एक घर एक प्राथमिक उपचार भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की जुनियर तथा युवा समितिको आयोजनामा मिति २०८१ साल फागुन १५ गतेदेखि १८ गतेसम्म आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन भइरहेको छ । उद्घाटन सत्रको क्रममा समितिका संयोजक रमेशराज भण्डारीको अध्यक्षतामा तथा प्रतिनिधि सभा सदस्य माननीय दामोदर पौडेल बैरागीको प्रमुख आतित्थ्यतामा कार्यक्रम पानसमा दीप प्रज्वलित गरी समुद्घाटन गरिएको थियो। प्रमुख अतिथिको समुद्घाटन मन्तव्यमा युवाहरूलाई प्रदान गरेको प्राथमिक उपचार तालिमले समुदाय हुनसक्ने दुर्घटनामा जोखिम कम हुने साथै भइहालेमा तत्काल प्राथमिक उपचार गरी जीवन रक्षामा सहयोग पुग्ने कुरा व्यक्त गर्नुभयो। युवाहरूलाई प्रदान गरिएको उत्प्रेरणामूलक मन्तव्यबाट सहभागीहरु अत्यन्तै लाभन्वित भएका थिए। समुद्घाटन कार्यक्रममा शाखाका सभापति डण्डराज शर्मा ज्यूले स्वागत मन्तव्य सँगै रेडक्रस अभियानका बारेमा युवाहरूलाई जानकारी गराउनुभएको थियो। साथै रेडक्रसका सात सिद्धान्त कास्की शाखाका का.वा मन्त्री रमा कोइरालाले वाचन गर्नुभएको कार्यक्रममा तालिमको शुभकामना दिँदै कास्की शाखाका कोषाध्यक्ष सन्तोष अधिकारीले युवाहरूलाई प्राथमिक उपचारको तालिम जस्ता सीपमूलक तालिमहरू वार्षिक कार्यक्रममा राखी निरन्तर गरिएको कुरा जानकारी गराउनुभयो साथै समुदायमा हुनसक्ने दुर्घटनामा तत्काल प्राथमिक उपचार गरी अस्पतालसम्म लगेमा जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका रहने बताउनुभयो। तालिममा प्रशिक्षकका रूपमा नवराज भण्डारी, सूर्यप्रसाद तिमल्सिना, मित्रलाल सुवेदी र लीला देवकोटा रहनुभएको छ। तालिममा कास्की जिल्लाभित्रका २२ जना युवाहरू सहभागी छन्। कार्यक्रमको सञ्चालन कास्की जिल्ला सदस्य एवं जुनियर युवा समितिका सचिव बबिता सुवेदी गर्नुभएको थियो । साथै समापन कार्यक्रम मिति २०८१ साल फागुन १८ गते कास्की शाखाको सवाहलमा सम्पन्न भयो। कार्यक्रममा जुनियर युवा समितिका संयोजक रमेशराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम युनिका फाउन्डेसन दि नेदरल्यान्डका कन्ट्री डाइरेक्टर रमेश पौडेलकाे प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्वागत मन्त्ब्य राख्दै कास्की शाखाका सभापति डण्डराज शर्माले समुदायमा रेडक्रस युवा स्वयंसेवकहरु परिचालन हुन अनुरोध गर्नुभएको थियो। कार्यक्रम मा सहभागीको तर्फबाट सुष्मा थापा र मिनबहादुर कुँवरले मन्तव्य राख्नुभएको थियो। मन्तव्य राख्ने क्रममा प्राथमिक उपचारको तालिम अत्यन्तै फलदायी भएको र समुदायमा गएर यो तालिमबाट सिकेका कुराहरू आवश्यक परेमा सहयोग गर्ने कुरा प्रतिबद्ध व्यक्त समेत गर्नुभएको थियो। तालिमको समापनमा तालिमका संयोजक नवराज भण्डारीले सहभागीहरुले सिकेको ज्ञान समुदायमा अत्यन्तै फलदायी हुने कुरा आशा व्यक्त गर्नुभएको थियो। साथै तालिममा उत्कृष्ट हुने सहभागीहरुलाई पुरस्कार वितरणको साथै प्रमाणपत्र समेत वितरण गर्नुभएको थियो। सहभागीहरूलाई रेडक्रसको टोपीसहित सम्मान गरिएको थियो । प्रमुख अतिथि रमेश पौडेलले विशेषगरी संकटासन्न समुदायमा रेडकसले पुर्याएको योगदानप्रति उच्च सम्मान गर्दै आफू रेडक्रससँग जोडिन पाउनुमा अत्यन्तै खुसी व्यक्त गर्नुभएको थियो। समुदायमा यस्ता दक्ष स्वयंसेवकहरू उत्पादन गर्न सकेमा समुदायमा हुने दुर्घटना, घटना तथा सडक घटनाबाट मान्छेको मृत्यु दरमा कमी ल्याउन सकिने कुरा व्यक्त गर्नुभएको थियो। समापन कार्यक्रममा जिल्ला शाखाको उपसभापति उर्मिला खड्का, कोषाध्यक्ष सन्तोष अधिकारी, उप कोषाध्यक्ष तथा प्राथमिक उपचार तथा जनशक्ति विकास समितिका संयोजक विष्णु प्रसाद भण्डारी जिल्ला शाखाका सदस्य खगेन्द्रराज पराजुली, सुभाष अधिकारी पार्वती कार्किको उपस्थिति रहेको थियो। शाखाका जुनियर युवा समितिका संयोजक रमेशराज भण्डारीले विगतदेखिनै युवा तथा जुनियरलाई रेडक्रसमा सक्रिय बनाउँदै यस्ता सीपमूलक प्रशिक्षण सञ्चालन गरिरहेको व्यहोरा जानकारी गराउँदै सम्पूर्ण उपस्थित सहभागी, प्रमुख अतिथि, अतिथि, जिल्ला शाखाका पदाधिकारी सदस्यज्यूहरू प्रशिक्षक संयोजक सहित सम्पूर्ण साथीहरू लगायत सम्पूर्ण व्यक्तिलाई धन्यवाद ज्ञापन सहित कार्यक्रमको समापन गर्नुभएको थियो। समापन कार्यक्रम युवा तथा जुनियर समितिको सचिव बबिता सुवेदीले सञ्चालन गर्नुभएको थियो।
एक घर, एक प्राथमिक उपचार अभियानअन्तर्गत आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न
Download