नेपाल रेडक्रस सोसाइटी कास्कीलाई वडा समिति द्वारा फर्निचर सहयोग

man-donating-blood

पोखरा, ५ फागुन – नेपाल रेडक्रस सोसाइटी कास्कीको रक्तसञ्चार केन्द्रका लागि पोखरा वडा नम्बर ५ वडा समितिले फर्निचर सामग्री प्रदान गरेको छ।
जिल्ला सभापति डण्डाराज पौडेलले सहयोग प्रति धन्यवाद व्यक्त गर्दै यसलाई महत्वपूर्ण योगदान भएको बताउनुभयो। वडा अध्यक्ष विष्णुप्रसाद बरालले रेडक्रसजस्तो पवित्र मानवीय संस्थाले सबै क्षेत्रबाट सहयोग प्राप्त गर्ने विश्वास व्यक्त गर्दै, अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माण समयको माग रहेको उल्लेख गर्नुभयो।
उक्त कार्यक्रममा कार्यपालिका सदस्य हरिमाया विक, वडा नम्बर ५ का निवर्तमान वडा अध्यक्ष धनबहादुर नेपाली, नेपाल रेडक्रस सोसाइटीका उपसभापति उर्मिला खड्का  लगायतका वक्ताहरूले धन्यवाद ज्ञापन गरेका थिए । वडा जनप्रतिनिधि कल्पना भुवाई,  मणिराम बराल तथा पोखरा ५ उपशाखा सभापति केशव राज बराल लगायतको उपस्थितिमा फर्निचर सामाग्री कास्की शाखा लाई हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रम सञ्चालन कास्की शाखा का वा मन्त्री रमा कोइरालाले गर्नुभएको थियो।

You can download or view the whole press release from the link below

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई वडा समिति द्वारा फर्निचर सहयोग

Download

Related News

logo

विपतपूर्व तयारीमा स्थानीय वडा कार्यालयसँगै रेडक्रस

 नेपाल रेडक्रस  सोसाइटी पोखरा ८ उपशाखाको आयोजना तथा पोखरा महानगरपालिका  ८ नं  वडा कार्यालयको सहयोगमा एक दिवसीय विपद व्यवस्थापन तालिम सम्पन्न भएको छ। वडा नम्बर ८मा रहेको त्रिशक्ति पार्टी प्यालेसमा आयोजित आयोजित तालिम पोखरा ८ उपशाहाका सभापति विष्णुप्रसाद बरालको सभापतित्वमा तथा पोखर...

Read More
logo

विपत् व्यवस्थापन अभिमुखीकरण

मिति २०८३ साल जेठ ९ गते शनिबार  नेपाल सोसाइटी कास्की शाखाको आयोजना तथा  नेपाल रेडक्रस  सोसाइटी मादी १ र २ उपशाखाको व्यवस्थापनमा एक दिवसीय विपत् व्यवस्थापन अभिमुखीकरण सम्पन्न भएको छ। अभिमुखीकरण मादी ताङतिङ आमा समूहको भवनमा सम्पन्न भएको थियो। नेरेसो मादी १,२ उपशाखाका सभापति गुमानध्वज गु...

Read More