चित्रकला प्रतियोगिता सम्पन्न

man-donating-blood

मिति २०८२ साल पौष २५ गते, नेपाल रेडक्रस  सोसाइटी कास्कीकाे आयोजना तथा जुनियर रेडक्रस सर्कल महेन्द्र मावि पाेखरा २० भलामको व्यवस्थापनमा कास्की जिल्लाका जुनियर सर्कलहरू बीच खुल्ला चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी कास्कीको वार्षिक कार्यक्रम अन्तर्गत जुनियर रेडक्रस सर्कलका विभिन्न गतिविधिहरू सञ्चालनमा छन् जस्तै सर्कल गठन तथा पुनर्गठन,  विद्यालयमा प्राथमिक उपचार सेवा, जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम, प्रतियोगितात्मक कार्यक्रम, अन्तरसर्कल हातेमालो कार्यक्रम नियमित रूपमा सञ्चालन गरिँदै आएका छन्। विशेष गरी विद्यालयका बालबालिकाहरूको प्रतिभा प्रस्फुटनसँगै कलात्मक क्षमतालाई उजागर गर्नको निम्ति खुला चित्रकला प्रतियोगिता सञ्चालन गरिएको हो। 

कार्यक्रमको उद्घाटन जुनियर रेडक्रस सर्कलका अध्यक्ष करुणा बास्तोलाको सभापतित्वमा सम्पन्न भएको हो। प्रमुख अतिथिका रूपमा नेपाल रेडक्रस सोसाइटी कास्कीका उपमन्त्री एवं संयोजक डिल्लीराम बरालले पानसमा दीप प्रजनन गरी उद्घाटन गरिएको थियो।  विशिष्ट अतिथिका रूपमा पोखरा महानगरपालिका–२० का वडा सदस्य गंगाबहादुर क्षेत्रीको उपस्थिति रहेको थियो साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम पौडेल, प्रधानाध्यापक/संरक्षक बोधराज पौडेल, नेपाल रेडक्रस साेसाइटी कास्कीका सदस्य श्रीकान्त पौडेल, कास्की शाखाका सूचना अधिकारी नवराज भण्डारी लगायत उपस्थित रहेको थियो ।  उद्घाटन सत्रमा नेपाल रेडक्रस सोसाइटी पोखरा २० उपशाखाका सभापति हिमबहादुर बस्नेत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम पौडेल लगायतले नेपाल रेडक्रस  सोसाइटी र जुनियर सर्कलको भूमिकासँगै चित्रकला प्रतियोगिताको बारेमा आफ्ना भनाइहरु व्यक्त गर्नुभएको थियो। 

कास्की जिल्लाका १५ वटा सर्कल प्रतियोगीको रूपमा रहेका थिए। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना प्राप्त गर्ने सहभागीहरूलाई युवा तथा जुनियर गोष्ठीमा पुरस्कार वितरण गरिने छ । उपस्थित सम्पूर्ण सहभागीहरूलाई सहभागिताको प्रमाणपत्र भने वितरण गरिएको थियो।

कार्यक्रमको समापनमा जुनियरका सर्कलका शिक्षक नायक राजाराम पौडेल, विद्यालयका प्रधानाध्यापक बाेधराज पौडेलले सबैलाई धन्यवाद दिनुभएकाे थियाे । आगामी दिनमा समेत रेडकसका अभियानहरू यसरी सञ्चालन गरिदिनुहुनको लागि अनुरोध समेत व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको समापन जुनियर रेडक्रस सर्कलका अध्यक्ष करुणा बास्तोलाले धन्यवाद सहित समापन गर्नुभएको थियो।

You can download or view the whole press release from the link below

चित्रकला प्रतियोगिता सम्पन्न

Download

Related News

logo

नेरेसाे पोखरा ३३ को निर्वाचन सम्पन्न

नेरेसाे पाेखरा ३३ उपशाखामा शतिस निर्वाचित ।नेपाल रेडक्रस सोसाइटी पोखरा–३३ उपशाखाको निर्वाचनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। मिति २०८२ माघ ७ गते सम्पन्न निर्वाचनअनुसार सभापति शतिस लामिछाने निर्वाचित हुनुभएको छ। त्यस्तै महिला उपसभापतिमा भगवती पोखरेल, सचिवमा नवराज भण्डारी, कोषाध्यक्...

Read More
logo

सडकमै प्राथमिक उपचार सेवा

नेपाल रेडक्रस सोसाइटी कास्कीले समुदायमा हुनसक्ने दुर्घटनालाई मध्येनजर गर्दै आफ्ना प्राथमिक उपचार तालिम प्राप्त दक्ष स्वयंसेवकहरू परिचालन गरी तत्काल प्राथमिक उपचार सेवा प्रदान गर्दै आएको छ। सम्भावित दुर्घटनास्थलमा आफ्ना स्वयंसेवकहरू नियमित रूपमा परिचालन गर्दै आइरहेको पनि छ जस्तै सडक दुर्घटना, विपतजन्...

Read More