पोखरा महानगर स्तरीय बिधालय प्राथमिक उपचार प्रशिक्षण कार्यक्रम सम्पन्न

man-donating-blood

नेपाल रेडक्रस सोसाइटी, कास्की जिल्ला शाखाको आयोजनामा र नेपाल युवा रेडक्रस सर्कल, श्री अमरसिद्ध नमुना मावि, पोखरा-३१ को व्यवस्थापनमा २०८१ माघ ११ र १२ गते दुईदिने पोखरा महानगरस्तरीय विद्यालय प्राथमिक उपचार प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा २४ जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। उक्त प्रशिक्षणले प्राथमिक उपचारसम्बन्धी ज्ञान र सीप प्रदान गर्दै विद्यार्थीहरूलाई आपतकालीन परिस्थितिमा प्रभावकारी सहयोग पुर्‍याउन सक्षम बनाउने उद्देश्य राखेको थियो।

नेपाल रेडक्रस सोसाइटीका सभापति डन्डराज शर्माको प्रमुख आतिथ्यमा उद्घाटन भएको उक्त कार्यक्रमको समापन नेपाल रेडक्रस सोसाइटीका कोषाध्यक्ष सन्तोष अधिकारीले गर्नुभएको थियो।

कार्यक्रमको व्यवस्थापनमा सहयोग पुर्‍याउने विद्यालय परिवार र प्रशिक्षकहरूको योगदानका लागि नेपाल रेडक्रस सोसाइटी हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

You can download or view the whole press release from the link below

पोखरा महानगर स्तरीय बिधालय प्राथमिक उपचार प्रशिक्षण कार्यक्रम सम्पन्न

Download

Related News

logo

सरोकार वाला निकाय बीच समन्यय वैठक सम्पन

पोखरा, ७ जेठ नेपाल रेडक्रस सोसाइटी कास्कीले चालु आर्थिक वर्षमा मुख्य प्रकोप तथा विपद्का घटनामा १ सय २४ प्रभावितलाई राहत प्रदान गरेको छ । ति मध्ये सवभन्दा बढी यो वर्ष बाढी तथा पहिरोबाट प्रभावित ९० परिवारलाई राहत प्रदान गरेको रेडक्रस कास्कीका कोषाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक मोहनसिं...

Read More
logo

सरोकारवाला निकायहरु बिच डेंगीरोग नियन्त्रण र विपद् ब्यवस्थापन समन्वय बैठक सम्पन्न

अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेष्ट सोसाइटी र वृटिस रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको सहकार्यमा कास्की शाखाद्धारा सञ्चालित डेंगीरोग संक्रमण नियन्त्रण कार्यक्रम र विपद् ब्यवस्थापन समिति कास्कीको आयोजनामा २०८१ पौष ९ गते कास्की शाखामा डेंगीरोग नियन्त्रण र विपद् ब्यवस्थाप...

Read More