पोखरा–१९ मा विपद् व्यवस्थापन तालिम सम्पन्न, बाढी–पहिरो प्रतिकार्यमा जोड

man-donating-blood

नेपाल रेडक्रस सोसाइटी पोखरा १९ उपशाखाको आयोजनामा एक दिवसीय विपद व्यवस्थापन प्रशिक्षण सम्पन्न भएको छ। वडाका वडा अध्यक्ष सहित जनप्रतिनिधि, वडा स्तरीय विपद व्यवस्थापन समिति रेडक्रस विपद व्यवस्थापन समिति, टोल विकास संस्थाका अध्यक्ष, आमा समूह तथा युवा क्लबका प्रतिनिधिहरूको सहभागितामा प्रशिक्षण सम्पन्न भएको हो। नेपालमा मनसुन भित्रियसँगै बाढी, पहिरोका घटनाहरू घटिरहेको अवस्थालाई मध्यनजर गर्दै विपदमा कसरी प्रतिकार्यमा जुट्ने तथा उद्धार गर्ने भन्ने विषयमा छलफल गरिएको थियो । पोखरा १९ वडा कार्यालयकाे सभा हलमा सम्पन्न कार्यक्रममा ४५ जनाको सहभागिता रहेको तालिम नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका प्रशिक्षक नवराज भण्डारीले सहजीकरण गर्नुभएको थियो। 

नेपाल रेडक्रस सोसाइटी पोखरा १९ उपशाखाका सभापति रमेश बिकको सभापतित्वमा सञ्चालित कार्यक्रम पोखरा महानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेको प्रमुख आतित्यतामा सम्पन्न भएको कार्यक्रममा वडा सदस्य दुर्गा बस्नेत, नेपालीको सोसाइटी कास्की जिल्ला शाखाका सदस्य नवराज पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो। 


प्रमुख अतिथिको मन्तव्यमा वडाध्यक्ष पाण्डेले विशेषगरी पोखरा वडा नम्बर १९ विपदको हिसाबले उच्च जोखिममा रहेको वडा औलाउँदै मनसुनसँगै बाढी, पहिरोका कारणले सधैँका वर्ष क्षति हुने गरेको र गत वर्ष मानवीय समेत क्षति भएको स्मरण गर्दै पहिरोका कारण ज्यान गुमाएका व्यक्तिहरूको स्मरण समेत गर्दै समवेदना व्यक्त गर्नुभएको थियो। साथै आगामी दिनमा यस्तो घटना नदोहोरिनका लागि सबैलाई सचेत रहन समेत उहाँले अनुरोध गर्नुभयाे । मनसुन भित्रिरहेको बेलामा रेडक्रस  सोसाइटीले यस्तो अत्यन्तै महत्वपूर्ण तालिम आयोजना गरिनु भएकोमा धन्यवाद समेत व्यक्त गर्नुभएको थियो। तालिममा पोखरा महानगरपालिकाका १९ भित्रका टोलहरूमा हुनसक्ने प्रकोपको समेत आकलन गरिएको थियो र त्यसबाट पुग्न सक्ने क्षतिको समेत अनुमान गरिएको थियो। साथै सेती नदीको तिरमा रहेको गोस्ते बस्ती पुरूनचौर अन्तर्गतका काउरे बस्ती लगायत भिराला क्षेत्रका बस्तीहरू यस वडामा भएकोले यस वडा बाढी र पहिरो दुवैका हिसाबले उच्च जोखिमको वडा रहेको कुरा सहभागीहरुले तालिममा औलाएका थिए । 

तालिमको उद्घाटन तथा समापन सत्र उपशाखाका सचिव माधव गौतमले गर्नुभएको थियो।

You can download or view the whole press release from the link below

पोखरा–१९ मा विपद् व्यवस्थापन तालिम सम्पन्न, बाढी–पहिरो प्रतिकार्यमा जोड

Download

Related News

logo

नेपाल रेडक्रस सोसाईटी कास्की शाखा जिल्ला स्तरीय २६ औं महिला गोष्ठी पोखरामा सम्पन्न ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अन्तर्गत लैङ्गिक तथा सामाजिक समावेशीकरण समीतीको २६ औ जिल्ला स्तरीय महीला गोष्ठी एबम डेगी रोग सम्बन्धी सचेतना कार्यक्रम पुस ५  गते  गण्डकी प्रदेश माननीय भुमी ब्यबस्था तथा सहकारी मन्त्री पदमा जि सी को प्रमुख आतिथ्यथामा सम्पन्न भयो ।नेपाल रेडक्रस सोसाइटी कास्...

Read More
logo

निर्वाचन लक्षित स्वयंसेवक अभिमुखीकरण

निर्वाचन लक्षित गर्दै स्वयंसेवक अभिमुखिकरण ।नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले २०८२ साल फागुन २१ गते सम्पन्न हुने आम निर्वाचन २०८२ लाई लक्षित गर्दै आकस्मिक प्राथमिक उपचार सेवा प्रदान गर्न स्वयंसेवकहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेकाेछ । निर्वाचनको दिन हुनसक्ने सम्भावित आकस्मिक समस्यालाई मध्ये...

Read More