निसीखोलामा विपद व्यवस्थापन सम्पन्न

man-donating-blood

मिति २०८२ साल माघ १५ र १६ गते नेपाल रेडक्रस सोसाइटी कास्की शाखा द्वारा सञ्चालित तथा निसीखोला गाउँपालिका र  युनिका फाउन्डेसन दी नेदरल्यान्डको सहयोगमा सञ्चालित खानेपानी तथा सरसफाई परियोजना अन्तर्गत बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर २ मा विपत् व्यवस्थापन प्रशिक्षण दुई दिवसीय रूपमा  सम्पन्न भएकाे छ । खानेपानी तथा सरसफाई परियोजनाका अध्यक्ष विरवहादुर कुँवरको सभापतित्वमा तथा नेपाल रेडक्रस सोसाइटी  कस्कीका कोषाध्यक्ष एवं विपद ब्यवस्थापन समितिका संयोजक मोहन सिंह खड्काको प्रमुख आतिथ्यतामा संचालन भएको थियो । प्रशिक्षणको उद्घाटन सत्रमा प्रमुख अतिथि खड्काले मनसुन संगै भित्रीन सक्ने वाढी, पहिरो, भीरमाथि रहेको बस्ती भएको कारणले आगोलागि, चट्याङ र हावाहुरीको जोखिमलाई मध्यनजर गर्दै सम्भावित दुरघटनामा कसरी प्रतिकार्य गर्ने भन्ने विषयलाई प्राथामिकिकरण गरी प्रशिक्षक संचालन गरिएको थियो । प्रशिक्षणका क्रममा वडाको प्रकोप स्तरीकरण समेत गरिएको थियो। निसीखोला गाउँपालिका वडा नंं २मा  आगालागि,  पहिराे, हावाहुरी, चट्याङ र सडक दुर्घटनाको उच्च जोखिम रहेको पाइयो । वडामा आगोलागि, पहिरो र सडक दुर्घटना, जस्ता मुख्य प्रकोप रहेको यसमा ब्यक्तिगत, परिवारीक, समुदायिक पूर्वतयारी अपनाउन सकेमा विपदका घटना कम हुने कुरा प्रशिक्षक सुनिता पौडेललले सहजीकरणका क्रममा ब्यक्ति गनुभएको थियो साथै विपदका घटनामा राज्यका संयन्त्र संगै समुदायका संघसस्था समेत क्रियाशिल भई सहयोग गर्न अनुरोध साथै खानेपानी तथा सरसफाई परियोजनाका गतिविधि सञ्चालन गर्दा यी विपदलाई समेत मध्यनजर गर्दै कार्यक्रमलाई अगाडि बढाउनुपर्ने परियोजना प्रमुख कल्पना  ज्ञवालीले वताउनु भयाे । 
टोल विकास समितका अध्यक्ष, युवा क्लवका अध्यक्ष तथा प्रतिनिधि, खानेपानी तथा सरसफाई कार्यक्रमका उपभोक्ता समितिका सदस्यहरु सहित ३० जनाकाे सहभागितामा संचालित प्रशिक्षणमा विपदका प्रकार, शब्दावली, नेपाल घटीरहने विपद, विपद चक्रका, आगोलागि तथा भूकम्पको प्रयोगात्मक अभ्यास सहित  छलफल गरिएको थियो । प्रशिक्षण कास्की शाखाका प्रशिक्षक कल्पना ज्ञावली र सुनिता पौडेल सहजिकरण गर्नु भएको थियो । प्रशिक्षणको समापनमा सहभागीहरूले विपदमा प्रतिकार्य गर्न अत्मवल वढेको र विपद सम्वन्धी यस प्रकारको ज्ञानले समुदायमा परिचान गरी परेको वखतमा सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो ।
उक्त प्रशिक्षणमा कास्की शाखाका सदस्य सूर्यप्रसाद तिमल्सिना पालुवा शाखाका कार्यालय प्रमुख कृष्णप्रसाद कोइराला, उपशाखा १८ का पूर्व सभापति सूर्यप्रसाद तिमिल्सिना , कर्मचारी नवराज भण्डारीको समेत उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सुनिता पौडेलले गर्नुभएको थियो।

You can download or view the whole press release from the link below

निसीखोलामा विपद व्यवस्थापन सम्पन्न

Download

Related News

logo

रेडक्रस बुलेटिन २०८० असोज

यो दस्तावेज नेपाल रेडक्रस सोसाइटीको बुलेटिन हो, जसमा विपद् व्यवस्थापन, सामुदायिक विकास, र मानवीय सेवामा केन्द्रित गतिविधिहरू उल्लेख गरिएका छन्। यसमा संस्थाले चलाएका विभिन्न पहलहरू, परियोजनाहरू र उद्देश्यहरूको विवरण दिइएको छ।मुख्य विवरणहरू:विपद् व्यवस्थापन: विपद् जोखिम न्यूनिकरण, राहत वितरण, र पुनर्स...

Read More
logo

नेपाल रेडक्रस सोसाइटी कास्की शाखा तथा जुनियर युवा समितिद्वारा चार दिने प्राथमिक उपचार तालिम सुरु

पोखरा, फागुन १६ – नेपाल रेडक्रस सोसाइटी कास्की शाखा तथा जुनियर युवा समितिको आयोजनामा चार दिने प्राथमिक उपचार तालिम आजदेखि सुरु भएको छ।तालिमको उद्घाटन सत्र माननीय प्रतिनिधि सभा सदस्य दामोदर बैरागि ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। उहाँले उक्त तालिमले समुदायमा हुन सक्ने दुर्घटनाको जोखिम न्यूनीकरण...

Read More