नेपाल रेडकस सोसाइटी केन्द्रीय कार्यालयको सहकार्यमा कास्की शाखाले श्रावण१ गतेदेखि कार्तिक १५ गतेसम्म चार महिने डेङ्गी रोकथाम तथा सचेतना कार्यक्रम सघन रूपमा सम्पन्न भएको छ। विशेषगरी समुदायका स्वयंसेवक तथा विद्यालयका बालबालिकाहरू मार्फत जनचेतनामूलक गतिविधि मार्फत डेङ्गी संक्रमण र रोकथामलाई घटाउनु नै यस अभियानकाे मुख्य उद्देश्य रहेको थियो। कार्यक्रमको अवधिभर स्वयंसेवक परिचालन गरी घरदैलो अभियान, सामुदायिक सचेतीकरण, विद्यालय सचेतीकरण, विद्यालय तथा समुदायमा खोज र नष्ट गर अभियान, रेडियो तथा पत्रपत्रिकाबाट सूचना प्रसारण समुदाय तथा टोलटोलमा माइकिङ, facebook, tiktok तथा instagram मार्फत समेत सूचना आदानप्रदान जस्ता गतिविधि गरी सम्पन्न गरिएको हो। उक्त अभियानमा ५२,७५३ प्रत्यक्ष र करीव १० लाख भन्दा वढि अप्रत्यक्ष रूपमा लाभन्वित भएका थिए । बिस्तारै मौसम चिसोपन बढ्दै गए पनि हाल पनि डेङ्गीको संक्रमण भने रहिरहेको अवस्था छ। पछिल्लो समय जलवायु परिवर्तन तथा अव्यवस्थित बस्ती मानिसको चाप वृद्धिका कारण पोखराको तापक्रम वृद्धिसँगै धेरै ठाउँमा खाल्टाखुल्टी र पानी जम्ने बोतल, प्लास्टिक जन्य उपकरण, अत्याधिक रूपमा जताततै खुल्ला ठाउँमा सिसिका बोतल, बिर्कोहरू,सहरी क्षेत्रमा फुलदानी, घरमा फ्रिज पछाडि जम्ने पानी, एसीबाट निस्किएको पानीका कारणले एडिज जातको लामखुट्टेलाई अनुकूल वातावरण भएकाे छ । जसका कारण एडिज जातको लामखुट्टेले बासस्थान वृद्धि गरी मानिसलाई टोक्दाखेरि सहर भरि नै डेङ्गु संक्रमण फैलिरहेको अवस्था छ। साथै मानिसहरूको व्यवहारमा समेत डेङ्गीका लामखुट्टेलाई अनुकुलन रहेको छ । लामा बाउला भएको कपडा नलगाउनु , शरीर ढाकिने कपडा नलगाउनु , दिउँसो सुत्दाखेरि झुल्को प्रयोग नगर्नु , दिनमा लामखुट्टेले के टोक्ला भन्ने सम्झनु जस्ता सामान्य कारणबाट यो संक्रमण दिनदिनै फैलिएको छ। उच्च ज्वरो आउनु , शरीर र जोर्नी दुख्नु, आँखाका गेडी वरिपरि बेसरी दुःखी टाउकोमा अत्याधिक पीडा हुनु , सरीर वरिपरि विमिराहरू देखिनु, केही समयपछि रक्तश्राप समेत भई मानिसको मृत्यु समेत गराउन सक्दछ। यसको विशेष प्रकारको औषधि उपचार नभएका कारण समेत यो उच्च जोखिममा रहेको छ। परीक्षणको क्रममा समेत झ्याली अवस्थामा रहने जसका कारण एन्टिभाइटिक , ब्रोफिन जस्ता औषधि सेवनले मानिसलाई कमजोर बनाउने र थप जोखिम बढाउने समेत गरेको पाइएको छ। यस्तो अवस्थामा अनावश्यक औषधि खानु पनि जोखिम हो। डाक्टरको सल्लाह गरेर प्रत्यक्ष डाक्टरको निगरानीमा समेत औषधि खानुपर्ने हुनसक्छ । बिस्तारै चिसो बढ्दै गए पनि अस्पतालको बेडहरूमा भने बिरामीहरूको सङ्ख्या अझै पनि रहेका छन् ।
कास्कीमा यस अभियान सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय कास्की, स्वास्थ्य कार्यालय कास्की, पोखरा महानगरपालिका र संलग्न वडहरू, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय, रेडक्रस कास्की शाखा जिल्ला कार्यसमिति परिवार, सम्पूर्ण उपशाखा, जुनियर तथा युवा रेडक्रस सर्कलका स्वयंसेवकज्यूहरू समुदायमा स्वयंसेवकको रुपमा परिचालित हुनुभएका रूपा केसी,हेममाया तामाङ, सुनिता पौडेल, मनिला कुँवर ,अवतार रोक्का मगर, शिवराम कार्की र कार्यक्रमका फोकल पर्सन नवराज भण्डारीको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रम अवधिमा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति उर्मिला खड्का भण्डारी उपसभापति रमा कोइराला न्यौपाने मन्त्री सन्तोष अधिकारी कोषाध्यक्ष मोहन सिंह खड्का उप मन्त्रि डिल्लीराम बराल, सदस्य सूर्यप्रसाद तिमल्सिना पालुवा, सुवास अधिकारी र श्रीकान्त पौडेलले प्रत्यक्ष रुपमा कार्यक्रमको अनुगमन र सुझाव समेत दिनुभएको थियो।