एक घर एक प्राथमिक उपचार भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी ,कास्की जुनियर तथा युवा समितिको आयोजनामा तथा जुनियर रेडक्रस सर्कल ओएसिस सेकेन्डरी स्कुल पोखरा २६ को व्यवस्थापनमा पोखरा महानगरपालिका भित्रका विद्यालयहरूलाई लक्षित गरी मिति २०८२ साल चैत्र २३ र २४ गते विद्यालय स्तरीय प्राथमिक उपचार तालिम सम्पन्न भएको छ। जुनियर रेडक्रस सर्कल ओएसिस सेकेन्डरी स्कुलका अध्यक्ष कञ्चन गौतमको सभापतित्वमा तथा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति उर्मिला खड्का भण्डारीको प्रमुख आतित्थ्यतामा कार्यक्रम पानसमा दीप प्रज्वलित गरी समुद्घाटन गरिएको थियो। रेडक्रसका साथ सिद्धान्त कृपा रानाबाट ले गर्नुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक हेम रानाभाटले गर्नुभएको थियो । प्रमुख अतिथिको समुद्घाटन मन्तव्यमा जुनियर तथा युवाहरूलाई प्रदान गरेको प्राथमिक उपचार तालिमले समुदाय तथा विद्यालयमा हुनसक्ने दुर्घटनामा जोखिम कम हुने साथै भइहालेमा तत्काल प्राथमिक उपचार गरी जीवन रक्षामा सहयोग पुग्ने कुरा व्यक्त गर्नुभयो। कार्यक्रममा जुनियर तथा युवा समितिका संयोजक एवं कास्की शाखाका उपमन्त्री डिल्लीराम वरालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै जुनियर रेडक्रसहरूलाई लक्षित गरी विभिन्न सचेतनामूलक तथा उत्प्रेरणामूलक गतिविधि अन्तर्गत प्राथमिक उपचारको तालिम जस्ता सीपमूलक वार्षिक कार्यक्रममा राखी निरन्तर गरिएको कुरा जानकारी गराउनुभयो । विद्यालयमा हुनसक्ने दुर्घटनामा तत्काल प्राथमिक उपचार गरी अस्पतालसम्म लगेमा जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका रहने एन प्याप्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले शुभकामना मन्तव्यम व्यक्त गर्नुभयाे । तालिममा प्रशिक्षकका रूपमा नवराज भण्डारी र मित्रलाल सुवेदी रहनुभएको छ। तालिममा कास्की जिल्लाभित्रका १३ वटा विद्यालयहरूबाट २६ जना सहभागी रहेका थिए ।
तालिममा प्राथमिक उपचारको महत्व, अर्थ , परिभाषा, घाइतेको जाँच, बेहोस र यसको प्राथमिक उपचार, रक्तश्राव नियन्त्रण, हाडभचाई , सर्प तथा विभिन्न जनावरको टोकाइ, घाउ तथा पट्टीहरू, ओसारपोसारसँगै स्टेचर निर्माण लगायतका विषयवस्तुलाई प्राथमिकता सहित तालिम सञ्चालन गरिएको तालिम संयोजक नवराज भण्डारीले जानकारी गराउनुभएको थियो ।कार्यक्रमको सञ्चालन जुनियर सर्कल वेएसिस सेकेन्डरीका शिक्षक नायक सुविन तिमिल्सिनाले गर्नुभएको थियो। समापन समारोहमा सहभागीको तर्फबाट मनिष पौडेल र सविजा पुरीले मन्तव्य राख्नुभएको थियो। मन्तव्य राख्ने क्रममा प्राथमिक उपचारको तालिम अत्यन्तै फलदायी भएको र विद्यालयमा गएर यो तालिमबाट सिकेका कुराहरू आवश्यक परेमा सहयोग गर्ने कुरा प्रतिबद्ध व्यक्त समेत गर्नुभएको थियो। तालिमको समापनमा तालिमका संयोजक नवराज भण्डारीले सहभागीहरुले सिकेको ज्ञान विद्यालयमाअत्यन्तै फलदायी हुने कुरा आशा व्यक्त गर्नुभएको थियो। साथै तालिममा उत्कृष्ट हुने सहभागीहरुलाई पुरस्कार वितरणको साथै सवेेै उत्कृष्ट सहभागीहरूलाइ प्रमाणपत्र समेत वितरण गरिएको थियो। विद्यालयमा दक्ष स्वयंसेवकहरू उत्पादन गर्न सकेमा समुदायमा हुने दुर्घटना, घटना तथा सडक दुर्घटना घटनाबाट हुन सक्ने जोखिम कमी ल्याउन सकिने कुरा कास्की शाखाका मन्त्री सन्तोष अधिकारीले व्यक्त गर्नुभएको थियो ।
समापन समारोहको प्रमुख अतिथिता कास्की शाहका सभापति उर्ण खड्का भण्डारीको सभापतित्वमा सञ्चालन गरिएको थियो भने कार्यक्रमको सभापतित्व जुनियर सर्कलका ओएसिस सेकेन्डरी स्कुलका अध्यक्ष कञ्चन गौतमको सभापतित्वमा सञ्चालन गरिएको थियो।
विद्यालय स्तरीय प्राथमिक उपचार तालिम सम्पन्न
Download