खोज नष्ट अभियानसँगै अभिमुखीकरण

man-donating-blood

गौरीशंकर बहुमुखी क्याम्पसमा सचेतना अभियान

 नेपाल  रेडक्रस  सोसाइटी,कास्कीको समन्वयमा नेपाल रेडक्रस सोसाइटी पोखरा २५ उपशाखाको आयोजनामा रेडक्रस अभियान एवं डेङ्गी संक्रमण तथा रोकथाम  सम्बन्धी अभिमुखीकरण कार्यक्रम पोखरा २५ गौरीशंकर बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ।

रेडक्रस कास्कीले बर्षाको समय देखि डेङ्गी रोग संक्रमणबाट बचाउनको निम्ति सामुदायिक गतिविधिहरू सञ्चालन गरिरहेको छ । कास्की जिल्लाभित्रका विद्यालयहरूमा अभिमुखीकरण संकटासन समुदायका टोलटोलमा खोज र नष्ट गर अभियान मार्फत समुदायमा सचेतना दिलाउनु र डेङ्गी संक्रमण रोक्नु नै यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। 

सहरी तथा ग्रामीण भूभागका समुदायकै व्यक्तिहरू तथा विद्यालयका विद्यार्थीहरूको सहभागितामा डेङ्गीका फुल, लार्भा नष्ट गर्ने अभियान  तीव्रताका साथ अगाडि बढाइएको छ। चिसोमा समेत अनुकूल तापक्रम भएका कारण पानी जम्ने ठाउँ हेमजाका आसपासमा धेरै ठाउँ भएका कारण पोखरा २५ हेम्जामा समेत डिङ्गी सम्बन्धी  संक्रमित व्यक्तिहरू अहिले पनि देखिएको र लामखुट्टेहरू समेत दिउँसोको समयमा सक्रिय हुने भएको कारण समेत सङ्क्रमण देखिएको पाइएको छ।

नेपाल रेडक्रस सोसाइटी पोखरा २५ उपशाखाका सभापति नेत्रपाणी भण्डारीको सभापतित्वमा तथा नेपाल रेडक्रस  सोसाइटी  कास्कीका कोषाध्यक्ष मोहनसिंह खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे । ब्यानर पढेर हस्ताक्षर सहित उद्घाटन भएको कार्यक्रममा प्रमुख अतिथिको मन्तव्यमा खड्काले रेडकस अभियानमा स्वयंसेवको भूमिका सँगै ग्रामीण भूभाग तथा विद्यालयहरूमा समेत खाल्टाखुल्टीमा पानी जम्मा हुनु अव्यवस्थित फोहोर तथा प्लास्टिक र सिसाजन्य बोतल एवम् विर्कोहरूमा पानी जम्मा भई लामखुट्टेहरूले बासस्थान वृद्धि गर्न सहयोग पुग्ने खालका गतिविधि भएका साथै जलवायु परिवर्तनका कारण तापमानमा वृद्धि भएको जसले एडिजातका लामखुट्टेहरूको जीवन चक्र प्रतिकूल वातावरण भएको कारण सङ्ख्या वृद्धि भएको छ। यसैको वृद्धिलाई रोक्न विद्यालय तथा समुदायमा अभिमुखीकरणसँगै खोज र नष्ट गर अभियानलाई अगाडि बढाउनु पर्ने विषयमा जोड दिनुभएको थियो। उक्त कार्यक्रममा क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेलले सबैलाई स्वागत गर्दै डेङ्गी संक्रमणसँगै रेडक्रस अभियानको बारेमा चर्चा गर्नुभएको थियो। नेपाल रेडक्रस  सोसाइटी पोखरा २५ उपशाखाका सचिव रमा त्रिपाठी, युवा रेडक्रस  सर्कल गौरीशंकर क्याम्पसका अध्यक्ष मन्जु सुनार लगायतले आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। अभिमुखीकरण कार्यक्रममा नेपाल रेडक्रस  सोसाइटी कास्की शाखाका प्रशिक्षक नवराज भण्डारीले डेङ्गु रोगका लक्षण यसबाट बच्ने उपाय र अवलम्बन गर्नुपर्ने विधिका बारेमा सहजीकरण गर्नुभएको थियो कार्यक्रममा १०० जना विद्यार्थी, शिक्षक, उपशाखाका पदाधिकारी तथा सदस्यहरूहरूको सहभागिता रहेको थियो भने उक्त कार्यक्रमको सञ्चालन युवा रेडक्रस सर्कल गौरीशंकर क्याम्पसका सचिव धनदेवी जिसीले गर्नुभएको थियो । विद्यालयमा यस्तो खालको जनचेतनामूलक गतिविधि सञ्चालन गर्नुभएकोमा नेपाल रेडक्रस सोसाइटी कास्की  परिवारलाई गौरीशंकर क्याम्पसका विद्यार्थी लक्ष्मी भट्टराईले धन्यवाद दिँदै आफ्नो विद्यालय तथा समुदायमा यहाँ प्राप्त गरेको ज्ञान प्रयोग गरी डेङ्गु संक्रमणबाट बच्नको निम्ति जनचेतना फैलाउँदै खोज र नष्ट गर अभियान विद्यालयमा केही ठाउँमा लामखुट्टेका फूल तथा लार्भाहरु भेटिएका र त्यो नष्ट गरिएको समेत पाइयो।

You can download or view the whole press release from the link below

खोज नष्ट अभियानसँगै अभिमुखीकरण

Download

Related News

logo

रेडक्रस बुलेटिन २०८१ असार

यो नेपाल रेडक्रस सोसाइटीको २०८१ असार महिनाको बुलेटिन हो, जसमा विभिन्न मानवीय सेवा, आपतकालीन सहायता, र समाजसेवामा केन्द्रित कार्यहरू समेटिएका छन्।

मुख्य बुँदाहरू:

  1. आपतकालीन व्यवस्थापन: विपद् व्यवस्थापन तथा राहत वितरणमा केन्द्रित।
  2. सामुदायिक विकास Read More
logo

अन्नपूर्ण -३ मराम्चेमा ‘एक घर, एक धारा’ खानेपानी आयोजना उद्घाटन

अन्नपूर्ण-३ मराम्चे खानेपानी तथा सरसफाइ परियोजना आज एक भव्य समारोहका बीच उद्घाटन सम्पन्न भएको छ। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा स्थानीय समुदायलाई  परियोजना...

Read More