गण्डकी स्तरीय चौँठो जुनियर तथा युवा रेडक्रस गोष्ठी पोखरामा सम्पन्न

man-donating-blood


नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशको आयोजना, कास्की शाखाको व्यवस्थापन तथा जुनियर रेडक्रस सर्कल रतन पाण्डे मा.वि.को आतिथ्यतामा गण्डकी स्तरीय चौँठो जुनियर तथा युवा रेडक्रस गोष्ठी पोखरामा सम्पन्न भएको छ।
नेपाल युवा रेडक्रस सर्कल रतन पाण्डे माध्यमिक विद्यालय, आर्वामा माघ १६ देखि १८ गतेसम्म सञ्चालन भएको यस शिविरमा गण्डकी प्रदेशका ११ जिल्ला प्रतिनिधिहरू को सहभागिता रहेको थियो।
गोष्ठीको उद्घाटन गण्डकी प्रदेशका माननीय स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले गर्नुभएको थियो भने समापन समारोहमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य ले युवाहरूलाई सामाजिक सेवामा सक्रिय बनाउने कार्यमा रेडक्रस जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। साथै, उहाँले विद्यार्थीहरूलाई निस्वार्थ भावनाका साथ सेवामूलक कार्यमा संलग्न हुन आग्रह गर्नुभयो।
कार्यक्रममा गण्डकी प्रदेशभरिका जुनियर तथा युवा रेडक्रसकर्मीहरूको प्रतिनिधिमूलक सहभागिता रहेको थियो।

You can download or view the whole press release from the link below

गण्डकी स्तरीय चौँठो जुनियर तथा युवा रेडक्रस गोष्ठी पोखरामा सम्पन्न

Download

Related News

logo

सचेतना कार्यक्रम सम्पन्न

डेङ्गु सचेतना सम्बन्धी तीन महिना अभियान सम्पन्न ।ब्रिटिस रेडक्रस तथा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वयमा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाद्वारा तिन महिना डेङ्गी रोग सचेतना अभियान सघन रुपमा कास्की जिल्लाभरि सञ्चालन गरियो। यस कार्यक्रम अवधिमा  २८  सामुदायिक विद्यालय १ संस्था...

Read More
logo

कास्की रेडक्रसमा GAP र IFRC प्रतिनिधिको विशेष भ्रमण

२०८२ साउन ३१,पोखरा, नेपाल रेडक्रस सोसाइटी कास्की – प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र मा GAP मूल्याङ्कन टोली र अन्तर्राष्ट्रिय रेडक्रस महासंघ (IFRC) का प्रतिनिधिहरूको विशेष सहभागितामा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र पोखरामा एक महत्वपूर्ण अवलोकन भ्रमण सम्पन्न...

Read More