महिला कानुनी साक्षरता अभिमुखीकरण कार्यक्रम सम्पन्न

man-donating-blood


पोखरा, २३ – नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा कास्कीको आयोजनामा तथा लैङ्गिक तथा सामाजिक समावेशीकरण समितिको व्यवस्थापनमा ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक दिने महिला कानुनी साक्षरता अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

 युनिका फाउन्डेसन, दि नेदरल्यान्ड्सका कन्ट्री डाइरेक्टर रमेश पौडेलको प्रमुख आतिथ्यता  रहेको उक्त कार्यक्रमको  सभापतित्व नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा कास्कीका कावा मन्त्री तथा लैङ्गिक समिति संयोजक रमा न्यौपाने (कोइराला) ले गर्नु भएको थियो।

 नेपाल रेडक्रस सोसाइटी, कास्की शाखाका उपसभापति उर्मिला खड्का ले स्वागत मन्तव्य राख्नु भएको थियो । सोही अवसरमा कास्की शाखाका सभापति डण्डराज शर्माले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुहुँदै  आ आफ्नो ठाउँ बाट रेडक्रस अभियान जोडिन आग्रह गर्नु भएको थियो 

प्रमुख अतिथि रमेश पौडेलले लैङ्गिक तथा सामाजिक समावेशिता सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गर्नुका साथै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भयो।

कार्यक्रममा अधिवक्ता भुवन पराजुली ले महिलासम्बन्धी कानुनी व्यवस्था तथा खानेपानी तथा सरसफाइ परियोजना प्रमुख कल्पना ज्ञवालीले  रेडक्रसको गतिविधिमा महिलाको भूमिका तथा प्रादेशिक रक्त सञ्चार केन्द्रकी नर्स यमुना केसी ले रक्तदाता उत्पेरणा तथा  सहजीकरण  बिषयमा प्रशिक्षण प्रदान गर्नु भएको थियो।

४८ वटा उपशाखाबाट ९६ जनाको सहभागिता रहेको उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम संयोजक रमा न्यौपाने कोईरालाले सहभागीहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उक्त  कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी कास्कि शाखा सदस्य तथा  लैङ्गिक समिति सचिब रमा  त्रिपाठीले गर्नुभएको थियो।


You can download or view the whole press release from the link below

महिला कानुनी साक्षरता अभिमुखीकरण कार्यक्रम सम्पन्न

Download

Related News

logo

स्वयमसेवक लक्षित समूह छलफल कार्यक्रम सम्पन्न

एसिया प्रशान्त क्षेत्रमा रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासंघ IFRC बाट सञ्चालन भइरहेको स्वयमसेवक सर्वेक्षण कार्यक्रम अन्र्तगत मिति २०८१ वैशाख ८ गते नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको सभाहलमा लक्षित समुह छलफलका कार्यक्रम सम्पन्न भएको छ । यस छलफलमा सहभागी भएका स्वयमसेवकहरुले विग...

Read More
logo

रक्तसेवा प्रवाह व्यवस्थापनमा TQM गुणस्तरीयता सम्बन्धी दुई दिने तालिम सम्पन्न

पोखरा २ र ३ नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको आयोजनामा रक्तसेवा प्रवाह व्यवस्थापनमा समग्र गुणस्तर व्यवस्थापन (TQM) तथा गुणस्तरीयता कायम गर्ने विषयमा केन्द्रित दुई दिने कर्मचारी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरिएको छ।तालिम २०८२ जेठ २ र ३ गतेका दिन शाखाको सभाहलस्थित गुप्तेश्वर कक्षमा सम...

Read More