पोखरा २२ मा रेडक्रस अभियान अन्र्तगत प्रशिक्षण

man-donating-blood

नेपाल रेडक्रस सोसाइटी पोखरा २२ उपशाखाको आयोजनामा  मिति २०८२ वैशाख १३ गते शनिवारका दिन रेडक्रस अभिमुखिकरण तथा विपद ब्यवस्थापन प्रशिक्षण सम्पन्न भएको छ । कार्यक्रम पोखरा २२ का सभापति घनश्याम देवकोेटाको सभापतित्वमा संचालित कार्यक्रम नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सदस्य श्रीकान्त पौडेलको प्रमुख आतिथ्यतामा संचालन भएको थियो । कार्यक्रममा रेडक्रसका सात शिद्धान्त वाचन उपशाखाका उपसभापति शान्ता वास्तोलाले ब्यक्त गर्नु भएको थियो । उपस्थित अतिथि तथा सहभागिलाई उपशाखाका निर्वतमान सभापति राजु वराले स्वगत मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

रेडक्रस अभियानमा स्वंसेवकको भूमिका, उपशाखा ब्यवस्थापन र जिम्मेवारी साथै विपद पूर्व, विपदको समयमा, विपद पछि उपशाखको भुमिकाका विषयका कास्की शाखाका प्रशिक्षक नवराज भण्डारीले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा उपशाखका कार्यसमिति पदाधिकारी, सदस्य, आजिवन सदस्य तथा पोखरा २२ का जनप्रतिनिधि गरी ३५ जनाको सहभागिता रहेको थियो । मौषम जन्य विपदका कारण पोखरा २२ प्रत्येक वर्ष जोखिममा रहेको र पूर्वतयारीमा गर्न सके मात्र विपद वाट वच्ने मध्यम रहेको आजको प्रशिक्षण वाट सिकाई भएको सहभागि भगवती वरालले ब्यक्त गर्नु भएको थियो । कार्यक्रम उपशाखा सचिव रविन्द्र वराले कार्यक्रम संचालन गर्नु भएको थियो । 

You can download or view the whole press release from the link below

पोखरा २२ मा रेडक्रस अभियान अन्र्तगत प्रशिक्षण

Download

Related News

logo

सरोकारवाला निकायहरु बिच डेंगीरोग नियन्त्रण र विपद् ब्यवस्थापन समन्वय बैठक सम्पन्न

अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेष्ट सोसाइटी र वृटिस रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको सहकार्यमा कास्की शाखाद्धारा सञ्चालित डेंगीरोग संक्रमण नियन्त्रण कार्यक्रम र विपद् ब्यवस्थापन समिति कास्कीको आयोजनामा २०८१ पौष ९ गते कास्की शाखामा डेंगीरोग नियन्त्रण र विपद् ब्यवस्थाप...

Read More
logo

"मनसुन पूर्व तयारीका लागि कास्कीमा सरोकारवाला समन्वय बैठक सम्पन्न"

नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन समिति कास्कीको आयोजनामा आज कास्की जिल्लाभित्र विपद्सँग सम्बन्धित सरोकारवाला निकायहरूबीच समन्वय बैठक सम्पन्न भएको छ।भित्रिँदै गरेको मनसुनलाई मध्यनजर गर्दै सम्भावित बाढी, पहिरोजस्ता प्रकोपहरूको सामना कसरी गर्ने भन्ने विषयमा पूर्वतयारी र प्रतिकार्यका उपायहरूबारे छ...

Read More