"जन्मदिनमा रक्तदान अभियान: रेडक्रसको पहलले रगत अभाव हटाउँदै"

man-donating-blood

 जन्मदिनको अवसरलाई समाजसेवामुखी बनाउन नेपाल रेडक्रस सोसाइटीले "जन्मदिनमा रक्तदान गरौँ, रगत अभाव हटाऔँ" भन्ने उद्देश्यका साथ रक्तदान अभियान सुरु गरेको छ। अभियानको उद्घाटन नेपाल रेडक्रस सोसाइटीको कास्की प्रादेशिक कार्यालय, सृजनाचोकमा गरिएको हो।

५५औँ पटक रक्तदान गरिसकेका प्रमुख अर्जुन ज्ञवालीले बताएअनुसार, जन्मदिनमा रक्तदान गर्नुले व्यक्ति स्वयंलाई आत्मसन्तुष्टि मिल्ने मात्र होइन, रगतको अभावबाट उपचार नपाएका बिरामीलाई पनि ठुलो सहयोग पुग्छ। रेडक्रसले सबै रक्तदाताहरू र अहिलेसम्म रक्तदान नगरेकाहरूलाई यस अभियानमा सहभागी हुन आह्वान गरेको छ।

अभियानको विशेष कार्यक्रम अन्तर्गत नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्माको ७७औँ जन्मदिनको अवसरमा अगुवा रक्तदान कार्यक्रम आयोजना गरियो। कार्यक्रममा ८०औँ पटक रक्तदान गर्ने सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर थापालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुरुवात गरियो।

कार्यक्रमका व्यवस्थापक हरिश्चन्द्र शर्माका अनुसार, फजुल खर्चभन्दा समाज सेवाका कार्य गरी जन्मदिन मनाउँदा आत्मसन्तुष्टि र गौरव प्राप्त हुने छ।

कार्यक्रममा कास्की रेडक्रसका उपसभापति उर्मिला खड्काको अध्यक्षतामा कोषाध्यक्ष सन्तोष अधिकारी, का.बा. मन्त्री रमा कोइराला, पोखरा–२ र ३ का सभापति बिन्दु पराजुली, वरिष्ठ प्राविधिक महेन्द्र के.सी., कार्यालय प्रमुख मोहन सिंह खड्का र सञ्चारकर्मी तिर्थ के.सी. लगायतले रक्तदानको महत्वमाथि प्रकाश पारे।

हाल पोखरामा ६०० भन्दा बढी संघसंस्थाको सहकार्यमा ५,००० युनिट रगत संकलन भइरहेको छ।

You can download or view the whole press release from the link below

"जन्मदिनमा रक्तदान अभियान: रेडक्रसको पहलले रगत अभाव हटाउँदै"

Download

Related News

logo

रेडक्रस बुलेटिन २०८१ असार

यो नेपाल रेडक्रस सोसाइटीको २०८१ असार महिनाको बुलेटिन हो, जसमा विभिन्न मानवीय सेवा, आपतकालीन सहायता, र समाजसेवामा केन्द्रित कार्यहरू समेटिएका छन्।मुख्य बुँदाहरू:आपतकालीन व्यवस्थापन: विपद् व्यवस्थापन तथा राहत वितरणमा केन्द्रित।सामुदायिक विकास: शिक्षा, स्वास्थ्य सेवा, र जनचेतना अभियानहरू।स्वयंसेवा कार्...

Read More
logo

३० औ संरक्षण गोष्ठी सम्पन्न

चैत्र १६ गते नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की  जुनियर युवा समितिको आयोजनामा  कास्की जिल्लास्तरीय ३० आौ प्रधानाध्यापक एबम संरक्षक गोस्ठी शिक्षाबिद  जर्जजोन ज्युको प्रमुख आतिथ्यतामामा  सम्पन्न भएको छ  । साथै आगामी शैक्षिकसत्र २०८३ का लागि प्रस्ताबित कार्यक्रमहरु समेत प...

Read More