रेडक्रसको पालिका शाखाका पदाधिकारी तथा सदस्यको पदस्थापना

man-donating-blood


पोखरा, २५ चैत 

नेपाल रेडक्रस सोसाइटीले कास्कीमा पालिका स्तरको संरचना निर्माण गरेको छ । 

रेडक्रसको विधान २०२० (संशोधित २०८२) अनुसार सबै पालिका शाखामा तदर्थ समिति गठन भएको हो । रेडक्रस कास्कीले बुधबार आयोजना गरेको कार्यक्रममा पालिका तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरुको पदस्थापना गरिएको छ । 

कार्यक्रममा रेडक्रस कास्कीका मन्त्री सन्तोष अधिकारीले तदर्थ समितिको नामावली घोषणा गरे । रेडक्रस कास्कीका सभापति उर्मिला खड्का भण्डारीले पदाधिकारी तथा सदस्यलाई सपथ गराइन् । रेडक्रस कास्कीका अनुसार पोखरा १७ उपशाखाका निवर्तमान सभापति हरिकुमार श्रेष्ठको संयोजकत्वमा रेडक्रस पोखरा महानगरपालिका स्तरीय तदर्थ समिति गठन गरिएको छ । समितिको सचिव इन्दिरा पन्त र कोषाध्यक्ष नेत्रपाणि भण्डारी छन् । ७ सदस्यीय समितिको सदस्यमा विन्दु पराजुली, पुरुषोत्तम लामिछाने, कृष्णप्रसाद दाहाल, विन्दुराज तिवारी रहेको रेडक्रस कास्कीका सभापति खड्काले जानकारी दिइन् ।

त्यस्तै रुपा गाउँपालिका स्तरीय तदर्थ समितिको संयोजक काशीराम घिमिरे, सचिव सन्दिप सुवेदी, कोषाध्यक्ष कल्पना सुवेदी छन् । समितिको सदस्यमा हर्कबहादुर खत्री, तीर्थराज न्यौपाने, रामचन्द्र सापकोटा, मेघादेवी बस्यौला रहेका छन् । यसैबिच माछापुच्छ«े ४का विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ७ सदस्यीय माछापुच्छ«े गाउँपालिका स्तरीय तदर्थ समिति गठन गरिएको छ । समितिको सचिव कृष्णप्रसाद चापागाई र कोषाध्यक्ष प्रेमकुमारी अधिकारी र सदस्यमा टेकराज आचार्य, विश्वमोहन पोखरेल, कमला दवाडी र लक्ष्मी गौतम चयन भएका छन् । 

रेडक्रस अन्नपूर्ण गाउँपालिका स्तरीय तदर्थ समितिको संयोजक नारायणप्रसाद भण्डारी, सचिव मीनाकुमारी गुरुङ र कोषाध्यक्ष नुमलाल देवकोटा छन् । सदस्यमा झनकबहादुर खत्री, पदमप्रसाद पौडेल, खिमा खत्री र हरिबहादुर केसी चुनिएको रेडक्रस कास्कीका सभापति खड्काले बताइन् । मादी गाउँपालिका स्तरीय तदर्थ समितिको संयोजक सोमनाथ अधिकारी, सचिव नारायणप्रसाद बराल र कोषाध्यक्ष शान्तिदेवी अधिकारी छन् । समितिको सदस्यमा शुक्रराज सापकोटा, गुमानध्वज गुरुङ, चन्द्रकान्त अधिकारी र हिरा विक रहेका छन् । 

रेडक्रस कास्कीका सभापति खड्काले नयाँ विधानले राज्यको सघीय संरचनाअनुसार नेपाल रेडक्रसको संरचनालाई परिमार्जन गरी स्थानीय तहमा कार्यमुखी बनाउन जोड दिएको जानकारी दिइन् । रेडक्रसका विधान र मापदण्ड अनुसार पालिका तहमा संरचना बनाएको उल्लेख गर्दै उनले आगामी १ महिनाभित्र निर्वाचन गर्न तदर्थ समितिलाई सुझाव दिइन् । 

रेडक्रस कास्कीमा मन्त्री अधिकारीले पालिका शाखाको गठन प्रक्रिया, काम कर्तव्य र अधिकार र आचार संहिता बारे प्रष्ट पारे । उनले तदर्थ समिति गठन सम्बन्धी मार्गदर्शनको अधिनमा रहेर गण्डकी प्रदेशको समन्वयमा काम गरेको जानकारी दिए । कार्यक्रममा रेडक्रस कास्कीका निवर्तमान सभापति डण्डराज शर्मा पौडेल, उपसभापति रमा कोइराला न्यौपाने, कार्यसमितिका सदस्य खगेन्द्रराज पराजुलीले बोलेका थिए ।

You can download or view the whole press release from the link below

रेडक्रसको पालिका शाखाका पदाधिकारी तथा सदस्यको पदस्थापना

Download

Related News

logo

नेपाल रेडक्रस सोसाइटी कास्कीद्वारा विभिन्न गाउँपालिकामा खानेपानी परियोजनाको अनुगमन

नेपाल रेडक्रस सोसाइटी कास्कीद्वारा विभिन्न गाउँपालिकामा खानेपानी परियोजनाको अनुगमन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको अगुवाइमा तथा द युनिका फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालित खानेपानी परियोजनाहरूको अनुगमन गरिएको छ। अनुगमनका क्रममा स्थानीय समुदायको सक्रिय सहभागिता रहनुका साथै परियोजनाको प्र...

Read More
logo

नेपाल रेडक्रस सोसाईटी कास्की शाखा जिल्ला स्तरीय २६ औं महिला गोष्ठी पोखरामा सम्पन्न ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अन्तर्गत लैङ्गिक तथा सामाजिक समावेशीकरण समीतीको २६ औ जिल्ला स्तरीय महीला गोष्ठी एबम डेगी रोग सम्बन्धी सचेतना कार्यक्रम पुस ५  गते  गण्डकी प्रदेश माननीय भुमी ब्यबस्था तथा सहकारी मन्त्री पदमा जि सी को प्रमुख आतिथ्यथामा सम्पन्न भयो ।नेपाल रेडक्रस सोसाइटी कास्...

Read More