नेरेसाे पोखरा ३३ को निर्वाचन सम्पन्न

man-donating-blood

नेरेसाे पाेखरा ३३ उपशाखामा शतिस निर्वाचित ।

नेपाल रेडक्रस सोसाइटी पोखरा–३३ उपशाखाको निर्वाचनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। मिति २०८२ माघ ७ गते सम्पन्न निर्वाचनअनुसार सभापति शतिस लामिछाने निर्वाचित हुनुभएको छ। 

त्यस्तै महिला उपसभापतिमा भगवती पोखरेल, सचिवमा नवराज भण्डारी, कोषाध्यक्षमा मुक्तिनाथ आचार्य , उपसचिवमा तारानाथ भण्डारी तथा उपकोषाध्यक्षमा विष्णुप्रसाद पाैडेल निर्वाचित हुनुभएको छ।

महिला सदस्यमा पार्वतीदेवी आचार्य चयन हुनुभएको छ भने सदस्यहरूमा दिनबहादुर कार्की, रामेश्वर वस्तकाेटी, गिरधारी भुषाल र याेगराज पाैडेल निर्वाचित हुनुभएको मतदान अधिकृत रमा न्याैपाने काईरालाले जानकारी गराउनु भएकाे थियाे। निर्वाचन सम्पन्न गर्न कास्की शाखाका कर्मचारी नवराज भण्डारी र अवतार राेक्काले सहजिकरण गर्नुभएकाे थियाे ।

उपशाखाकाे साधारण सभा समेत सम्पन्न भएकाे थियाे । साधारण सभाकाे सभापतित्व नेरेसाे पाेखरा ३३ का सभापति टुकराज भण्डारी र प्रमुख अतिथि कास्की शाखाका सभापति उर्मिला खड्का भण्डारी रहनुभएकाे कार्यक्रममा स्वागत मन्तव्य उपशाखाका उपसभापति शान्तिदेवी लामिछानेले राख्नुभएको थियो रेडक्रसमा सात शिद्धन्त तारानाथ भण्डारीले राख्नुभएकाे थियाे । उपशाखाकाे वार्षिक प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम  र काेषाध्यक्षकाे प्रतिनिधि पेश गरि सर्वसम्मत अनुबाेदन गरिएकाे थियाे । कार्यक्रममा रेडक्रस  कास्कीका उपमन्त्री डिल्लीराम वराल, सदस्य एवं उपशाखाका समन्वय कर्ता श्रीकान्त पाैडेलले  शुभकामना ब्यक्त गर्नुभएकाे थियाे ।  कार्यक्रममा आगामी वार्षिक योजना, विपद् व्यवस्थापन, स्वास्थ्य सचेतना तथा मानवीय सेवाका कार्यक्रमहरूलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।

You can download or view the whole press release from the link below

नेरेसाे पोखरा ३३ को निर्वाचन सम्पन्न

Download

Related News

logo

रेडक्रस कास्कीलाई डेभिजफल क्लबको मानवीय सहयोग: त्रिपाल र नगद प्रदान

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले मनसुनजन्य विपदसँगै आएको बाढी पहिरोलाई मध्यनजर गर्दै विपत् पूर्वतयारीका निमित्त, स्वयंसेवक व्यवस्थापन, खाेज तथा उद्धार सामग्रीको व्यवस्थापन र  राहत सामग्री व्यवस्थापन अन्तर्गत विपद राहत गैर खाद्य तथा खाद्य सामग्रीका लागि विभिन्न सरोकारवाला निकायहरूसँगको समन्वय...

Read More
logo

जुनियर रेडक्रस सर्कल अभियानसँगै धम्पुसमा विद्यालय पोषाक वितरण सम्पन्न

मिति २०८२ साल जेष्ठ ४ गते ।नेपाल रेडक्रस सोसाइटी पोखरा २ र ३ उपशाखाद्वारा माछापुछ्रे गाउँपालिका वडा नम्बर ५ धम्पुसमा एक दिवसीय रेडक्रस अभिमुखीकरण कार्यक्रम तथा पोषाक वितरण सम्पन्न भएको छ। नेपाल रेडक्रस  सोसाइटी पोखरा २र ३ उपशाखाका सभापति बिन्दु शर्माको सभापतित्वमा सञ्चालित कार्यक्रम नेपाल रेडक्...

Read More