५ करोडको लागतमा अर्नाकोटमा खानेपानी आयोजना सन्चालन बिषय अन्तरक्रिया कार्यक्रम सम्पन्न

man-donating-blood

पोखरा, १० वैशाख 

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले प्रस्तावित अर्नाकोट ग्रामिण खानेपानी (लिफ्टिङ) स्तरोन्नतीका सन्दर्भमा सरोकारवाला तथा दातृ निकाय बीच अन्तlक्र्रया गरेको छ । बागलुङको निसीखोला गाउँपालिका २ अर्नाकोट देवीस्थानमा १ घर १ धारा खानेपानी परियोजना सञ्चालनको बारेमा कार्यक्रम गरेको रेडक्रस सोसाइटी कास्कीका सभापति उर्मिला खड्का भण्डारीले जानकारी दिइन् । कार्यक्रममा निसीखोला गाउँपालिका र कर्मफ्लाइट फाउण्डेशन नेपाल पोखराले रेडक्रस कास्कीका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई सम्मान समेत गरेको छ । 

रेडक्रस सोसाइटी कास्की खानेपानी तथा सरसफाई परियोजना प्रमुख कल्पना ज्ञवालीले निसीखोलाको सिरको अर्नाकोटमा रेडक्रसले १२ वर्ष अगाडी लिफ्टिङ मार्फत ४२ सामुदायिक धारा सहितको खानेपानी आयोजना बनाएको जानकारी दिइन् । सोही खानेपानी आयोजनाको स्तरोन्नती गरी नयाँ पम्प थपेर १ घर १ धाराको लागि प्रस्ताव अगाडी बढाएको उनले उल्लेख गरिन् । उनले करिब ५ करोडको लागतमा बन्ने परियोजनाबाट १ हजार ८ सय ८७ जना लाभान्वित हुने बताइन् । 

खानेपानी तथा सरसफाई परियोजनाका ईञ्जीनियर सागर गौतमले रेडक्रस कास्कीले खानेपानी आयोजनाको बारेमा सम्भाव्यता अध्ययन गरेको जानकारी दिए । उनले हरेक घरमा पानी पु¥याउँदा २ सय ८६ धारा जडान गर्नु पर्ने बताए । उनले १ हजार ८ सय ४५ मिटर उचाईमा रहेको हाँडीचार मुलबाट लिफ्टिङमार्फत २ हजार २ सय ६३ मिटरको उचाईमा खानेपानी पुर्याउने  योजना सुनाए । उनले श्रोत सुनिश्चित भए परियोजना अगाडी बढ्न सक्ने बताए । 

दातृ निकाय युनिका फाउण्डेशन दि नेदरल्याण्डका राष्ट्रिय निर्देशक रमेश पौडेलले १ घर १ धाराको सरकारी नीतिमा अर्नाकोट समेटिन पर्ने बताए । उनले सरोकारवाला सबैको समन्वयमा आगामी सेप्टेम्बर महिनासम्ममा परियोजना अगाडी बढ्न सक्ने संकेत गरे । 

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले अर्नाकोटको खानेपानीको ठुलो समस्याप्रति पालिकाले चिन्ता र चासो व्यक्त गरेको बताए । ‘आवश्यक श्रोत साधन नभएको स्थानीय तह गरिब छ,’उनले भने, ‘त्यहाँ खानेपानी पु¥याउने त्रिब्र चाहना छ । स्थानीय तह पन्छिने पक्षमा छैन ।’ उनले दातृ निकाय, रेडक्रस लगायतका सबै सरोकारवालाको समन्वयमा खानेपानी आयोजना अगाडी बढाउने पक्षमा पालिका रहेको जनाए । 

निसीखोला २का वडा अध्यक्ष कुवीर विश्वकर्माले पालिकाको रातो किताबमा खानेपानी आयोजना परेको भएता पनि बजेट अभावमा काम अगाडी बढ्न नसकेको जानकारी दिए । अर्नाकोट बस्तीमा नजिकै पानीको मूल नभएको जानकारी दिदै उनले लिफ्ट आयोजना दीर्घकालीन नभएको बताए । 

अर्नाकोट देउराली खानेपानी उपभोक्ता समितिका सचिव ओमबहादुर रसाइलीले 

केही वर्षअघि अर्नाकोटमा लिफ्टिङ प्रविधिबाट ल्याइए पनि पटक–पटक बिग्रिएर समस्या भएको बताए । उनले विसं २०४७ मा ल्याएको ल्याएको खानेपानी आयोजनाको मुहान सुक्दा अर्नाकोटबाट हरेक दिन बसाइ सर्नेहरु बढिरहेको दाबी गरे । अर्नाकोट माविका प्रधानाध्यापक ईश्वर सिर्पालीले विद्यार्थी संख्या बढेपनि पानीको जोहो गर्नुपर्ने बाध्यताले पठनपाठन असर गरिरहेको जानकारी दिए । विद्यालयमा पर्याप्त पानी नहुँदा विद्यार्थी शिक्षकहरु सरसफाइदेखि स्वास्थ्यका क्रियाकलापसमेत प्रभावित भएको उनको भनाइ छ ।

कार्यक्रममा नेपाल रेडक्रस कास्कीका सभापति उर्मिला खड्का भण्डारी, निवर्तमान सभापति डण्डराज शर्मा, उपसभापति रमा कोइराला न्यौपाने, मन्त्री सन्तोष अधिकारी, कोषाध्यक्ष मोहनसिंह खड्का, उपकोषाध्यक्ष कालीदास सापकोटा, कार्यसमितिका सदस्य महेश्वर दवाडी, अर्नाकोट मावि व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर कुँवर, कर्मफ्लाइट फाउण्डेशन नेपालका निर्देशक प्रेमबहादुर कँुवरले अर्नाकोटको खानेपानीको समस्याको बारेमा बोलेका थिए । 





You can download or view the whole press release from the link below

५ करोडको लागतमा अर्नाकोटमा खानेपानी आयोजना सन्चालन बिषय अन्तरक्रिया कार्यक्रम सम्पन्न

Download

Related News

logo

विभिन्न प्रतियोगिताको नतिजा प्रकाशन

पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाअन्तर्गत जुनियर तथा युवा समितिको आयोजनामा सम्पन्न विभिन्न जिल्ला स्तरीय प्रतियोगिताको अन्तिम अाज नतिजा सार्वजनिक गरिएको छ।जिल्ला स्तरीय प्रतिस्पर्धात्मक कार्यक्रमअन्तर्गत निबन्ध लेखन, अल्वम तथा चित्रकला प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएका िथए । प्रतिय...

Read More
logo

विपद् पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी दुईदिने तालिम

नेपाल रेडक्रस सोसाइटी कास्की लैङ्गिक तथा सामाजिक समावेशीकरण समिति कास्कीकाे आयोजना  तथा  नेपाल सोसाइटी पोखरा १७ उपशाखाको व्यवस्थापनमा विपद् पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी दुईदिने तालिम २०८२ जेष्ठ ३० र ३१ गते सम्पन्न भएको छ । उद्घाटन सत्रमा युनिका फाउन्डेसन दी नेदरल्यान्डका कन्ट्री डाइर...

Read More