लोक नृत्य प्रतियोगिता सम्पन्न ।

man-donating-blood

फागुन १४, नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजना तथा जुनियर रेडक्रस सर्कल कास्की मोडनाइज एकेडेमीकाे आयोजनामा एकल खुल्ला लाेकनृत्य प्रतियोगिता सम्पन्न भएको छ।

कास्की शाखाले जुनियर रेडक्रसका विद्यार्थीहरूको प्रतिभाको खोजी गर्ने उद्देश्यले विभिन्न प्रतियोगितात्मक कार्यक्रम वार्षिक रुपमा सञ्चालन गरिँदै आएको छ । नृत्य प्रतियोगिता, लोकगीत प्रतियोगिता, कविता प्रतियोगिता, तीज गीत प्रतियोगिता, निबन्ध तथा वादविवाद प्रतियोगिता सँगै खेलकुद तथा बौद्धिक प्रतियोगिता समेत  वार्षिक रुपमा सञ्चालन गरिँदै आएका छन्।  सोही अन्तर्गत एकल नृत्य प्रतियोगितामा कास्की जिल्लाका १७ वटा जुनियर रेडकस सर्कलका विद्यालयहरू बीच सम्पन्न भएको छ। अत्यन्तै रोचक प्रतिस्पर्धात्मक प्रतियोगितामा  सान्त्वना  बेलमन एकेडेमीका इसालि अाले र कालिका मावि रामबजारका नशिनी परियार,  तृतीय कास्की मोडनाइज एकेडेमीका स्मृति थापा मगर द्वितीय  शिवशक्ति माविका अफिम पूर्जा र प्रथम प्रिमेश थापा छोरेपाटन माविले नगद, प्रमाणपत्र र सिल प्राप्त गरेका थिए।

कास्की माेडनाइजमा सञ्चालित कार्यक्रम नेपाल जुनियर रेडक्रस सर्कल कास्की मोडनाइजका अध्यक्ष स्वइच्छा राजकोटीको सभापतित्वमा सञ्चालित कार्यक्रम नेपाल रेडक्रस  सोसाइटी कास्की शाखाका सभापति उर्मिला खड्का भण्डारीको प्रमुख अतिथ्यतामा सञ्चालन गरिएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामबहादुर मोचीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने विद्यार्थीहरूले बाटोमाथिको माटो भन्ने गीतबाट सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्नुभएको थियो। कार्यक्रममा जुनीयर रेडक्रस तथा युवा समिति संयोजक एवं कास्की शाखाका उपमन्त्री डिल्लीराम बरालले कार्यक्रमको औचित्यमाथि प्रकाश संगै लाेकनृत्यका नियमसमेत प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा कास्की शाखाका मन्त्री सन्तोष अधिकारीले शुभकामना मन्तव्यका क्रममा विशेषगरी विद्यार्थी भाइबहिनीहरूको प्रतिभा प्रस्फुटन सँगै क्षमताको विकास र अन्तरसर्कल गतिविधिहरूको आदानप्रदान गर्ने थलोको रुपमा यस्ता प्रतियोगितालाई लिने गरेको कुरा व्यक्त गर्नुभयो। कास्की शाखाले गरेका विभिन्न गतिविधिहरूको समेत चर्चा परिचर्चा गर्नुभएको थियो। विशेषगरी रक्तदान कार्यक्रम सँगै संकटासन्नता समुदायमा रेडकसले प्रदान गर्दै आएको सेवाको बारेमा चर्चा समेत गर्नुभएको थियो।

कार्यक्रमको समापनमा प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि उर्मिला खड्का भण्डारीले रेडक्रसको आधार स्तम्भको रूपमा रहेका जुनियर रेडक्रस सर्कललाई सामाजिक क्रियाकलापसँगै स्वयंसेवाको भावनालाई जागृत गर्नका निम्ति र विद्यार्थी भाइबहिनीहरूको प्रतिभा प्रस्फुटन गर्न यस्तो कार्यक्रमको वार्षिक रूपमा नियमित आयोजना गर्ने गरिएको कुरा व्यक्त गर्नुभएको थियो ।  विद्यालयकै आयोजनामा रक्तदान कार्यक्रम समेत सञ्चालन गरिएको थियो। उक्त रक्तदान कार्यक्रममा ६८ जना रक्तदाताले रक्तदान समेत गरेका थिए सम्पूर्ण रक्तदातालाई सभापति भण्डारीले बधाई तथा धन्यवाद समेत व्यक्त गर्नुभएको थियो। प्रतियोगितात्मक कार्यक्रममा नेपाल रेडक्रस  सोसाइटी कास्की  उपसभापति रमा न्यौपाने कोइराला, सदस्य बबिता सुवेदी, पोखरा १४ उपशाखाका सभापति पदमबहादुर कार्की, संचार सेवाका प्रमुख अर्जुन ज्ञ वली कास्की शाखाका सूचना अधिकारी नवराज भण्डारी र रक्त सञ्चारका अन्य प्राविधिकहरू को समेत उपस्थिति रहेको थियो।

प्रतियोगितात्मक कार्यक्रमको  मीन गुरुङ, बुद्धिप्रसाद गुरुङ गाैरी र डिल्लीराम बरालले निर्णयककाे रूपमा रहनुभएको थियो।

You can download or view the whole press release from the link below

लोक नृत्य प्रतियोगिता सम्पन्न ।

Download

Related News

logo

स्वयमसेवक लक्षित समूह छलफल कार्यक्रम सम्पन्न

एसिया प्रशान्त क्षेत्रमा रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासंघ IFRC बाट सञ्चालन भइरहेको स्वयमसेवक सर्वेक्षण कार्यक्रम अन्र्तगत मिति २०८१ वैशाख ८ गते नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको सभाहलमा लक्षित समुह छलफलका कार्यक्रम सम्पन्न भएको छ । यस छलफलमा सहभागी भएका स्वयमसेवकहरुले विग...

Read More
logo

पोखरा १५ मा विपद ब्यवस्थापन सम्वन्धी प्रशिक्षण सम्पन्न

नेपाल रेडक्रस सोसाइटी पोखरा १५ उपशाखाको आयोजनामा मिति २०८२ असार १० गते विपद ब्यवस्थापन सम्वन्धी प्रशिक्षण सम्पन्न भएको छ । शिद्ध पब्लिक क्याम्पसको सभाहलमा संचालित प्रशिक्षण नेरेसो पोखरा १५ उपशाखाका सभापति शिववहादुर भण्डारीको सभापत्वि तथा पोखरा महानगरपालिका वडा नंं १५ का वडा अध्यक्ष तोरण वाँनियाको प्...

Read More