"मनसुन पूर्व तयारीका लागि कास्कीमा सरोकारवाला समन्वय बैठक सम्पन्न"

man-donating-blood


नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन समिति कास्कीको आयोजनामा आज कास्की जिल्लाभित्र विपद्सँग सम्बन्धित सरोकारवाला निकायहरूबीच समन्वय बैठक सम्पन्न भएको छ।

भित्रिँदै गरेको मनसुनलाई मध्यनजर गर्दै सम्भावित बाढी, पहिरोजस्ता प्रकोपहरूको सामना कसरी गर्ने भन्ने विषयमा पूर्वतयारी र प्रतिकार्यका उपायहरूबारे छलफल गर्न बैठक सञ्चालन गरिएको हो।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति उर्मिला खड्का भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा सरकारी तथा गैरसरकारी संघसंस्थाहरूका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष करिब १९ लाख ९७ हजारभन्दा बढी जनसंख्या बाढी तथा पहिरोका कारण प्रभावित हुने अनुमान गरिएको छ, जसमा गण्डकी प्रदेश उच्च जोखिममा रहेको क्षेत्रको रूपमा उल्लेख गरिएको छ।

बैठकमा कास्की शाखाका मन्त्री सन्तोष अधिकारीले स्वागत मन्तव्य दिँदै सबै सरोकारवाला निकायहरूलाई पूर्व तयारीमा जुट्न आग्रह गर्नुभएको थियो।

रेडक्रस कास्कीका कोषाध्यक्ष तथा विपद् व्यवस्थापन समिति संयोजक मोहनसिंह खड्काले रेडक्रसले विगतमा विपद्को समयमा गरेका कार्य तथा सिकाइ प्रस्तुत गर्नुभएको थियो।

त्यसैगरी प्रशिक्षक नवराज भण्डारीले यस वर्षको कास्की जिल्लाको विपद् पूर्वतयारी र प्रतिकार्यको अवस्था, चुनौती र सम्भावनाहरूमा आधारित प्रस्तुतिकरण गर्नुभएको थियो।

बैठकमा उपस्थित सबै निकायहरूबीच विपत्तिपूर्ण अवस्थामा एकद्वार प्रणाली अपनाई राहत तथा उद्धारलाई स्थानीयस्तरमै प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सहमति भएको निष्कर्ष निकालिएको छ।

नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकालले स्थानीय निकायसँगको सहकार्यमा रेडक्रसले भविष्यमा पनि अग्रसर भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सभापति उर्मिला खड्का भण्डारीले सबै सरोकारवालाको सहकार्यले विपद् व्यवस्थापनमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।

You can download or view the whole press release from the link below

"मनसुन पूर्व तयारीका लागि कास्कीमा सरोकारवाला समन्वय बैठक सम्पन्न"

Download

Related News

logo

नेपाल रेडक्रस सोसाइटी कास्की शाखा तथा जुनियर युवा समितिद्वारा चार दिने प्राथमिक उपचार तालिम सुरु

पोखरा, फागुन १६ – नेपाल रेडक्रस सोसाइटी कास्की शाखा तथा जुनियर युवा समितिको आयोजनामा चार दिने प्राथमिक उपचार तालिम आजदेखि सुरु भएको छ।तालिमको उद्घाटन सत्र माननीय प्रतिनिधि सभा सदस्य दामोदर बैरागि ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। उहाँले उक्त तालिमले समुदायमा हुन सक्ने दुर्घटनाको जोखिम न्यूनीकरण...

Read More
logo

अन्नपूर्ण -३ मराम्चेमा ‘एक घर, एक धारा’ खानेपानी आयोजना उद्घाटन

अन्नपूर्ण-३ मराम्चे खानेपानी तथा सरसफाइ परियोजना आज एक भव्य समारोहका बीच उद्घाटन सम्पन्न भएको छ। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा स्थानीय समुदायलाई  परियोजना हस्तान्तरण गरिएको छ । युनिका फाउन्डेसन दि नेदरल्यान्ड्स र अन्नपूर्ण गाउँपालिकाको...

Read More