको जीवन चक्र प्रतिकूल वातावरण भएको कारण सङ्ख्या वृद्धि भएको छ। खोज र नष्ट गर कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सम्पर्क ब्यक्ति नवराज भण्डारीले डेङ्गु रोगका लक्षण यसबाट बच्ने उपाय र अवलम्बन गर्नुपर्ने विधिका बारेमा वताउनु भयो थियो । नेपाल रेडक्रस सोसाइटी पोखरा २ र ३ उपशाखाको ब्यवस्थापनमा अभियान संचालन गरिएको थियो । उपशाखाका सभापति विन्दु पराजुलीको सभापतित्तव र नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका कोषाध्यक्ष मोहन सिंह खड्काको उपस्थितिमा कार्यक्रम संचालन गरिएको थियो । समुदायमा खोज र नष्ट अभियान तिव्र रुपमा संचालन गर्न सकेमा र समुदायनै चासो भएमा मात्र अभियान सार्थक हुने कोषाध्यक्ष मोहन सिंह खड्काले वताउनु भएको थियो । अभियानमा ४५ जनाको सहभागतामा करिव ४०० घर र २ वटा विद्यालयमामा पुगेर सूचना प्रदान गरिएको थियो । समुदायमा डेंगीका लार्भा प्राय घर घरमा रहेको अवस्था थियो । रेडक्रस स्ंवसेवक तर महिला स्वास्थ्य स्वंसेविकाहरुले लार्भा जम्मा भएका भाडाको पानी पोख्दै समुदाय तथा विद्यालयमा जनचेतना दिलाउनु भएको थियो