"गोरखा भूकम्पको सम्झनामा पोखरामा भूकम्प सिकाइ प्रदर्शनी, रेडक्रस कास्कीको सक्रिय सहभागिता"

man-donating-blood

वैशाख १२ गते गोरख भूकम्पको सम्झनामा  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान को आयोजनामा पृथ्वी नारायण क्याम्पस पोखरामा संचालित भूकम्प सिकाइ प्रदर्शनीमा नेपालको रेडक्रस सोसाइटी कास्की शाखाले स्टल व्यवस्थापन गरी सूचना तथा सञ्चार सम्बन्धी जानकारीसँगै सिकाई आदानप्रदान गरिएको छ। साथै प्राथमिक  उपचार सेवा समेत प्रदान गरिएको थियो । रेडक्रस अभियान अन्तर्गत  दिईने सेवाका विषयमा अवलोकन गर्न आउने सहभागिहरुलाई जानकारी गराइएको थियो । भुकम्पवाट वच्ने उपाय र भुकम्प पछि भएका घाईतेहरुलाई गरिने प्राथमिक उपचार र राहतका गतिवधि झल्कने विषय वस्तु रेडक्रस कास्कीले प्रदर्शन गरिएको थियो । प्रर्दशनीमा कास्की शाखाका कर्मचारी कल्पना ज्ञवली, नवराज भण्डारी, दिपकनाथ भण्डारी नर्स यमुना केसी र स्वंसेवक हेममाया तामाङ, मनिला कुवँरले सहभागिहरुलाई जानकारी गराउनु भएको थियो । उक्त प्रदर्शनमा करिव २००० जनाले अवलोकन गरेका थिए । 

प्रर्दशनिमा कास्की रेडक्रसको तर्फवाट सभापति उर्मिला खड्का भण्डारी, निवर्तमान सभापति डण्डराज शर्मा, महिला उपसभापति रमा न्यौपाने कोइराला, उपसभापति सुरेन्द्र गुरुङ, कोषाध्यक्ष मोहनसिंह खड्रका सदस्य खगेन्द्रराज पराजुलिको अनुगमन रहेको थियो । 

You can download or view the whole press release from the link below

"गोरखा भूकम्पको सम्झनामा पोखरामा भूकम्प सिकाइ प्रदर्शनी, रेडक्रस कास्कीको सक्रिय सहभागिता"

Download

Related News

logo

पोखरा वडा नं. २ द्वारा प्रादेशिक रक्त सञ्चार सेवालाई सिबिसी एनालाइजर किट प्रदान

पोखरा महानगरपालिका-२ नम्बर वडा कार्यालयले नेपाल रेडक्रस सोसाइटी कास्की अन्तर्गतको प्रादेशिक रक्त सञ्चार सेवालाई सिबिसी एनालाइजर किट प्रदान गरेको छ। यो सहयोगले रक्त सञ्चार सेवाले रगतको गुणस्तर छुट्याएर सेवा दिन सक्ने भएको छ।वडा अध्यक्ष दिवसमान प्रधानांगले रेडक्रसजस्तो सामुदायिक संस्थाको सेवामा सबै ना...

Read More
logo

एक घर, एक प्राथमिक उपचार अभियानअन्तर्गत आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न

एक घर एक प्राथमिक उपचार भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की जुनियर तथा युवा समितिको आयोजनामा मिति २०८१ साल फागुन १५ गतेदेखि १८ गतेसम्म आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन भइरहेको छ । उद्घाटन सत्रको क्रममा समितिका संयोजक रमेशराज भण्डारीको अध्यक्षतामा तथा प्रतिनिधि सभा सदस्य...

Read More