एक दिवसीय सरुवा रोग संक्रमण सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न

man-donating-blood

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजना तथा युवा रेडक्रस सर्कल अमरसिंह माविको व्यवस्थापनमा एक दिवसीय सरुवा रोग संक्रमण सचेतना प्रशिक्षण कार्यक्रम मिति २०८१ माघ २५ गते सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता युवा रेडक्रस सर्कल अमरसिंह माविकी छात्रा सौगत कुँवरले गर्नुभएको थियो भने नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति डण्डराज शर्मा प्रमुख अतिथि रहनुभएको थियो। विद्यालयका प्रधानाध्यापक शेरबहादुर थापाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सर्कलकी सहसचिव सुसन्ध्या पौडेलले रेडक्रसका सात सिद्धान्त वाचन गर्नुभएको थियो।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सदस्य तथा जुनियर युवा समिति संयोजक रमेश राज भण्डारीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै रेडक्रस अभियानमा युवाको भूमिकाको महत्त्व झल्काउनु भयो। साथै, वडा सदस्य एवं विद्यालय व्यवस्थापन समिति सदस्य शान्तबहादुर जीसी, नेरेसो पोखरा-१२ उपशाखा सभापति इन्द्रा पन्त लगायतका वक्ताहरूले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि कास्की शाखाका सभापति डण्डराज शर्माले रेडक्रस अभियानमा युवा तथा विद्यार्थीहरूको भूमिका उल्लेख गर्दै कार्यक्रमको व्यवस्थापन गर्ने युवा रेडक्रस सर्कल अमरसिंह माविलाई धन्यवाद ज्ञापन गर्नुभयो।
उक्त कार्यक्रममा नेरेसो कास्की शाखाका कोषाध्यक्ष सन्तोष अधिकारी, कास्की शाखाका सदस्य एवं जुनियर युवा समितिका सचिव वविता सुवेदी, सदस्य पर्वती कार्की, विभिन्न विद्यालयका शिक्षक-शिक्षिका एवं व्यवस्थापन सर्कलका शिक्षकहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन सर्कलकी शिक्षक नायिका सञ्जना कट्टेलले गर्नुभएको थियो। प्रशिक्षणमा कास्की जिल्लाका ३२ सर्कलका ७५ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। पोखरा महानगरपालिकाका अधिकृत तेजाखर लम्साल तथा नेरेसो कास्की शाखाका प्रशिक्षक नवराज भण्डारीले सरुवा रोगका प्रकार, प्रभाव तथा ती रोगहरू आपत्कालीन अवस्थासम्म कसरी विकराल बन्न सक्छन् भन्ने विषयमा प्रशिक्षण दिनुभएको थियो।

You can download or view the whole press release from the link below

एक दिवसीय सरुवा रोग संक्रमण सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न

Download

Related News

logo

स्वयमसेवक लक्षित समूह छलफल कार्यक्रम सम्पन्न

एसिया प्रशान्त क्षेत्रमा रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासंघ IFRC बाट सञ्चालन भइरहेको स्वयमसेवक सर्वेक्षण कार्यक्रम अन्र्तगत मिति २०८१ वैशाख ८ गते नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको सभाहलमा लक्षित समुह छलफलका कार्यक्रम सम्पन्न भएको छ । यस छलफलमा सहभागी भएका स्वयमसेवकहरुले विग...

Read More
logo

संगठन सुदृढीकरण तथा रेडक्रस अभिमुखीकरण सम्पन्न

मिति २०८२ कार्तिक २९ गते नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजना र नेपाल रेडक्रस  सोसाइटी पोखरा १२ उपशाखाको व्यवस्थापनमा पोखरा १२ उपशाखाको भवनमा संगठन सुदृढीकरण तथा रेडक्रस अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।नेपाल रेडक्रस  सोसाइटी पोखरा १२ उपशाखाका सभापति इन्दिरा पन्तको सभापतित्व तथा न...

Read More