विभिन्न प्रतियोगिताको नतिजा प्रकाशन

man-donating-blood

पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाअन्तर्गत जुनियर तथा युवा समितिको आयोजनामा सम्पन्न विभिन्न जिल्ला स्तरीय प्रतियोगिताको अन्तिम अाज नतिजा सार्वजनिक गरिएको छ।

जिल्ला स्तरीय प्रतिस्पर्धात्मक कार्यक्रमअन्तर्गत निबन्ध लेखन, अल्वम तथा चित्रकला प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएका िथए । प्रतियोगितामा कास्की जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगिता पोखरा–५ मालपाटनस्थित वाराही माध्यमिक विद्यालयमा सम्पन्न भएको थियो। प्रतियोगितामा छोरेपाटन माध्यमिक विद्यालयका अर्जुन उचाई ठकुरी प्रथम, मदरल्याण्ड माध्यमिक विद्यालयका विशेषता तिवारी द्वितीय, बिन्दबासिनी माध्यमिक विद्यालयकी पूर्णिमा भट्टराई तृतीय तथा करुणानिधि एजुकेसन फाउन्डेसन माध्यमिक विद्यालयका रोजनी अधिकारी सान्त्वना स्थान हासिल गर्न सफल भए।

त्यस्तै, जिल्ला स्तरीय अल्प्रवम तियोगिता पोखरा–२७ स्थित लिटिल फ्लावर एजुकेशनल एकेडेमीमा सम्पन्न भएको थियो। प्रतियोगितामा करुणानिधि एजुकेशन फाउण्डेशनका प्रिन्स थापा प्रथम, लिटिल फ्लावर एजुकेशनल एकेडेमीकी मनीषा गुरुङ द्वितीय तथा रत्नज्योति अंग्रेजी माध्यमिक विद्यालयका रविन छन्त्याल तृतीय भए।

 जिल्ला स्तरीय चित्रकला प्रतियोगिता पोखरा–२० भलामस्थित महेन्द्र माध्यमिक विद्यालयमा सम्पन्न भएको थियो। प्रतियोगितामा रियलाइज पब्लिक स्कूलका सृष्टि नेपाली प्रथम, राष्ट्रिय माध्यमिक विद्यालयकी जेनिसा लामा द्वितीय, हिमालय माध्यमिक विद्यालयका आशीष परियार तृतीय तथा अमरसिंह माध्यमिक विद्यालयका वैभव थापा सान्त्वना स्थानमा चयन भएका छन्।

प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र आगामी विशेष समारोहमा जुनियर तथा युवा रेडक्रस गोष्ठीको अवसरमा वितरण गरिने नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाले जनाएको छ।

You can download or view the whole press release from the link below

विभिन्न प्रतियोगिताको नतिजा प्रकाशन

Download

Related News

logo

संगठन सुदृढीकरण तथा रेडक्रस अभिमुखीकरण सम्पन्न

मिति २०८२ कार्तिक २९ गते नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजना र नेपाल रेडक्रस  सोसाइटी पोखरा १२ उपशाखाको व्यवस्थापनमा पोखरा १२ उपशाखाको भवनमा संगठन सुदृढीकरण तथा रेडक्रस अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।नेपाल रेडक्रस  सोसाइटी पोखरा १२ उपशाखाका सभापति इन्दिरा पन्तको सभापतित्व तथा न...

Read More
logo

नेपाल रेडक्रस सोसाइटी कास्की ३९ औं वार्षिक साधारण सभा

१. विपद् व्यवस्थापन र राहत कार्यहरूप्राकृतिक विपद् (भूकम्प, बाढी, पहिरो) का बेला हजारौं परिवारलाई सहयोग।खाद्य सामग्री, आपतकालीन सामग्री र अस्थायी आश्रय प्रदान।विपद् पूर्वतयारीका लागि तालिम र सचेतना अभियान।२. स्वास्थ्य सेवास्वास्थ्य शिविर, रगतदान कार्यक्रम र प्राथमिक उपचार तालिमहरूको आयोजना।दुर्गम क्...

Read More